उपराष्ट्रपति पुन सुर्खेतमा

सुर्खेत, ७ कात्तिक । कनकासुन्दरी गाउँपालिका सिङ्जा जुम्लामा कात्तिक ८ गते हुने सिङ्जा साँस्कृतिक महोत्सवको कार्यक्रममा सहभागी हुन आज उपराष्ट्रपति नन्दबहादुर पुन सुर्खेत आइगेका छन ।

उपराष्ट्रपति पुनलाई कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनाल, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, उपसभामुख पुष्पा घर्ती, प्रमुख सचिव केवलप्रसाद भण्डारीले विमानस्थलमा स्वागत गरे । उनले आज सुर्खेतका धार्मिक पर्यटकीयस्थल काँक्रेविहार, देउती बज्यै मन्दिर र बुलबुले ताल अवलोकन गर्नेछन ।

सिङ्जा महोत्सव उद्घाटनको क्रममा तत्कालीन सिङ्जाको संस्कृति र सभ्यताको वास्तविक इतिहासका लागि उपराष्ट्रपति पुनमार्फत सरकारलाई भग्नावशेषको उत्खननका लागि अनुरोध गरिने बताइएकोछ ।

Loading...