लमजुङ, १६ असोज । ‘भुजुङ पर्यटन महोत्सवमा सहभागी बनौँ, नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ’ भन्ने मूल नाराका साथ भुजुङ पर्यटन महोत्सव बुधबार सम्पन्न भएको छ । क्व्होलासोथर गाउँपालिका–४ भुजुङमा सञ्चालित सो तीनदिने महोत्सवमा सांस्कृतिक झाँकी, स्थानीय हस्तकला सामग्री र स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तु प्रदर्शनी, स्थानीय खानाका परिकारको चमेनागृह सञ्चालन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्वारा लोकदोहोरी […]
पर्यटन
देवघाटमा वृद्धग्राम बनाइने
चितवन, १५ असोज । देवघाट क्षेत्र विकास समितिले हाल त्यहाँ सञ्चालित वृद्धाश्रमलाई विकास गरी वृद्धग्राम बनाउने तयारी गरेको छ ।असाहायलाई मात्र नभएर हुने खाने वृद्धवृद्धाको समेत बूढेसकाल सुखमय ढङ्गले जीवन बिताउनका लागि वृद्धग्राम बनाउने तयारी गरिएको हो ।समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार हाल वृद्धाश्रममा ३६ वृद्धवृद्धा रहेका छन् । यो सङ्ख्या ५० पु¥याइदै छ । […]
साहित्य र पर्यटन सँगसँगै लगिने
काठमाडौँ, १५ असोज । त्रिशूली वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको शारदीय काव्योत्सवमा करीब २५ कविले आआफ्ना सिर्जना वाचन गरेका छन् । संस्थाका उपाध्यक्ष राजेन्द्रमान डङ्गोलको अध्यक्षतामा भएको कार्यक्रममा कविता वाचन गर्नेमा बलराम दाहाल, प्रकाश गफाडी, रामकुमार एलन, उमेश पाण्डे, कृष्णदेव रिमाल, जीतेन्द्र रसिक, समाश्री, माधव अटल, धरणीधर गुरागाईं, गीता रेग्मी, प्रेमिला राई, केशवराज जोशी, गङ्गा आचार्य, […]
घोडेपानीमा पर्यटक खचाखच
गलेश्वर, १५ असोज । राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रशिद्ध पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढे पनि प्रतिकूल मौसमका कारण पर्यटकले दृश्यावलोकनको आनन्द लिन पाएका छैनन् । विगत पाँच दिनदेखि छिनछिनमा बादल लाग्ने, वर्षा हुने तथा मौसमले साथ नदिएपछि कैयौं दिन लगाएर घोडेपानी तथा पुनहिलको भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटक निराश हुने गरेका छन् […]
रानीमहल क्षेत्रमा पहिरो खस्दा पर्यटक पैदलयात्रा गर्न बाध्य
पाल्पा, १५ असोज । ऐतिहासिक क्षेत्र रानीमहल जाने सडकमा पहिरो खस्दा यातायातका साधन सञ्चालन हुन सकेको छैन । सडकमा पहिरो खसेर अवरुद्ध सडकमा पर्यटक पैदल हिँड्न बाध्य छन् । तानसेन–रानीमहल सडक खण्डको गाईघाट नजिकै पहिरो खसेको थियो । पहिरो हटाउने काम नहुँदा तानसेनदेखि ऐतिहासिक, महत्व बोकेको पर्यटकीय क्षेत्र आवतजावतमा सास्ती खेप्नुपरेको स्थानीय बासिन्दाको गुनासो छ […]
खराब पूर्वाधारको प्रभाव भ्रमण वर्षमा
मुस्ताङ, १४ असोज । बीस लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ घोषणा गरिएको नेपाल भ्रमण वर्ष आउन तीन महीनामात्र बाँकी छ । प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको हिमालपारिको जिल्ला मुस्ताङ पुग्ने बेनी–जोमसोम–कोरलालगायत पर्यटकीयस्थलका सडक निर्माणमा भएको ढिलाइले भ्रमण वर्षलाई असर पुग्ने भएको छ । पर्यटकीयस्थल जाने यो मात्र नभइ उपत्यकाकै नगरकोट, ककनी, सुन्दरीजल, बौद्धलगायतस्थलका सडक पनि […]
नेपाल र अष्ट्रेलियाबीच हवाईसेवा सम्झौता
काठमाडौँ, १४ असोज । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । योसँगै नेपालले अन्तरराष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४०औँ मुलुक अष्ट्रेलिया भएको छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओ को मुख्यालय मन्ट्रियलमा आज […]
पर्यटन वर्ष सफल बनाउन निम्तो आदानप्रदान
मोरङ, १४ असोज । नेपाल भ्रमण वर्ष सफल बनाउन अन्तरप्रदेश निमन्त्रणा आदानप्रदान गरिएको छ । सोमबार विराटनगरमा गण्डकी प्रदेश सरकारले गण्डकी पर्यटन प्रवद्र्धन अभियानका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं १ र गण्डकी प्रदेशले आ–आफ्ना प्रदेश भ्रमण गर्न निमन्त्रणा दिएका हुन् । पोखरादेखि मुक्तिनाथजस्तो चर्चित र गण्डकी प्रदेश सुन्दर भएकाले प्रदेश सरकारले २०१९ देखि २२ […]
अन्तरराष्ट्रिय सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा गढीमाईको विकास गर्न जोड
वीरगञ्ज, १२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको पर्यटन प्रबद्र्धन तथा अर्थतन्त्रको विकासमा गढीमाई क्षेत्रको ठूलो योगदान रहेको बताएकि छन । आजदेखि शुरु भएको बारा जिल्लाको गढीमाई पञ्चवर्षीय मेलाको शोभायात्रा समारोह तथा मन्दिर दर्शन कार्यक्रम टेलिफोनमार्फत उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रसिद्ध गढीमाई मेलाले यहाँको मौलिक संस्कृतिको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन । राष्ट्रपति […]
सहकार्य र साझेदारीमा जोड
पोखरा, १२ असोज । गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनको लक्ष्यका साथ अन्तरप्रदेश भ्रमणमा निस्किएको टोलीले आफ्नो भ्रमणका क्रममा आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि सहकार्य र साझेदारीमा जोड दिएको छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल नेतृत्वको टोलीले विभिन्न प्रदेशमा पुगी त्यहाँका पर्यटन सम्बद्ध सङ्घ संस्था एवं सरोेकारवाला प्रतिनिधिसँगको भेट एवं अन्तरक्रियामा पर्यटकीय विकासका लागि […]









