आज रंगशालाको धनधान्याचलमा कलाकारहरुले यति ठुलो सहयोग

चितवन, २६ माघ । रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्याचल महोत्सव भईरहेको छ ।  चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा धनधान्याचल महोत्सवमा आज कलाकारहरुले आर्थिक सहयोग गरेका छन् । धनधान्याचल महोत्सव स्थलमा पुगेर कलाकारहरुले सहयोग गरेका छन् । सुपर हिट चलचित्र ‘छक्का पञ्जा’ सिरिज टिमले एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् । चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरी, दीपा श्री निरौला, जितु नेपाल र केदार घोमिरे माग्ने बुढा को तर्फबाट उक्त रकम सहयोग गरिएको हो ।

यस्तै पछील्लो समयका चर्चित गायक तथा मोडल दुर्गेश थापाले २० हजार २ सय ५ र निर्माता सुशान्त श्रेष्ठ ११ हजार १ सय १५ सहयोग गरेका छन् । यस्तै उनिहरुले अन्य कलाकार तथा सम्पूर्ण नेपालीहरुलाई पनि सहयोगको अपिल गरेका छन् । सहयोग अघी उनिहरुले आफ्नो प्रस्तुतीबाट दर्शकहरुलाई मनोरन्जन दिलाएका थिए । धनधान्याचल महोत्सवमा आज अहिलेसम्मकै धेरै आर्थिक संकललन भएको छ । आज एकै दिन करिब ७ करोड ११ लाख सहयोग भएको र बाँकी नगद प्राप्त भएको मुल आयोजक समितिले जनाएको छ ।

रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्याचल महोत्सव भईरहेको छ । महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहेका छन् । महोत्सव २६ गतेसम्म चल्नेछ । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।

Loading...