बक्सिङमा नेपालको दुइ रजतको स्थान पक्का

मङ्सिर २१ ,काठमाडौँ ।  १३ औ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत शुक्रबार बक्सिङ्ग तर्फको पहिलो दिन भएको खेलमा नेपालका सुशील थापामगर शनिल शाही र भुपेन्द्र थापामगरले जित हासिल गरि सेमीफाइनलमा स्थान बनाएको छ । ललितपुरको सातदोबाटोमा फ्लाईवेट तर्फ सुशीलले पुरुष ४९ केजीमा श्रीलंकाका मुतुनाकापा पीजीलाइ अंकको आधारमा पराजित गर्दै सेमीफाइनल स्थान सुनिस्चित गरेका हुन् यसै […]

१३ औं सागमा शुक्रबार हुने खेलहरू

काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत शुक्रबारबाट पोखरामा आर्चरीका खेल सुरु हुनेछन् । यस्तै दशरथ रंगशालामा एथ्लेटिक्सका इभेन्ट जारी हुनेछन् । जसमा महिला ५ हजार मिटरमा सन्तोषी श्रेष्ठबाट नेपालले पदकको आसा गरेको छ । यस्तै पोखरामा हुने ब्याडमिन्टनमा सबै इभेन्टका फाइनल हुनेछन् । त्रिपुरेश्वरको दशरथ रंगशालामा बास्केटबलका खेल जारी रहनेछन् । शुक्रबारबाट सातदोबाटोको […]

सागको पाँचौ दिन, १७ खेलमा प्रतिस्पर्धा हुँदै

काठमाडौँ १९ मंसिर । १३ औँ साग अन्तर्गत पाँचौँ दिन आज बिहीबार विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदैछ । चौथो दिनको सम्पूर्ण नतिजा सकिँदा पदक तालिकाको दोस्रो स्थानमा रहेको नेपाल आज आफुलाई अग्रस्थानमा राख्ने योजनामा छ । नेपालले चौथो दिन २९ स्वर्ण जितेको थियो । नेपाल दोस्रो स्थानमा रहँदा ३७ स्वर्ण जितेको भारत पदक तालिकाको शीर्ष […]

उसुमा नीमा घर्तीलाई स्वर्ण पदक, नेपालको स्वर्ण संख्या ३० पुग्यो

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उसुमा नेपालकी नीमा घर्तीमगरले स्वर्ण जितेकी छिन् । साग सुरु भएको पाँचौ दिनमा नेपालकी नीमाले थप एक स्वर्ण जितेकी छिन् ।योसँग नेपालको स्वर्ण संख्या ३० पुगेको छ । नेपाल स्वर्णमा भारतपछि दोस्रो स्थानमा छन् । ३४ स्वर्ण जित्दै पहिलो स्थानमा छ । नीमाले नान्छवान अल राउन्डमा […]

नेपालद्वारा भुटानलाई २३७ रनको लक्ष्य,

काठमाडौं, १९ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष क्रिकेटमा नेपालका कप्तान ज्ञानेन्द्र मल्ले शतक प्रहार गरेका छन् । योसँगै कप्तान ज्ञानेन्द्र टी–ट्वान्टी अन्तराष्ट्रियमा शतक बनाउने दोस्रो खेलाडी बनेका छन् । यस अघि पारस खड्काले मात्र शतक बनाएका थिए । मल्लले ५५ बल खेल्दै १०७ रन बनाएर आउट भए। उनले पाँच चौका […]

साग फुटबलः भुटान विरुद्ध नेपालको ४-० को जित

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलमा मंगलबार नेपालले शानदार जितको सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमै भुटानलाई फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार जितको सुरुवात गरेको हो । नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको हो । कप्तान सुजल श्रेष्ठको उत्कृष्ट प्रदर्शनमा नेपालले भुटानमाथि लगातार दबाब बनाएको थियो । […]

महिला क्रिकेटमा नेपाली खेलाडीले बनाएको कीर्तिमानले विश्व क्रिकेटको ध्यान!

काठमाडौं, १७ मंसिर । नेपालमा तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सुरु भएको भोलीपल्ट बिहानै एउटा खबरले विश्व क्रिकेटको ध्यान नेपालतर्फ केन्द्रित गर्यो । विश्व क्रिकेटमा प्रत्येक दिन र हरेक खेलमा कुनै न कुनै रुपमा कीर्तिमान बन्ने र टुटने गरेका छन् । तर विश्व क्रिकेटको दुईसय वर्ष बढीको इतिहासमा कुनै बलरले रन खर्च नगरिकन छ विकेट […]

सागमा नेपालः २० स्वर्णसहित शिर्ष स्थानमा (विजेताहरुको नामावलीसहित)

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले २० स्वर्ण पदक जितेको छ । मंगलबार बिहान साढे १२ः२० बजेसम्म नेपालले २० स्वर्ण हात पारेको हो । काठमाडौं, पोखरा र जनकपुरमा जारी सागमा सोमबार बेलुकीसम्म कराते र तेक्वान्दोबाट १४ स्वर्ण हात पारेको थियो भने ट्रायथलनमा एक गरि जम्मा १५ स्वर्ण जितेको थियो । तर, […]

भारतीयलाई पछि पार्दै १० हजार मिटर दौडको स्वर्ण सन्तोषीले जितिन्

काठमाडौं, १७ मंसिर । नेपाली धाविका सन्तोषी श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जित्न सफल भएकी छन्। सन्तोषीले ३५ मिनेट ७।९४ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । सन्तोषीले भारतकी कविता यादवलाई उछिन्दै स्वर्ण जितेकी हुन्। सुरुबाटै अग्रता बनाएकी उनले अन्तिमसम्म त्यसलाई कायम गर्दै […]

महिला फुटबलमा नेपालको विजयी सुरुवात

पोखरा, १७ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग को महिला फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । मंगलबार आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले हराएको हो । पोखरा रंगशालामा भएको खेलमा नेपालका लागि दोस्रो हाफको अन्त्यतिर सरु भण्डारीले निर्णायक गोल गरिन् । उनले अनिता केसीको पासमा गोल गरेकी हुन् ।