एभिसी सेन्ट्रल जोन भलिबलमा तीन खेल हुँदै

काठमाडौँ, ३ भदौ । नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेशन एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा आज तीन खेल हुँदैछ । ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा हुने उक्त प्रतियोगिताअन्तर्गत पहिलो खेलमा समूह ‘बी’ को बङ्गलादेश र सोही समूहको अफगानिस्तानबीच खेल हुनेछ । खेल ३ […]

असोज दोस्रो साता ‘झापा स्पोर्टस् अवार्ड’

सुरुङ्गा, २ भदौ । असोज दोस्रो साता ‘तेस्रो झापा स्पोर्टस् अवार्ड’ हुने भएको छ । नेपाल खेलकूद पत्रकार मञ्च एनएसजेएफ जिल्ला समन्वय शाखा झापाको आयोजनामा उक्त स्पोर्टस् अवार्ड गर्न लागिएको हो । अवार्ड सम्पन्न गर्र्न बुद्ध तामाङलाई संयोजक र सचिन सुब्बालाई सहसंयोजकको जिम्मेवारी दिइएको मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिए। मञ्चले दुई वर्षयता स्पोर्टस् अवार्ड […]

ह्याण्डबलको महिला टोली भारत प्रस्थान

कास्की, २ भदौ । भारतको जयपुरमा आयोजना गरिएको आठौँ एशियाली युथ च्याम्पियनशिप ह्याण्डबल प्रतियोगितामा सहभागी हुन नेपाली महिला टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । बुधबारदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुने नेपाली टोलीका खेलाडी तथा प्रशिक्षकलाई नेपाल ह्याण्डबल सङ्घले एक कार्यक्रम आयोजना गरी बिदाइ गरेको हो । सो अवसरमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी […]

विश्वकप लिग-२ : ताहिरले ५ विकेट लिंदा ओमान सहजै पराजित, स्कटल्याण्डको दोश्रो जित

आईसीसी विश्वकप लिग-२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्याण्डले ओमानलाई ८५ रनले पराजित गर्दै लगातार दोश्रो जित हात पारेको छ। स्कटल्याण्डमा जारि त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा ओमानसंग ४ विकेटले पराजित भएको स्कटयाण्डले दोश्रो खेलमा शनिवार पपुवा न्यु गिनीलाई ३ विकेटले पराजित गरेको थियो। ओमानको भने यो तेश्रो खेलमा पहिलो हार हो। यस अघि ओमानले स्कटल्याण्ड […]

उज्वेकिस्तानको राष्ट्रिय भलिबल टोली नेपालमा

काठमाडौँ, १ भदौ । भोलिदेखि नेपालमा आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन उज्वेकिस्तानको राष्ट्रिय भलिबल टोली आज नेपाल आइपुगेको छ । यही भदौ २ देखि ७ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुन उक्त टोली आज नेपाल आइपुगेको हो, अन्य टोली भने यसअघि नै नेपाल आइसकेका छन् । नेपालले पहिलो पटक […]

मेयर कप बास्केटबल प्रतियोगिता भदौ १३ देखि

कास्की, १ भदौ । पोखरामा आगामी भदौ १३ देखि प्रथम मेयर कप बृहत् बास्केटबल प्रतियोगिता हुने भएको छ । विद्यालयस्तरदेखि नै बास्केटबल खेलको विकास गर्ने उद्देश्यले जिल्ला बास्केटबल सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित बास्केटबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न चार इभेन्टमा प्रतिस्पर्धा गराइने शनिबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष धोजकुमार गुरुङले बताए । प्रतियोगितामा कक्षा १० […]

विश्वकप लिग-२ : स्कटल्याण्डको जितमा कोट्जर र ताहिर उत्कृस्ट, पीएनजीको दोश्रो हार

आईसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा जारि पहिलो त्रिकोणात्मक सिरिज अन्तर्गत तेश्रो खेलमा स्कटल्याण्डले पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ। स्कटल्याण्डले यस अघि ओमानसंग पहिलो खेलमा ८ विकेटको हार बेहोरेको थियो। पपुवा न्युगिनीको भने यो दोश्रो हार हो। यस अघि पपुवा न्यु गिनीलाई ओमानले ४ विकेटले पराजित गरेको थियो। एबरडीनमा सम्पन्न खेलमा […]

रेडहर्ष इलाम पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, ३२ साउन । रेडहर्ष क्लब इलाम ताप्लेजुङमा जारी चौँथो पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा इलामले फिदिम स्र्पोटिङ क्लबलाई ट्राइब्रेकरमार्फत ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेका थिए । फोफोनाको गोलमा इलामले अग्रता लिएको थियो । फिदिमका लागि मनोज […]

डोमिंगो बंगलादेशको प्रशिक्षक नियुक्त, यस्तो छ इतिहास

बंगलादेश क्रिकेट टिमको मुख्य प्रशिक्षकमा रसेल डोमिंगो नियुक्त भएका छन्। २ वर्षको लागी शनिवार उनलाई बंगलादेश क्रिकेट बोर्डले उनलाई जिम्मेवारी सुम्पिएको हो। ४४ वर्षीय डोमिंगो यस अघि दक्षिण अफ्रिकी क्रिकेट टिमको प्रशिक्षक रहीसकेका छन्। अगस्ट २१ बाट उनले आफ्नो जिम्मेवारी सम्हाल्नेछन्। डोमिंगो सहित बंगलादेश टिमको मुख्य प्रशिक्षक बन्ने दौडमा माइक हेसन र मिकी अर्थर रहेका […]

अन्तर्राष्ट्रिय क्रिकेट कार्निभलमा सहभागी हुन शोबिज स्पोर्ट्स टिम श्रीलंका प्रस्थान

शोबिज स्पोर्ट्स नेपालले श्रीलंकामा १८ देखि २४ अगस्टसम्म आयोजना हुने दोश्रो अन्तर्राष्ट्रिय क्रिकेट कार्निभलमा सहभागिता जनाउने भएको छ। ग्रेट स्पोर्ट्स स्टेप श्रीलंकाको आयोजनामा हुन लागेको प्रतियोगितामा पहिलो पटक नेपाली टोलि सहभागी हुन लागेको हो। श्रीलंका जाने टिमको कप्तानी अंकित प्रताप सिंहले गर्नेछन्। टिमको उपकप्तान मणिरत्न कुमार शाह रहेका छन् भने टिमको अन्य सदस्यहरुमा बिबेक बुढाथोकी, […]