काठमाडौँ, १२ असोज । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । पछिल्ला दिनमा लगातार घट्दै आएको बजारको लयलाई पछ्याउँदै बजार ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.६६ बिन्दुले घटेर एक हजार ११२५.१४ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ०.९८ बिन्दुले घटेर २४६.३३ मा पुगेको […]
अर्थ/वाणिज्य
सुनको भाउ घट्यो आज पनि ओरालो
काठमाडौँ, १२ असोज । लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आज भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ७० हजार २०० मा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ८०० मा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज […]
पाँच हजार खसीबोका काठमाडौँ पठाइँदै
बाँके, १२ असोज । बडादशैँ नजिकिँदै गर्दा बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन् । दशैँको मुखमा बजारमा खसीबोकाको कृत्रिम अभाव देखाई भारतबाट खसीबोका भित्रिरहेका बेला बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौँ र अन्य शहरमा पठाउने भएका हुन् । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियाका गृहिणी महिलाले व्यावसायिक […]
दसैंको मुखमा मूल्यवृद्धि, जे छोयो त्यही महँगो
काठमान्डौं, १२ असोज । दसैंको मुखमा चामल, हरियो तरकारी, खाने तेल, मासु लत्ताकपडा र जुत्ताको मूल्य बढेको छ । ३ हजार ३०० पर्ने ३० किलोको जिरा मसिनो बोरामा सय रुपैयाँ बढेको छ । एक हजार ५७५ देखि एक हजार ६०० मा बिक्री हुने २५ किलोको अर्को थरीको जिरा मसिनोको प्रतिबोरा ५० देखि १०० रुपैयाँसम्म बढेको […]
श्रम ऐन कार्यान्वयनको माग गर्दै पेप्सी कम्पनीका श्रमिक आन्दोलित
परासी, १२ असोज । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० स्थित वरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) का श्रमिकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । विभिन्न नौ बुँदे मागसहित विगत पाँच महीनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका कामदारले माग सुनुवाइ नभएको भन्दै चरणबद्ध आन्दोलन थालेका हुन् । पटक–पटक कम्पनीको व्यवस्थापन पक्षले माग सम्बोधनका लागि निर्णय गर्ने तर कार्यान्वयन नगर्ने […]
बजार अनुगमनमा पाँच लाखको अखाद्य वस्तु फेला
डोटी, १२ असोज । जिल्लामा दशैँ, तिहारलगायतका चाडपर्वमा अखाद्य वस्तु बिक्री वितरण नहोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा शनिबार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, दिपायल सिलगढी नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य सङ्घ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उपभोक्ता अधिकार मञ्च, पत्रकारसहितको टोलीले शनिबार दिपायलको प्रमुख व्यापारी […]
विदेशबाट फर्किएर सामूहिक फूलखेती
दमौली, ११ असोज । कामको सिलसिलामा विदेशिएका युवा स्वदेश फर्किएर फूलखेतीमा लागेका छन् । लामो समय वैदेशिक रोजगारीमा रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी–६ का युवाले सामूहिक फूलखेती शुरु गरेका हुन् । उक्त ठाउँका सूर्यकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, भरतसिंह ठकुरी, उज्ज्वल श्रेष्ठ, राजु श्रेष्ठ र हेमबहादुर सिंह ठकुरीले जग्गा भाडामा लिएर फूलखेती शुरु गरेका हुन् । […]
नेपालका उपभोक्ता भारतीय बजारमा,नेपाली बजार सुनसान
राँझा, ११ असोज । नेपालगञ्जका व्यापारीले प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्दा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिया जाने गरेका छन् । सरकारी निकायको उदासिनता र व्यापारीको उपभोक्ता आकर्षण गर्ने प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्दा नेपाली उपभोक्ताको आकर्षण बढ्न नसकेको उपभोक्ता हित संरक्षणमञ्च बाँकेका अध्यक्ष वसन्त गौतम बताउछन् । “गुणस्तरीय वस्तु तथा सेवा उपयोग गर्न पाउनु उपभोक्ताको अधिकार हो, […]
बाजुराको स्याउ उपभोक्ताको रोजाइमा
धनगढी, ११ असोज । खानामा रसिलो र स्वादिलो हुने बाजुराको हावापानीमा फलेको प्राङ्गारिक स्याउ धनगढीलगायतका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा पर्न थालेको छ । त्यहाँ फलेको प्राङ्गारिक स्याउ रसिलो र स्वदिष्ट हुने भएकोले धेरैको रोजाइमा पर्ने गरेको होे । वर्षभरी भारतबाट आयात हुने स्याउ किनमेल गर्ने बानी परेका स्थानीयवासी नजिकिँदै गरेको वडादशैँको मुखमा स्वदेशमै उत्पादन भएको […]
सुनको मूल्य गिरावट
काठमाडौं, १० आसेज । सुनको मूल्य शुक्रबार पनि घटेको छ। बिहीबार छापावाल सुन तोलामा एक हजार रुपैयाँ घटेको शुक्रबार २०० रुपैयाँले घटेर ७० हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुन ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँ घटेर तोलाको ८६० रुपैयाँमा झरेको […]










