एजेन्सी । सधैँ क्रिकेट मैदानमा ब्याट घुमाएका देखिने भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी केही दिन जम्मु कास्मिरमा राइफल भिरेर गस्ती गरिरहेका भेटिए । धोनीले १०६ प्रादेशिक बटालियनमा रहेर ३१ जुलाईदेखि १५ अगस्टसम्म सेनाको रूपमा काम गरेका थिए । प्रादेशिक सेनाको प्यारासुट रेजिमेन्टका मानार्थ लेफ्टिनेट कर्णेल धोनीले सेनाको पोसाकमा गस्ती गरेका थिए । […]
खेलकुद
एसिया कपमा सहभागी हुने खेलाडी छनोट
काठमाडौँ, ५ भदौ । यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट सहभागी हुने खेलाडी छनोट गरिएको छ । यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि नेपालले आज रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो । सो टोलीमा छनोट हुनेहरूमा […]
एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबलमा नेपाल बाहिरियो
काठमाडौँ, ४ भदौ । घरेलु मैदानमा पहिलोपटक आयोजना भएको एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा नेपाल बाहिरिएको छ । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल माल्दिभ्ससँग ३–० को सोझो सेटमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । घरेलु कोर्टमा खराब […]
एशिया कप क्रिकेट: नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का
काठमाडौँ, ४ भदौ । यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ ९उन्नाइस वर्षमुनि० एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालले भदौ २० गते श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । एसियन क्रिकेट काउन्सिल एसिसी ले आज सार्वजनिक […]
एभिसी सेन्ट्रल जोन पुरुष भलिबल: नेपाललाई जित्नै पर्ने दबाब
काठमाडौँ, ४ भदौ । नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेशन एभिसी सेन्ट्रल जोन पुरुष भलिबलमा आज नेपाल जित्नै पर्ने दबाबका साथ माल्दिभ्सविरुद्ध उत्रँदै छ ।ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने समूह चरणको अन्तिम खेलमा नेपालले साँझ ५ बजे माल्दिभ्सको सामना गर्दैछ । नेपाललाई अघिल्लो चरण प्रवेशका लागि पनि माल्दिभ्सविरुद्वको खेल जित्नै पर्ने […]
पाथीभरा गोल्डकपको सेमिफाइनलमा आज इलाम र सुनसरी भिड्दै
ताप्लेजुङ, ४ भदौ । ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेल इलाम र सुनसरीबीच प्रतिस्पर्धा हुँदैछ । दिउँसो २ बजे हुने खेलमा फाइनल प्रवेशका लागि इलाम र सुनसरीबीच प्रतिस्पर्धा हुन लागेको हो । सुनसरीले युकेएफसी दार्जेलिङ भारतलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान बनाएको थियो । रेडहर्ष इलाम भने […]
यु-१९ एसिया कप : नेपालको पहिलो खेल श्रीलंकासंग , भारतीय प्रशिक्षकले ब्याटिंगमा सघाउने
श्रीलंकामा आयोजना हुने अन्डर-१९ एसीया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। यु-१९ एसिया कपको मलेसीयामा आयोजित २०१७ को अघिल्लो संस्करणमा नेपालले समुह चरणमा भारतलाई पराजित गर्दै पहिलो पटक सेमीफाइनलमा स्थान बनाएको थियो। सेमीफाइनलमा भने नेपाल अफगानिस्तानसंग पराजित भएको थियो। यो पटक पनि नेपालको समुहमा २ टेस्ट रास्ट्र रहेका छन्। नेपाल जुलाईमा मलेसियामा आयोजित […]
एभिसी भलिबलः अफगानिस्तान विजयी
काठमाडौँ, ३ भदौ । एशियन भलिबल कन्फडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा अफगानिस्तान विजयी भएको छ । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा आज भएको खेलमा अफगानिस्तानले बङ्गलादेशलाई ३–२ सेटले हराएको हो । अफगानिस्तानले बङ्गलादेशलाई २५–२१, १९–२५, १८–२५, २५–२३ र १५–१२ अङ्कले पराजित गरेको हो । जितसँगै समूह ‘बी’ […]
एभिसी सेन्ट्रल जोन भलिबलमा तीन खेल हुँदै
काठमाडौँ, ३ भदौ । नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेशन एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा आज तीन खेल हुँदैछ । ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा हुने उक्त प्रतियोगिताअन्तर्गत पहिलो खेलमा समूह ‘बी’ को बङ्गलादेश र सोही समूहको अफगानिस्तानबीच खेल हुनेछ । खेल ३ […]
असोज दोस्रो साता ‘झापा स्पोर्टस् अवार्ड’
सुरुङ्गा, २ भदौ । असोज दोस्रो साता ‘तेस्रो झापा स्पोर्टस् अवार्ड’ हुने भएको छ । नेपाल खेलकूद पत्रकार मञ्च एनएसजेएफ जिल्ला समन्वय शाखा झापाको आयोजनामा उक्त स्पोर्टस् अवार्ड गर्न लागिएको हो । अवार्ड सम्पन्न गर्र्न बुद्ध तामाङलाई संयोजक र सचिन सुब्बालाई सहसंयोजकको जिम्मेवारी दिइएको मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिए। मञ्चले दुई वर्षयता स्पोर्टस् अवार्ड […]






