काठमाडौं, १९ फागुन । लालिगा अन्तर्गत शनिवार राति भएको खेलमा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी क्लब रियल म्याड्रिडलाई उसकै मैदानमा पराजित गरेको छ । शनिबार रातिको एल क्लासिको भिडन्त धेरैका लागि आकर्षण बनेको थियो । सनसनीपूर्ण खेलमा बार्सिलोनाले रियल मड्रिडलाई १-० गोल अन्तरले पछि पार्यो । यससँगै बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो शिर्ष स्थान अझ माथि पारेको छ […]
खेलकुद
नेपाली महिला क्रिकेटरको हेपिएको गुनासो
काठमाडौँ, १८ फागुन । खेल एउटै हुन् । हार जीत खेलको पाटो हो । कसैलाई काखा, कसैलाई पाखा किन गरिन्छ ? एउटा टोली जितेर फर्कदा विमानस्थलमा रातो कार्पेट बिच्छ्याइन्छ । अर्को टोली फर्कदा एक जना पदाधिकारी पनि विमानस्थलमा देखिदैनन् । पछिल्लो समय नेपाली क्रिकेट महिला र पुरुष टोलीबीचमा देखिएको सरकारी तथा सम्बद्ध पदाधिकारीको विभेदको दृश्य […]
क्यामरुनको क्लब डफिन्सले नेपाल प्रहरीलाई पराजित गरी सेमिफाइनलमा
कास्की । क्यामरुनको डफिन्स एफसीले नेपाल पुलिस क्लबमाथि सङ्घर्षपूर्ण जीत निकाल्दै पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । आजको अन्तिम क्वार्टरफाइनल खेलमा भिड्दा डफिन्सले पुलिसमाथि २–१ को जीत निकाल्यो । पहिलो हाफको ३७ मिनेटमा डफिन्सका वियिक एन्ड्रेले गोल गर्दै स्तब्ध पारे । खेलमा फर्कन पुलिसले अन्तिमसम्म कठिन सङ्घर्ष गर्नुप¥यो । […]
रोनाल्डो र नेयमारलाई पछाडि पार्दै मेसी सर्वाधिक आम्दानी गर्ने खेलाडीको पहिलो सूचीमा
फुटबललाई विश्वकै चर्चित खेलको रुपमा मानिन्छ । विश्वचर्चित अमेरिकी म्यागाजिन फोब्र्सले केही साता अघि वर्ष २०१८ मा फुटबलबाट सर्वाधिक आम्दानी गर्ने १ सय जना खेलाडीहरुको सूची सार्वजनिक गरेको थियो । जसमध्येका सर्वाधिक आम्दानी गर्ने ५ फुटबल खेलाडीको चर्चा गरिएको छ । १. लियोनल मेसी लुइस लिओनेल आन्द्रेस “लियो“ मेसी अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी हुन् । […]
मनाङ मर्स्याङ्दीलाई पाखा लगाउँदै च्यासल युथ क्लव सेमिफाइनलमा
रुपन्देही । मोफसलको प्रतिष्ठित क्लब मनाङ मस्र्याङ्दीलाई १–० ले पाखा लागाउँदै च्यासल युथ क्लब काठमाडौँ तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवलको देवीनगरस्थित एन्फा एकेडेमी टेक्निकल सेन्टरको मैदानमा आज भएको खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको शुरुआतमै च्यासलका हेमन्त थापाको पासमा अरमण्डले गरेको गोल नै निर्णायक बन्न […]
गोदावरीमा प्याराग्लाइडिङको रोमाञ्चक खेल
ललितपुर, ९ फागुन । खुला आकाशमा चराझैँ उड्न चाहने साहसिक खेलमा रमाउन उपत्यकावासीले अब बाहिरी जिल्ला धाउनु पर्दैन । हावाको बेगमा रम्दै सुन्दर हरियाली, विभिन्न हिमशृङ्खला र उपत्यका एकैसाथ हेरेर रमाउन महत्वपूर्ण गन्तव्य बन्न पुगेको छ ललितपुरको गोदावरी । उक्त अवसर छोप्दै चलचित्र अभिनेता नाजिर हुसेनले केही दिन अघि गोदावरीमा साहसिक खेल (प्याराग्लाइडिङ) को मजा […]
नेपाल विश्वकप छनोटमा थाइल्याण्डसँग पराजित
काठमाडौँ, ९ फागुन । आइसीसी महिला विश्वकप टि ट्वन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको हो । एक सय २५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ६७ रनमा […]
नेपालमा आएर जापानीले जिटे टेनिस डबल्सको उपाधि
पोखरा, ४ फागुन । अन्तर्राष्ट्रिय टेनिस महासङ्घको आयोजना तथा कास्की जिल्ला टेनिस सङ्घको संयोजनमा पोखरामा जारी १८ वर्षमुनिको आइटिएफ टेनिस प्रतियोगितामा पुरुष डबल्सतर्फको उपाधि जापानका गेनी इनोक र केइजु मियाकेको जोडीले हात पारेको छ । पोखरा रङ्गशालामा शुक्रबार भएको फाइनल खेलमा हङकङकका केल लोक इन ताङ र इन्डोनेशियाका जेराल यासिनको जोडीलाई ६–३, ७–६ को सेटमा […]
चार ‘प्रो कार्ड’का लागि २० खेलाडीको प्रतिस्पर्धा
काठमाडौं । नेपालमा पहिलोपटक हुन लागेको (आइएफबिबी) फ्रोफेसनल लिग नेपाल बडी बिल्डिङ च्याम्पियनसिप–२०१९’ (प्रो क्वालिफायर)मा चार प्रो कार्डका लागि स्वदेशी र विदेशी गरी २० खेलाडीले सहभागिता जनाउने भएका छन् । आजबाट हुने प्रतियोगिताका तयारीबारे शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक बडिविल्डीङको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफबिबी) नेपाल च्याप्टरले उक्त अन्तर्राष्ट्रियस्तरको च्याम्पियनसिपका लागि नेपालसहित सात मुलुकका खेलाडी काठमाडौँ […]
महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा
काठमाडौँ, ४ फागुन । एनसिएल स्पोर्टस् प्रा.लि.ले महिला टि–२० क्रिकेट लिग आयोजना गर्ने भएको छ । प्रा.लि.ले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको सफलतालाई निन्तरता दिन र अझै प्रतिस्पर्धी बनाउन आगामी चैत १ देखि ९ गतेसम विराटनगरमा टि–२० प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको छ । विराटनगरस्थित वैज्यनाथपुरको क्रिकेट मैदानमा […]










