टोकियो २०२० बक्सिङ्ग छनौटमा भाग लिन नेपाली दुइ मुक्के बाज जोर्डन जादै

फागुन १७ ,काठमाडौँ । एेसियन /ओशियनियन टोकियो २०२० बक्सिङ्ग छनौट इभेन्ट प्रतिस्पर्धामा सहभागी हुन नेपाली दुइ मुक्केबाज आइतबार जोर्डन प्रस्थान गर्ने भएको छ ।
नेपाल बक्सिङ्ग संघले शनिबार एक कार्येक्रम बीच पुरुष ६३ केजी तौल समूहका सनिल शाही तथा महिला ५७ केजी तौल समुहकी मिनु गुरुङलाइ बिदाई गरेको छ । बिदाई कार्येक्रममा राष्ट्रिय खेलकुद परिषदका सदश्य सचिव रमेश सिलवाल ,नेपाल ओलम्पिक कमिति महासचिव निलेन्द्र राज श्रेष्ठ ,नेपाल बक्सिङ्ग संघका अध्क्षय राम अवाले लगाएत अन्य पदाधिकारी, सदश्य तथा प्रशिक्षकहरुको उपस्थिति रहेको थियो ।
बिदाई कार्येक्रममा बिल्दै सदश्य सचिव सिलवालले विभिन्न ओलम्पिक खेलकुदमा इज्जत राखी नेपालले इतिहास राख्न सफल भएको बताउदै खेलकुदलाइ ग्रासलेबलबात उचाईमा लग्नु पर्ने धारणा राख्नु भयो । उहाले खेलाडीलाइ सम्मान र प्रशिक्षकलाइ प्रोत्साहनदिनु पर्ने बताउनु भयो ।
इभेन्ट प्रतिस्पर्धामा सहभागी हुने सनिल र मिनु दुवै भर्खरै सम्पन्न १३ औं एेसियन खेलकुद प्रतियोगिता सागमा स्वर्ण पदक बिजेता हुन् । आउदो मार्च ३ देखि ११ सम्म जोर्डनको अमान शहरमा हुने उक्त प्रतियोगिताको लागि नेपाली कोच प्रकाश थापा मगर र उज्वेकीयन बिदेसी प्रसिक्षक अलिसर राखामो गरि चार जनाको टोलि सामेल रहेको छ ।