काठमाडौ । नेपालमा पहिलोपटक महिलाको क्रिकेट लिग आयोजना हुने भएको छ । आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले आज पत्रकार सम्मेलन गर्दै पहिलो पटक नेपालमा महिलाको क्रिकेट लिग आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता आगामी चैत २२ देखि ३० गतेसम्म काठमाडौँको कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने आयोजक संस्थाका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिनुभयो । प्रतियोगितामा […]
खेलकुद
राष्ट्रिय खेलाडीलाई पुरस्कारस्वरुप डेढ करोड प्रदान
काठमाडौँ । सरकारले ¬क्रिकेट, साग, फुटबल एवं वल्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई पुरस्कारस्वरुप एक करोड ५६ लाख प्रदान गर्ने भएको छ । यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सरकारले राष्ट्रिय खेलकूद विकास […]
करिम बेन्जिमाले लय लिएपछि अजाक्समाथि रियल म्याड्रिको शानदार जित
काठमाडौं, २ फागुन । च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिड विजयी बनेको छ । बुधबार राति भएको खेलमा साविक विजेता रियल मड्रिडले डच क्लब अजाक्सलाई २–१ गोलअन्तरले पराजित गरेको हो । रियल मड्रिडको जितमा करिम बेन्जिमा र मार्को एसेन्सियोले गोल गरे । यता, अजाक्सका लागि भने हाकिम जियचले गोल फर्काएका थिए […]
इरानलाई पराजित गर्दै नेपाल पुग्यो हिरो वुमन्स गोल्डकपको फाइनलमा
काठमाडौं । नेपाल ‘हिरो वुमन्स गोल्डकप’ फुटबलको फाइनलमा पुगेको छ । बुधबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले इरानमाथि शानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । नेपालले इरानलाई ३–० गोलअन्तरले पराजित गरेको हो । अर्को खेलमा म्यानमारले भारतलाई २–० ले हराएपछि नेपालले फाइनलमा स्थान पक्का गर्यो । म्यानमारसँग हारेको नेपालले भारतलाई हराएपछि फाइनलमा […]
फागुन १ देखि महिला हिंसाविरुद्ध खेलकुद
पोखरा, २९ माघ । महिला हिंसाविरुद्ध आत्मरक्षा खेलकूद कार्यक्रम आगामी फागुन १ गतेदेखि पोखरामा हुने भएको छ । समाजमा महिला तथा बालबालिका लक्ष्यित हिंसा बढ्दै गएपछि आत्मरक्षाका कार्यक्रम सञ्चालन गर्न थालिएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय र नोवाज आर्क स्पोर्टस साइन्स कलेजलगायत संस्थाको आयोजनामा पोखरा रङ्गशालामा हुने सो प्रशिक्षण ६ दिनसम्म चल्ने सोही टोलीका […]
क्यामरुनको डफिन्सलाई मनकामना पोखरा कपको उपाधि
कास्की, २७ माघ । क्यामरुनको डफिन्स टिम फेमिलीले छैटौँ संस्करणको मनकामना केबलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको आज भएको प्रतिष्पर्धात्मक फाइनल खेलमा डफिन्सले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० गोलअन्तरले पराजित गरी उपाधि जितेको हो । खेलको ५४औँ मिनेटमा […]
२१ क्रिकेट खेलाडीको दुई वर्षदेखि रोकिएको तलब एकैसाथ पठायो आइसिसीले
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ट पठाएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका थिएनन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को पहलमा आइसिसीले दुई वर्षको खेलाडीको तलब एकमुष्ट रु एक करोड २७ लाख ८७ हजार ७८२ पठाएको राखेपले जनाएको छ। ‘हामीले आइसिसीबाट तलब […]
विश्व फुटबल बरियतामा एशियाली राष्टको अवस्था खस्किदा नेपाल उही ठाउँमा
काठमाडौँ, २४ माघ । विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको वरियतामा नेपाल १६१ आँंै स्थानमा यथावत नै रहेको छ । नेपाल अघिल्लो महीनामा पनि सोही स्थानमै थियो । वरियतामा दक्षिण एशियाली राष्ट्रहरुको अवस्था केही तल पुगेको छ । उत्कृष्ट १०० भित्र दक्षिण एशियाली राष्ट्रहरु पर्न समेत सकेका छैनन् । वरियतामा भारत छ स्थान तल झर्दै […]
शुक्रबारदेखि ‘बि’ डिभिजन लिग सुरु हुँदै
काठमाडौँ, २४ माघ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता शुक्रबारदेखि एन्फा कम्प्लेक्स मैदान सातदोबोटोमा शुरु हुँदैछ । प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लबहरू झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन, टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लबले प्रतिष्पर्धा गर्नेछन् । शुक्रबार […]
हिसान खेलकूद सप्ताहमा २५ बढी टोली सहभागी
काठमाडौँ, २३ माघ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)को संयोजन तथा हिसान काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा चौथो उपत्यकाव्यापी खेलकूद सप्ताह बिहीबारदेखि शुरु हुने भएको छ । खेलकुद सप्ताहका संयोजक रामहरि सिलवाललले आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा फुटसल, बास्केटबल, भलिबल, टेबलटेनिस र टग अफ वारमा प्रतिस्पर्धा गराइने जानकारी दिए । काठमाडौँका विभिन्न स्थानमा […]









