भीमदत्तनगर, १३ भदौ । चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा सात करोडको लागतमा खेल संरचना बन्ने भएका छन् । राष्ट्रिय खेलकूद परिषद्ले यहाँको कञ्चनपुर, कैलाली, डोटी, दार्चुला र बाजुराका लागि खेल संरचना निर्माण गर्न चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रेम मल्लले जानकारी दिए । उनका अनुसार […]
खेलकुद
विश्वकप छनोट खेल्ने नेपाली टोलीको बिदाइ
काठमाडौँ, १३ भदौ । फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत कुवेतसँगको खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । कुवेतसँगको खेल खेल्न जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाललगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरे । नेपाली टोली आइतबार कुवेत प्रस्थान […]
रोनाल्डोभन्दा ३ गुणा बढी अंक ल्याएर मेस्सी भए युरोपका उत्कृष्ट फरवार्ड
काठमाडौं । विश्व फुटबलमा अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो यस समयका सबैभन्दा बढी चर्चित खेलाडी हुन् । मैदानमा उनीहरुको प्रदर्शनले फुटबलप्रतिको आकर्षण अझै बढाइदिएको छ । विश्व फुटबलमा उनीहरुबीच को राम्रो खेलाडी भन्नेबारे ठूलो चर्चा हुने गरेको छ । केही समय अघि स्पेनकै रियल म्याड्रिड फुटबल क्लबमा आवद्ध रहेका क्रिस्टियानो रोनाल्डो अहिले इटालीको […]
नेपालले भुटानको पोस्टमा गर्यो आधादर्जन गोलको वर्षा
काठमाडौं, १२ भदौ । नेपाली युवा फुटबल टोलीले अन्तराष्ट्रिय प्रतियोगितामा राम्रो सम्भावना देखाएको छ । दक्षिण एशियाली फुटबल प्रतियोगितामा नेपाली युवा टोलीले गोलको बर्षा लगाएको छ । नेपाली यू–१५ फुटबल टोलीले भुटानलाई गोलको वर्षा लगाएको हो । भुटानको पोस्टमा आधा दर्जन गोल गर्दै नेपाल साफ यू–१५ फुटबल च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । भारतमा जारी […]
साफ च्याम्पियनसिपको फाइनल नजिक नेपाल
काठमाडौँ, १२ भदौ । भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ ९पन्ध्र वर्षमुनि च्याम्पियनसिप फुटबलमा भूटानलाई पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको छ ।भारतको कोलकत्तास्थित कल्याणी रङ्गशालामा आज भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले भूटानलाई ६–० गोलअन्तरले पराजित गर्दै फाइनल नजिक पुगेको हो । त्यस्तै राउन्ड रोविनको अन्तिम खेल भारत र बङ्गलादेशबीच आजै हुँदैछ । […]
सागका लागि क्रिकेट खेलाडी छनोट
काठमाडौँ, १२ भदौ । आगामी मङ्सिरमा नेपालमा नै आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकूद ९साग० का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काको छनोट समितिले प्रारम्भिक चरणमा ३५ खेलाडीको नाम आज सार्वजनिक गरेको हो । नेपाली टोलीको बन्द प्रशिक्षण भने […]
खेलकूद विकास समिति पदाधिकारीविहीन
जुम्ला, १२ भदौ । जिल्ला खेलकूद विकास समिति एक महीनादेखि पदाधिकारीविहीन भएको छ । गत १३ साउनदेखि तत्कालीन हरिप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको समिति समयावधि पुगेर खारेज भएपछि जिल्ला खेलकूद विकास समिति पदाधिकारीविहीन भएको हो । समिति पदाधिकारीविहीन भएपछि कार्यालयको खाता सञ्चालनमा आउन सकेको छैन । नयाँ कार्यसमिति कहिले आउने हो यस विषयमा कुनै टुङ्गो लाग्न […]
साफ च्याम्पियनसिपः फाइनमा पुग्न नेपाललाई चुनौती
काठमाडौँ, ११ भदौ । भारतमा जारी साफ यू–१५ पन्ध्र वर्षमुनि च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भूटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ । भारतको कल्याणी रङ्गशालामा भोलि बिहीबार हुने अन्तिम लिग खेलमा नेपालले भूटानलाई पराजित गरेमा मात्र फाइनलमा स्थान बनाउने छ । त्यस्तै हिजो भएको खेलमा नेपालले साविक विजेता बङ्गलादेशलाई ४–१ गोलअन्तरले पराजित गर्दै अङ्क […]
लम्बाइ १२० मिटर र ७१ चौडाइ मिटर को खेलमैदान निर्माण
म्याग्दी, ११ भदौ । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पिपलबोट स्थित कैलाशफाँटमा बगर सम्माएर खेलमैदान बनाइएको छ । म्याग्दी नदी किनारको बगरमा तटबन्ध सम्माएर खेलमैदान निर्माण गरिएको हो । खेलमैदानको लम्बाइ १२० मिटर र चौडाइ ७१ मिटर छ । यस खेल मैदानलाई स्तरोन्नति गरी गाउँपालिका स्तरको खेलमैदान बनाउने तयारी भइरहेको उपभोक्ता समितिका अध्यक्ष श्याम सुन्दर कँडेलले […]
राष्ट्रिय फुटबल टोलीले मलेसियन क्बलसँग मैत्रीपूर्ण खेल खेल्ने
काठमाडौँ, ६ भदौ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यही भदौ ९ गते हुने उक्त मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली राष्ट्रिय फुटबल टोली आज राति १०ः०० बजे मलेसिया प्रस्थान गर्ने अखिल नेपाल फुटबल सङ्घ एन्फा ले जनाएको छ । कतारमा सन् […]









