बिदेशको राम्रो कमाइ छोडेर कृष्ण पाडाफार्ममा आकर्षित , युवाले उनीबाट सिक्नुपर्नेमा मेयर खड्काको जोड

सर्लाही, १४ बैशाख । वैदेशिक रोजगारीको लागि लाखौं युवाहरू म्यानपावरको चक्कर लगाइरहेको अवस्थामा सर्लाहीका एक युवा भने आफ्नै गाउँमा स्वउद्यम तर्फ आकर्षित भएका छन् । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर दुई जुटपानीका एक युवा बैदेशिक रोजगारीलाई बाई बाई गर्दै आफ्नै गाउँमा पाडा फार्म तिर आकर्षित भएका हुन् । झन्डै एक दशक बैदेशिक रोजगारीमा होमिएर ड्राईभिङ्ग […]

घरेलु हतियार देखाएर कर्मचारीलाई तर्साउँदै तस्कर

जनकपुरधाम, १४ बैशाख । सीमा क्षेत्रमा पछिल्लो समय तस्करी निकै बढेको छ । तस्करहरुले कर्मचारीलाई घरेलु हतियार देखाएर तर्साउने समेत गरेका छन् । सशस्त्रको टोली टोली र भन्सार कर्मचारीको निरिहताका कारण तस्कर सल्बलाइरहेको स्थानीय व्यापारी बताउँछन । कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा सेटिङमा तस्करी हुने गरेको पाइएको छ । केही घटनाले त्यसको पुष्टि हुन्छ । […]

त्रिभुवन विमास्थलबाट आइतबार मात्र छिर्यो एक करोडको सुन

काठमाडौं, ८ बैशाख । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आइतबार एक करोडको सुन बरामद गरिएको छ । प्रहरीले विमानस्थलको पार्किङ एरियाबाट तस्करी गरिएको सुनको बालासहित दुई बिदेशी नागरिकलाई पनि पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएका प्रहरीले पार्किङ क्षेत्र भियनतामी भो थी मोइ र कमबोडिन थेब्बी यू पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले ८५ लाख […]

नेप्से र कारोबार रकम दुबैमा छलाङ

काठमाडौं, ३ बैशाख । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को कारोबार आइतबार १ अर्ब नाघेको छ । लगातार बढेको नेप्सेसँगै कारोबार रकम पनि निरन्तर बढिरहेको छ । आइतबार नेप्सेको कूल कारोबार १ अर्ब ३ करोड ६९ लाखभन्दा बढी पुगेको छ । आइतबार कूल १ सय ७१ कम्पनीको ३३ लाख ७५ हजार १ सय ५३ कित्ता शेयर […]

सरकारी जग्गा निजी बनाउन भूमाफियाको प्रभावमा मन्त्रिपरिषद्देखि अदालतसम्म

काठमाडाैं । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने धन्दामा लागेका भू–माफियाले उच्च सरकारी निकायलाई प्रभावमा पार्ने गरेका छन् । स्थानीयलाई निवेदन दिन लगाएर उनीहरूले मालपोत कार्यालय, भूमिसुधार मन्त्रालय मात्र होइन, मन्त्रिपरिषद्देखि अदालतसम्मलाई प्रभावमा पारेर सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएका छन् । बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा लैजान दुईपटक मन्त्रिपरिषद्बाटै उनीहरूले निर्णय गराएका छन् । माधवकुमार नेपालको मन्त्रिपरिषद्ले १६ […]

रसुवागढी र साञ्जेनमा सभामुख र उर्जामन्त्रीका परिवारले नै दिए हजारौ कित्ताको सेयर आवेदन

काठमाडौं, ६ बैशाख । सभामुख कृष्णबहादुर र उर्जामन्त्री वर्षमान पुनले आज शुक्रबार जारी भएको रसुवागढी र साञ्जेन हाइड्रोपावरमा साधारण सेयरका लागि आवेदन दिएका छन् । सभामुख र उर्जामन्त्रीले आफूसँगै आफ्ना परिवारका सदस्यका नाममा पनि आफू बराबर नै सेयर आवेदन दिएका छन् । सभामुख कृष्णबहादुर महराले रसुवागढी जलविद्युत कम्पनीको १ लाख बराबरको १ हजार कित्ता र […]

बुधवार पनि नेप्सेमा हरियाली

काठमाडौं, ३ बैशाख । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) नयाँ वर्षसँगै उच्च गतिमा उकालो लाग्ने क्रम बुधवार पनि जारी रहेको छ । नयाँ वर्षपछि बढेको नेप्से निरन्तर बुधवार पनि ४.९९ अंकले बढेर १२१७.०४ पुगेको छ । बुधवार नेप्सेसँगै सबै परिसूचकहरु बढेका छन् । सेन्सेटिभ इन्डेक्स १ दशमलव ३२ अंकले बृद्धि भएको छ । जसलाई फ्लोटिङ इन्डेक्स […]

एक हप्ताभित्र ३९ अर्ब कर बुझाउन एनसेललाई ठूला करदाता कार्यालयको अल्टिमेटम

काठमाडाैं । सर्वोच्च अदालतले कर निर्धाण गरी ३ महिना भित्र उठाउन आदेश दिएको एक हप्तापछि ठूला करदाता कर कार्यालयले ३९ अर्ब ६ करोड कर बुझाउन एनसेललाइ निर्देशन दिएकाे छ । ठूला करदाता कार्यालयले एनसेलको पूँजीगत लाभकर र अतिरिक्त शुल्कसहित कर निर्धारण गरेर एक हप्ताभित्र बुझाउन याे निर्देशन दिएकाे हाे । कार्यालयले एनसेललार्इ ३९ अर्ब ६ […]

नयाँ वर्षसँगै नेप्से छलाङ मारेर १२ सय नाघ्यो

काठमाडौं, ३ बैशाख । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) नयाँ वर्षसँगै उच्च गतिमा उकालो लागेको छ । नयाँ वर्षपछि खुलेको पहिलो दिन ४ अंकले बढेको नेप्से दोस्रो दिन छलाङ मार्दै २३.३३ अंकले बढेर १२१२.०५ मा पुगेको छ । मंगलबार नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १५ प्रतिशतले बढेर २६०.२४ अंकमा पुगेको छ । मंगलबार कूल कारोबार […]

ललित अन्तर्राष्ट्रिय व्यापार मेला आईतबार सम्पन्न

ललितपुर, १ बैशाख । ललितपुर उद्योग वाणिज्य संघको आयोजनामा भएकाे ललित अन्तर्राष्ट्रिय व्यापार मेला आईतबार समापन भएको छ । बुधबारबाट संचालित मेलामा उत्साहजनक कारोबार भएको आयोजकले बताएको छ । मेलामा चीनमा उत्पादित दैनिक उपभोग्य, खेलकुदको सामग्री, भारत, पाकिस्तानका लत्ता कपडा, नेपाली हस्तकलाको सामानहरु उल्लेख्य बिक्री वितरण भएको अायाेजकले जनाएका छन । त्यसैगरी तन्ना, लुगा, ब्लाकेट […]