कैलालीमा क्रिकेट र फुटबलप्रति आकर्षण बढ्दो

धनगढी, २४ माघ । लिटिल फ्लावर बोर्डिङ स्कूलले फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । हरेक वर्ष लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको विद्यालयले यस वर्षदेखि फुटबल प्रतियोगितासमेत आयोजना गर्न लागेको हो । आगामी फागुन १२ देखि १८ गतेसम्म धनगढीमा लिटिल फ्लावर सुपर लिग अन्तरविद्यालय फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । […]

टर्कीमा भइरहेको पारा तेक्वान्दोमा नेपालले जित्यो कास्य पदक

काठमाडौँ, २३ माघ । आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनशिपमा नेपालका विक्रम श्रेष्ठले कास्य पदक जितेका छन् । टर्कीमा आज बिहान भएको च्याम्पियनसिपमा श्रेष्ठले पुरुषको पि–३२ विधातर्फ एकल पुम्सेमा कास्य जितेका हुन् । च्याम्पियनशिपमा मोरक्कोका खेलाडी बिलाल एक खात्ताबियालाई अङ्कको आधारमा हराएर श्रेष्ठ सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा उनी रुसका आन्द्रि ग्राभोभास्कीसँग पराजित भएको प्रशिक्षक कविराज […]

फिट्नेस, एथलेटिक्स फिजिक्स र शारीरिक सुगठन प्रतियोगिता हुने

काठमाडौँ । नेपाल शारीरिक सुगठन तथा फिट्नेश सङ्घको आयोजनामा सातौँ मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता एवं दोस्रो पुरुष फिट्नेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स २०७६ आगामी वैशाख २० र २१ गते काठमाडौँमा हुने तय भएको छ । उक्त प्रतियोगताअन्र्गतको मिस्टर हिमालयतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी माथिको तौल समूह गरी ६ स्पर्धामा […]

टेक्निकल नकआउट जितमा शनिल शाहीको अग्रता

काठमाडौं । वीर गणेशमान राष्ट्रिय बक्सिङ पहिलो प्रतियोगिता अन्तर्गत प्रदेश न ३ का अनिल शाही पुरुष ६० केजी तौल समूहमा पहिलो राउण्ड पार गरेका छन् । टेक्निकल नकआउट चरणमा शाहीले प्रदेश ६ का सागर श्रेष्ठलाई पहिलो राउण्डमै पराजित गरेर जित हासिल गरेको हुन । मंगलबारबाट काठमाडौँ हनुमानढोका गद्दी बैठक अगाडि भएको पहिलो प्रतियोगितामा त्रिभुवन आर्मी […]

अन्तराष्टिय क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, टी २० श्रृंखलामा दोस्रो खेलमा पनि नेपालले हरायो युएईलाई

काठमाडौं । नेपाली क्रिकेटले ऐतिहासिक सफलता हात पारेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एक दिवसीय क्रिकेट श्रृंखला जितेको नेपालले पहिलो टी-२० अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाको उपाधिसमेत हात पारेको हो। टीट्वान्टी शृङखलाको अन्तिम अर्थात् तेस्रो खेलमा नेपालले युएईविरुद्ध १४ रनको जित दर्ता गरेको हो। नेपालका जितमा करण केसी एक्लैले एउटै ओभरमा दुई विकेट लिए। टस जितेर […]

टी ट्वान्टीको दोस्रो खेलमा युएईमाथि नेपालको ऐतिहासिक जित

काठमाडौँ । मध्यक्रमका ब्याट्सम्यानले गतिलो प्रदर्शन गरेपछि नेपालले यूएईविरुद्धको तीन खेलको टीट्वेन्टी क्रिकेट शृंखलाअन्तर्गत दोस्रो खेलमा शुक्रबार ४ विकेटको जित हात पारेको छ। यो जितपछि शृ‌ंखला १-१ को बराबरीमा पुगेको छ। एक सय ८ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो। नेपाललाई अन्तिम ओभरमा सात रन चाहिएको थियो। नेपालको जितमा दीपेन्द्रसिंह […]

टी-ट्वान्टीमा यूएईद्वारा नेपाल यसरी भयो पराजित

काठमाडौं । युएई भ्रमणमा रहेको नेपाल पहिलो टी-ट्वान्टीमा २१ रनले पराजित भएको छ। युएईलस दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो। नेपालका लागि सन्दीप जोराको डेब्यू खेलमै अर्धसतक पुरा गरे पनि त्यो जितका लागि पर्याप्त रहेन। यस्तै सोमपाल कामीले २७ रन बनाउँदा कप्तान पारस खड्का […]

नेपाललाई इतिहास रच्ने अर्को अवसर आज, नेपाल–युएई पहिलो टि–२० हुँदै

काठमाडौँ, १६ माघ । युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले बिहीबार टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत युएईसँग पहिलो खेल आज खेल्ने भएको छ । तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले एक दिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ । एक दिवसीय सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा तीन विकेटको पराजय बेहोरे पनि […]

दोस्रो व्यास अल्ट्रा म्याराथुनको उपाधी खगेन्द्रबहादुरले जिते

दमौली, १६ माघ । व्यास नगरपालिकाको आयोजनामा आज सम्पन्न ‘दोस्रो व्यास अल्ट्रा म्याराथन’को उपाधि त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर रानाभाटले जितेका छन् । व्यास–५ मानहुँदेखि ८ नं वडाको पुलिमराङसम्मको ४४ किमि दूरी २ घण्टा ५३ मिनेटमा पार गर्दै डोटी घर भएका आर्मीका रानाभाटले उपाधि जितेका हुन । डोटी घर भएका त्रिभुवन आर्मी क्लबकै नवराज साउद ३ […]

रोनाल्डोले पेनाल्टी मिस नगरेपछि युभेन्टस हारबाट जोगियो

इटालियन सिरी ए फुटबल अन्तर्गत सोमबार रातिभएको खेलमा युभेन्टस विजयी भएको छ । अवे मैदानमा भएको खेलमा क्रिष्टियानो रोनाल्डोसहितको युभेन्टसले लाजिओलाई २–१ ले हराएको हो। पहिलो हाफमा गोल हुन नसकेको खेलमा ५९ औँ मिनेटमा युभेन्टसका क्यानले आत्मघाती गोल गरे र लाजिओले अग्रता लियो। ७४ औँ मिनेटमा युभेन्टसका लागिकाभाको क्यानसेलोले बराबरी गोल गरे। खेलको अन्तिम समयतिर […]