हुलाक बचत बैंकमा पाँच करोड निक्षेप

कलैया, २३ साउन । बारा जिल्ला हुलाक कार्यालय बाराद्वारा सञ्चालित हुलाक बचत बंैकमा आर्थिक वर्ष २०७५÷७६ मा कूल रु पाँच करोड ३५ लाख ३८ हजार ३०१ निक्षेप जम्मा भएको छ । यस वर्ष मात्र एक हजार ३२२ ग्राहकले रु चार करोड ६७ लाख पाँच हजार ३०२ निक्षेप जम्मा गरेकामा सोको ब्याज रु चार लाख तीन […]

लिलामी नहुँदा भन्सारमै थन्किए सवारी साधन

बाँके, २२ साउन । सरकारी निकायको बेवास्ताका कारण नेपालगञ्ज भन्सार कार्यालयमा लाखौँ मूल्यका सवारी साधन लिलाम नहुँदा थन्किएका छन् । मूल्याङ्कन गर्न ढिलाइ भएका कारण बरामद भएका सवारी सधानको लिलाम प्रक्रिया शुरु गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ । लिलामी हुन नसक्दा सवारी साधन जीर्ण अवस्थामा थन्किएका छन् । सुरक्षाकर्मीले करीब पाँच वर्षअघिदेखि नियन्त्रणमा लिएका […]

अवैध हुण्डीको कारोवार बढ्दै

वीरगञ्ज, २२ साउन । पर्सा प्रहरीले अघिल्लो आर्थिक वर्षमा वीरगञ्जबाट हुण्डीको कारोवार गर्ने मुख्य नाइकेसहितका व्यक्तिलाई पक्राउ गरेपछि त्यस्ता व्यक्ति चाँडै पैसा कमाउने उद्देश्यअनुरुप उक्त धन्धामा लागेको खुलासा भएको छ । पैसा स्रोत खुलाउनु नपर्ने र भनेको बेला एजेन्टमार्फत अन्तर्राष्ट्रियस्तरमा सजिलै पैसा पठाउन सकिने भएकाले अवैधरुपमा हुण्डीको धन्धा पर्सा जिल्लामा फष्टाउँदै गएपछि यस प्रकारको अवैध […]

यसवर्ष किन घट्यो रोपाइँ

काठमाडौँ, २१ साउन । समयमै पर्याप्त वर्षा हुन नसक्दा गत वर्षको तुलनामा यसपटक रोपाइँमा कमी आएको छ । गत वर्षको तुलनामा यसपटक ३.६२ प्रतिशतले रोपाइँ घटेको हो । गत वर्ष साउन १८ गतेसम्म ८९.६२ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । यस वर्षको सोही अवधिमा ८६ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको बाली विकास तथा कृषि जैविक विविधता […]

‘पचास लाखमाथिको कर्जामा प्यान अनिवार्य’

काठमाडौँ, २१ साउन । के तपाईँले रु ५० लाखभन्दा बढीको ऋण लिन लाग्नुभएको छ र? व्यापार व्यवसाय विस्तार तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने सोच बनाउनुभएको छ ? यदि छ भने अब तपाईँसँग स्थायी लेखा नम्बर प्यान अनिवार्य हुनुपर्छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिले रु ५० लाख वा […]

पुरोहितको दक्षिणा रु एक सय एक

चितवन, २१ साउन । माडी नगरपालिकाले पण्डितलाई दक्षिणास्वरुप दिइने पैसा निर्धारण गरेको छ । नगरपालिकाको दोस्रो कार्यपालिका बैठकले दक्षिणास्वरुप रु १०१ कायम गरेको हो । नगरपालिकाको दोस्रो नगरसभाको निर्णय आज सार्वजनिक गर्दै नगरप्रमुख ठाकुर ढकालले समाजमा हुने भड्किलोपनलाई नियन्त्रण गर्न यो निर्णय गरिएको बताए । निर्णय कार्यान्वयनका लागि सम्पूर्ण नगरवासीलाई अपिल गरिने उनले जानकारी दिए […]

धितोपत्र बजारः नेप्से परिसूचकमा पुन: ‘रेड लाईट’

काठमाडौँ, २० साउन । धितोपत्र बजारमा आज शेयर कारोबारमापक नेप्से परिसूचक ४.५५ अङ्कले घटेर एक हजार २५५.०९ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ०.७७ अङ्कले घटेर २७१.०१ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चेको छ । स्टक एक्स्चेन्जका अनुसार आज १६७ कम्पनीका १५ लाख पाँच हजार ५०६ कित्ता शेयर रु ४४ […]

चार किलो सुनसहित चिनियाँ पक्राउ

काठमाडौँ, २० साउन । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट चार किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चार किलो सुनसहित चिनियाँ नागरिक ली निंछीलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब उपरीक्षक शैलेश थापा क्षत्रीले आइतबार राति १०ः५० बजे क्याथी ड्रयागनको उडानमा हङकङबाट काठमाडौँ आएका निंछिलाई […]

एकै जिल्लाका ११ निर्माण कम्पनीबाट २ करोड बढी हर्जाना असुल

भीमदत्तनगर, २० साउन । डिभिजन सडक कार्यालय कञ्चनपुरले तोकिएको समयमा निर्माणकार्य पूरा नगर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याएको छ । गत आर्थिक वर्षमा मात्रै कार्यालयले काम लिने तर समयमा पूरा नगर्ने ११ वटा निर्माण कम्पनीलाई कारवाही गरेको डिभिजन सडक कार्यालयका सूचना अधिकृत लक्ष्मीदत्त जोशीले जानकारी दिए । “सम्झौतामै समयमा काम नसक्ने निर्माण पक्षलाई पूर्व निर्धारित […]

भ्रष्टाचारको छानविन गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा

कास्की । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेकाे छ । प्रतिष्ठानमा अनियमितता भएको उजुरीका आधारमा छानविनका लागि अख्तियारले छापा मारेकाे हाे । अायाेगकाे टाेलीले छापा मारेर प्रतिष्ठानका कागजपत्र नियन्त्रणमा लिएको छ । अख्तियार पोखरा शाखाका प्रवक्ता मेघनाथ रिजालले अस्पतालको सामाजिक सेवा इकाई सञ्चालनका विषयमा परेको उजुरीका आधारमा छानविन गर्न अख्तियारको टोली […]