सुनको भाउमा आज पनि गिरावट

काठमाडौं २३ मंसिर। साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला रु ५०० ले घटेको सुनको मूल्य सोमबार प्रतितोला रु २०० ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावालको मूल्य प्रतितोला रु ७१ हजार तोकेको छ । आइतबार छापावाला सुन प्रतितोला रु ७१ हजार २०० मा खरिदबिक्री […]

एनसेललाई २२ अर्ब ४४ करोड कर निर्धारण, कर तिर्न १५ दिनको समय

काठमाडौं, २२ मंसिर, । ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ । कार्यालयका प्रमुख झलकराम अधिकारीका अनुसार कर तिर्न १५ दिनको समय दिएर एनसेलाई पत्र दिइएको छ । ठूला करदाता कार्यालयले वैशाखमा एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ६० अर्ब ७१ करोड २४ लाख […]

हवाई टिकटको मूल्य नेपाली र विदेशीलाई समान बनाउन सुझाव

काठमाडौं २२ मंसिर, । हवाई यात्रामा विदेशीबाट लिइने महंगो शूल्क हटाएर समान बनाउन सरकारद्वारा गठित कार्यदलले सुझाव दिएको छ । नेपाली र विदेशी दुवै नागरिकलाई एउटै मूल्य कायम गर्न कार्यदलको प्रतिवेदनले सुझाएको हो । नेपालमा हवाई यात्रा गर्ने नेपालीको तुलनामा विदेशी नागरिकले झण्डै दोब्बर मूल्य तिर्नुपर्छ । यसले नेपाल विदेशीका लागि महंगो गन्तब्यका रुपमा समेत […]

पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि: एलपी ग्यास र हवाई इन्धन यथावत

काठमाडौ १७ मंसिर । नेपाल आयल निगमले सोमबार राति देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरिएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको जनाएको छ । ईण्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ […]

उपनिर्वाचन सकिने वित्तिकै बढ्यो पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य

 उपनिर्वाचन सकिने वित्तिकै पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबार राति देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरिएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको जनाएको छ । ईण्डियन आयल […]

माघ देखि प्रभु बैंकको कार्ड नचल्ने, तत्काल साट्न आग्रह

काठमाडौँ, १० मंसिर । प्रभु बैंक ले आगामी माघ १ देखि हालको भिसा कार्ड नचल्ने बताएको छ । बैंकले हाल आफ्नो कार्ड सिस्टम अपग्रेड गरिरहेको र हालको कार्डलाई विस्थापन गरी  SCT UPI  कार्ड जारि गर्न लागेको जनाएको हो । बैंकले माघ १ गतेदेखि हालका कार्ड नचल्ने भएकोले आफुलाई पायक पर्ने जुनसुकै शाखामा गएर नयाँ कार्ड […]

नक्कली नागरिकता बनाएर ३४ करोड  बैंकको रकम अनियमितता

काठमाडौँ , १० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली नागरिकता बनाई खाता खोलेर बैंकको रकम हिनामिना गरेको आरोपमा कृषि विकास बैंकका शाखा अधिकृत केदारप्रसाद गौतमविरुद्ध ३३ करोड ९३ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । बैंकको स्वयम्भू शाखामा १० महिना रहँदा उनले त्यति रकम अनियमितता गरेको अख्तियारको आरोप छ । अनियमिततामा सघाएको आरोपमा अख्तियारले […]

कृषि विकास बैंकको ३३ करोड ९३ लाख हिनामिना, ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं ९ मंसिर । कृषि विकास बैंकको ३३ करोड ९३ लाख रुपैयाँ गैरकानुनीरुपमा निकालेर हिनामिना गरेको अभियोगमा ८ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। बैंकको करोडौं रकम गैरकानुनीरुपमा निकालेर हानी नोक्सानी गरेको ठहरसहित अख्तियारले बैंकको स्वयम्भू शाखामा कार्यरत हित शाखा अधिकृत केदारप्रसाद गौतम सहित ८ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा […]

चाईना ट्रेड बहुउद्देश्यीय सहकारी आईएसओ चिन्ह प्राप्त पहिलो सहकारी बन्ने तयारीमा

काठमाडौं । चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड आईएसओ चिन्ह प्राप्त गर्ने नेपालकै पहिलो सहकारी बन्ने तयारीमा जुटेको छ । राजधानीको विशाल बजारमा आईतबार साँझ सो सहकारीले नयाँ सदस्यहरुको स्वागत, क्ष्क्इ अभिमुखिकरण र संस्थाको वेभसाईट तथा मोवाइल बैंकिङ्ग सेवा सुभारम्भ कार्यक्रममा सो जानकारी गराएको हो । विश्वमा तिब्र गतिमा बढीरहेको सूचना प्रविधिको विकासले संस्थालाई सूचना […]

फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ त प्रतितोला?

काठमाडौँ, ८ मङ्सिर, । आज आइतबार सुनको भाउ १ सयले घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य तोलाको ७१ हजार ७ सय रुपैँयामा कारोबार भएकोमा आज तोलाको १ सय रुपैयाँले घटेर ७१ हजार ६ सय पुगेको छ । त्यसैगरी आज तेजावी सुनको भाउ पनि तोलामा १ सयले घटेर ७१ हजार ३ सय मूल्यमा कारोबार भइरहेको […]