सुनको मूल्य अहिलेसम्मकै महङ्गो

काठमाडौँ, १७ साउन । सुनको मूल्य बढेर अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाला सुनको मुल्य शुक्रबार आठ सय रुपैयाँले बढेर ६५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो सुनको अहिलेसम्मकै महँगो मूल्य हो । बिहीबार छापावाला सुन तोलामा ६५ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा […]

शेयर बजार; नेप्से सामान्य अङ्कले घट्यो

काठमाडौँ, १६ साउन । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.७४ बिन्दुले घटेर एक हजार २६३.८४ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत आज ०.७१ बिन्दुले घटेर २७२.५३ मा झरेको छ । कूल १६८ कम्पनीको २० लाख ६० हजार ६७८ कित्ता शेयर […]

‘ट्रान्जिट परमिट’ ले जडीबुटीको निकासी घट्यो

नेपालगञ्ज, १५ साउन । ‘ट्रान्जिट परमिट’ को व्यवस्था लागू गरेपछि भारतर्फ जडीबुटीको कमी आएको छ । केही वर्षदेखि भारतको उत्तर प्रदेश सरकारले जडीबुटी निकासीमा ‘ट्रान्जिट परमिट’ को व्यवस्था लागू गरेपछि यसको निकासी घटेको नेपाल जडीबुटी सङ्घका केन्द्रीय अध्यक्ष याकुब अन्सारीले बताए।शुरुआती चरणमा बाँके जिल्लाबाट ८० प्रकारका जडीबुटी भारतलगायत तेस्रो मुलुकमा निकासी भइरहेको थियो । ‘ट्रान्जिट […]

 सात दिनभित्र ८७ करोड १४ लाख ९७ हजार ५७८ कर बुझाउन पत्र

चितवन, १५ साउन। सर्वाेच्च अदालतको फैसलासँगै आन्तरिक राजश्व कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई अन्तिम अन्तःशुल्क निर्धारण आदेश जारी गरेको छ । कार्यालयले दुई आर्थिक वर्षको तिर्न बाँकी रहेको रु ८७ करोड १४ लाख ९७ हजार ५७८ सात दिनभित्र दाखिला गर्न आदेश जारी गरेको हो । कार्यालयका प्रमुख शुभप्रसाद रिजालका अनुसार आव २०७३÷७४ को रु ५३ करोड […]

शेयर बजारः नेप्से बढ्यो, कारोवार घट्यो

काठमाडौँ, १४ साउन । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । स्टकका अनुसार नेप्से परिसूचक ३.३९ अङ्कले वृद्धि भएर एक हजार २५९.३७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०३ अङ्कले बढेर २७२.१४ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम भने न्यून रह्यो । क्ूल १७१ कम्पनीका […]

वार्षिक बजेटमा प्रदेश १ मा ५८.१५ प्रतिशत मात्र प्रगति

विराटनगर, १४ साउन । प्रदेश नं १ मा आर्थिक वर्ष २०७५/७६ मा कूल वार्षिक बजेटमा ५८.१५ प्रतिशत वित्तीय प्रगति भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । वार्षिक बजेट ३६ अर्ब ४३ करोड १० लाख ४० हजारमा २१ अर्ब १८ करोड ३७ लाख ६० हजार खर्च गरेर सो प्रगति हासिल गरेको हो […]

उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी चौधरी ग्रुप विरुद्ध आन्दोलित

कावासोती, १४ साउन । उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । नवलपरासीपूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग ग्रामबाट निस्कने धुलोले स्वास्थ्यसहित जनजीवनमा नै समस्या पारेको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन् । चौधरी गु्रपको चौधरी गु्रप अफ इण्डष्ट्रियल उद्यान दुम्कौलीभित्र सञ्चालनमा रहेको भुसे बोइलरबाट अध्यधिक मात्रामा खरानी निस्कने गरेको र यसले जनजीवन नै […]

बैंकलाई ब्रोकर लाईसेन्स दिन तात्यो बोर्ड, नेप्सेलाई दियो कडा निर्देशन

  नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्चेन्ज नेप्सेलाई थप ब्रोकर लाइसेन्स दिने प्रक्रिया तत्काल अगाडी बढाउँन निर्देशन दिएको छ ।  बोर्डको असार २५ गते बसेको बैठकले यस्तो निर्देशन दिएको हो । बोर्डको बैठक असार २५ गते बसेको भएपनि बोर्डले १८ दिनपछि यस सम्बन्धि जानकारी दिएको हो ।  बोर्डले आवश्यक प्रक्रिया पुरा गरेका बैंकका सहायक कम्पनीलाई […]

घरेलु उद्योगमा रु एक अर्ब लगानी

दमौली, १३ साउन । तनहुँ जिल्लामा दर्ता भएका घरेलु उद्योगमा रु एक अर्बभन्दा बढीको लगानी भएको छ ।आव वर्ष २०७५÷७६ दर्ता भएर सञ्चालनमा आएका घरेलु उद्योगमा रु एक अर्ब सात करोड ३८ लाख ७५ हजार ५५१ लगानी भएको घरेलु तथा साना उद्योग विकास समिति दमौलीले जनाएको छ । सो अवधिमा एक हजार एक सय ३५ […]

शेयर बजार ; नेप्सेमा तीन अङ्कको वृद्धि

काठमाडौँ, १३ साउन । आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने तीन अङ्क बढीले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३।१८ विन्दुले बढेर एक हजार २५५।९८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १।०८ विन्दुले बढेर २७१।११ मा पुगेको छ । […]