लिग लिडर बार्सिलोनाको एट्लेटिको म्याड्रिडमाथि रोमाञ्चक जित

काठमाडौं, २४ चैत । स्पेनिस ला लिगामा बार्सिलोनाले एट्लेटिको मड्रिडमाथि रोमाञ्चक जित हात पारेको छ । ला लिगामा बार्सिलाेना शिर्ष स्थानमा रहेकाे छ भने एट्लेटिकाे म्याड्रिड दाेस्राे स्थानमा रहेकाे छ । शनिबार राति घरेलु मैदानमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई २-० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे । […]

डर्टमन्डको पोष्टमा बायर्नको गोलको वर्षा

एजेन्सी । बलियो प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डमाथि गोल बर्षा गर्दै साविक विजेता वायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा वार्यनले वोरुसिया डर्टमन्डलाई ५–० गोलले हरायो । घरेलु मैदानमा वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे । माट हुमेल्स, सेर्गी गनाब्री र जाभी मार्टिनेजले एक एक गोल गरेका […]

२०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बने नेपालका सन्दिप लामिछाने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापीटल्सबाट खेलिरहेका सन्दिप लामिछाने २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । सोमबार राति भएको दिल्ली क्यापीटल्सबाट किङ्स ११ पञ्जावविरुद्ध २ विकेट लिँदै २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका हुन् । यो वर्ष सन्दीपले अहिलेसम्म २७ विकेट लिएका छन् । त्यस्तै, सन्दीपले पछि पारेका साहिद […]

धुलिखेलमा सशस्त्रले नेपाली सेनालाई पराजित गरेपछि

काभ्रेपलाञ्चोक, १२ चैत । नेपाल आर्मी क्लबलाई हराउँदै एपिएफ क्लब काभ्रेपलाञ्चोकको धुलिखेलमा जारी ‘काभे्र गोल्डकप’को सेमीफाइनलमा प्रवेश गरेको छ । प्रतिस्पर्धामा एपिएफ क्लबले नेपाल आर्मी क्लबलाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो । खेलको ३०औंँ मिनेटमा एपिएफ क्लबका महेश लामाले पहिलो गोल गरी आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । त्यसको […]

नेपालमा एशिया कप ह्विलचियर क्रिकेट हुने

काठमाडौँ, ७ चैत । नेपालमा एशिया कप ह्विलचियर क्रिकेट प्रतियोगिता हुने भएको छ । पहिलो पटक एशिया कप क्रिकेट आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल ह्विलचियर क्रिकेट सङ्घका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जानकारी दिए । प्रतियोगिता आगामी अप्रिलको अन्तिम सातामा हुने शेर्पाले बताए । चार दिनसम्म चल्ने सो प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित […]

महिला क्रिकेटको विजेताले दश लाख पाउने

काठमाडौँ, ४ चैत । एनसीएल स्पोर्टस प्रालिको आयोजनामा हुने प्रथम महिला टी–ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको विजेताले रु १० लाख पुरस्कार पाउने भएको छ । आगामी वैशाख ७ देखि १४ गतेसम्म हुने उक्त प्रतियोगिताको उपविजेताले रु पाँच लाख पाउने यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक प्रालिका प्रबन्ध निर्देशक जयराज रायले जानकारी दिए । त्यस्तै प्रतियोगिताको प्लेयर अफ […]

महिला टी–२० क्रिकेट लिगका टोली घोषणा

काठमाडौँ, ४ चैत । नेपालमा हुन लागेको पहिलो महिला टी–२० क्रिकेट लिगमा चार टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक एनसिएल स्पोर्टस प्रालिले यहाँ पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको लिगमा चार टोलीले प्रतिस्पर्धा गर्ने जनाएको हो । पहिलो संस्करणमा भैरहवा क्विन्स, विराटनगर लायन्स, काठमाडाँैं सुपर च्याम्पियन, धनगढी वन्डरले प्रतिस्पर्धा गर्नेछन् । पत्रकार सम्मेलनमा चार टोलीको […]

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउन धुर्मुस–सुन्तलीले स्थानीयवासीसँग गरे अन्तरक्रिया

चितवन, २९ फागुन । धुर्मुस–सुन्तली फाउण्डेशनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणस्थलमा मङ्गलबार स्थानीयवासीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका वडा नं १५ र १६ का स्थानीयवासीसँग अन्तरक्रिया गरिएको हो । सो अवसरमा रङ्गशालाको सहयोग सङ्कलनको अवस्था, भावी कार्यक्रम, निर्माण प्रक्रियालगायतका विषयमा छलफल भएको थियो । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस र उपाध्यक्ष कुञ्जना […]

एकायन कराते संघ बाँके जिल्ला समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न

बाँके, २७ फागुन । नेपाल एकायन कराते संघ बाके जिल्ला समितिको प्रथम वार्षिक साधण सभा सोमबार सम्पन्न भएको छ । बाँके उप माहानगरपालिका वडा नं. १०, नेपालगन्जको गणेशमान सिंह चोक स्थित साथी कृष्ण कटेजमा जिल्ला समितिका उपाध्यक्ष श्री सन्तराम चौधरीको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हाे । साधारण सभामा बाँके जिल्ला खेलकूद विकास समितिका अध्यक्ष […]

गोकर्ण माविले उचाल्यो राष्ट्रपति रनिङशिल्डको उपाधि

काठमाडौँ, २५ फागुन । गोकर्णेश्वर नगरपालिकाव्यापी अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा भएको सो प्रतियोगितामा ११ खेल खेलाइएको थियो । नगरपालिकाका ४० विद्यालयका खेलाडी सहभागी सो प्रतियोगितामा गोकर्ण माध्यमिक विद्यालय पहिलो भएको व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण ज्योतिले जानकारी दिए । प्रतियोगितामा नेपालय मावि दोस्रो र चामुण्डा माध्यमिक विद्यालय तेस्रो […]