शक्ति गौचनले गरे क्रिकेटबाट सन्यास लिने घोषणा

काठमाडौं, २ साउ । राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् । पत्रकार सम्मेलन आयोजना गरेर शक्तिले सन्यास लिने आफ्नो निर्णय सुनाए । नेपाली टोली यूरोप भ्रमणमा जाँदै गरेका बेला गाैचनले यस्ताे घाेषणा गरेका हुन् । गाैचनले युराेपमा पुगेर नेदरल्याण्डसँग अन्तिम खेल खेल्ने बताइएकाे छ । शक्तिका लागि यो नै राष्ट्रिय टोलीबाट […]

अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीद्वारा पदत्याग, यस्तो छ कारण

काठमाडौं । अर्जेन्टिनाका मुख्य प्रशिक्षक जर्ज साम्पोलीले प्रशिक्षक पद छाडेका छन्। विश्वकपमा सोचेजस्तो प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक साम्पोलीले अर्जेन्टिनाको फुटबल एसोसिएसनसँगको सहमतिमा पद छाडेको सिन्ह्यालेले जनाएको छ। रूस विश्वकपमा टोलीको खराब प्रदर्शनपछि साम्पोलीले पद त्याग गरेका हुन्। अर्जेन्टिनाको फुटबल एसोसिएसनका अनुसार एसोसिएसन र राष्ट्रिय टिमका प्रशिक्षक साम्पोली प्रशिक्षक सम्झौता अन्त्य गर्ने सहमति भएको हो। साम्पोलीसँगै […]

२० वर्षपछि फ्रान्सले उचाल्यो विश्वकपको उपाधी

काठमाडाैं । रुसमा सम्पन्न भएकाे विश्वकप २०१८ काे उपाधी फ्रान्सले हात पारेकाे छ । साेमवार राती भएकाे खेलमा क्राेसियालार्इ ४-२ गाेलले पराजित गर्दै फ्रान्सले उपाधी हात पारेकाे हाे । विश्वकपकाे २१ औं सस्करणको फाइनलमा जित हात पारेसँगै फ्रान्स २० वर्षपछि पुन: विश्वविजेता बनेकाे हाे । यसअघि फ्रान्स सन् १९९८ मा पनि विश्वविजेता बनेकाे थियाे । […]

फ्रान्सका प्रशिक्षक डेसच्याम्प खेलाडी र प्रशिक्षक दुबै रुपमा बने विश्व च्याम्पियन

काठमाडाैं । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पकाे चर्चा अहिले निकै चुलिएकाे छ । फ्रान्सले सन् १९९८ मा विश्वकप उपाधी जित्दा फ्रान्सका तर्फबाट कप्तान रहेका डेसच्याम्प यस पटक उपाधि उचाल्दा प्रशिक्षक रहे । त्यसले उनकाे याे सफलतालार्इ एेतिहासिक सफलता मानिएकाे छ । उनी खेलाडी र प्रशिक्षक दुवै रुपमा विश्व विजेता बन्न सफल भएकाे भन्दै अहिले विश्वभरका मिडियामा […]

इंग्ल्याण्डका ह्यारी केनले पाए गाेल्डेन बुट

काठमाडाैं । इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । रुसमा सम्पन्न विश्वकप फुटबलमा ६ गोल गर्दै केनले गोल्डेन बुट जितेका हुन् । उनको प्रतिस्पर्धामा रहेका पाँच खेलाडीले चार गोल मात्रै गर्न सके । बेल्जियमका लुकाकु, फ्रान्सका एम्बापे र ग्रिजम्यान, रुसको डेनिस चेरिसेभ र पोर्चुगलका क्रिस्टियानो रोनोल्डोले समान चार गोल गरे । ह्यारी केनको टिम […]

फ्रान्सेली एमबाप्पेले पेलेको ६० वर्ष पुरानो कीर्तिमान भेटाए

काठमाडाैं । रसिया विश्वकपमा फ्रान्सका केइलिन एमबाप्पे विश्वकप फुटबलको फाइनलमा गोल गर्ने केवल दोस्रो किशोर खेलाडी बनेका छन्। आइतबार राती फ्रान्सले क्रोएसियालाई ४-२ गोलले हराउँदा १९ वर्षीय एमबाप्पेले पनि गोल गरे । एमबाप्पे १९ वर्ष २०७ दिनका भएका छन ।  पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने उनी एकमात्र युवा खेलाडी हुन् । यसअघि सन् १९५८ को […]

अमेरिकी सेरेनालाई हराउँदै जर्मनीकी एन्जेलिकले जितिन् विम्बल्डन टेनिसको उपाधि

काठमाडौं । अमेरिकी सेरेना विलियम्सलाई हराउँदै जर्मनीकी एन्जेलिक केर्बेरले विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् । शनिबार सेन्टर कोर्टमा भएको फाइनल खेलमा केर्बेरले सेरेनालाई ६-३ र ६-३ को सोझो सेटमा सहजै पराजित गरिन् । ३० वर्षीया केर्बेरको यो तेस्रो ग्राण्डस्लाम उपाधि हो । उनले यसअघि युएस ओपन र अष्ट्रेलियन ओपन जितेकी थिइन् । ३६ वर्षीया सेरेना […]

विश्वकप फुटबलमा तेस्रो स्थानका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै

काठमाडौं ।   रुसमा जारी विश्वकप फुटबलको तेस्रो स्थानको प्लेअफका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै छन् । नेपाली समयअनुसार आज साँझ पौने ८ बजे सेन्टर पिटर्सबर्ग रंगशालामा दुई टोलीबीच प्रतिस्पर्धा हुँदै छ । मंगलबार भएको खेलमा बेल्जियम फ्रान्ससँग पराजित भएपछि फाइनल प्रवेश गर्न सकेको थिएन भने बुधबार भएको खेलमा क्रोएसियासँग पराजित भएपछि इङ्ल्यान्डले पनि तेस्रो […]

फुटबललार्इ लिएर तारे होटेलमा उच्च नेताहरुबीच झन्डै हातहालाहाल, यस्तो आरोपप्रत्यारोप

काठमाडौं । राजधानीकाे रविभवन नजिक एक पाँच तारे हाेटेल छ । जुन हाेटेल उच्च तहका विदेशी पाहुना नेपाल भ्रमणमा अाउदा समेत प्रयाेग गर्ने गरिएकाे छ । त्यही हाेटलमा मंगलबार लाजमर्दाे दृष्य देखियाे । कुरा हाे पाँच तारे हाेटेल साेल्टीकाे । त्यहाँ एक विवाह भाेज अायाेजना गरिएकाे थियाे । भाेजका लागि सबै राजनीतिक दलका उच्च तहका […]

रुस विश्वकपमा संसारको ध्यान खिचेका लुकाकुको दर्दनाक गरिबीसँगको संघर्षको कथा

रोमेलु लुकाकु, स्ट्राइकर, बेल्जियम मलाई रेफ्रिजेरेटरको छेउमा उभिएकी आमा र उनको अनुहार याद छ, जति बेला म ६ वर्षको थिएँ । स्कुलबाट हाफ टाइममा म दिउँसो खाना खान घर आउँथे । आमाले हरेक दिन रोटी र दूध दिन्थिन् । सधैझैं एकदिन म घर आएँ र सिधै भान्छामा छिरें । आमा रेफ्रिजेरेटरको छेउमा थिइन् । सधैँझैं […]