सुन चाँदीको मूल्य आज यथावत

काठमाडौँ, २ माघ। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ७४ हजार ४०० मा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

Loading...