काठमाडौँ, २ माघ। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन ७४ हजार ४०० मा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि चाँदी सोही मूल्यमा […]
अर्थ/वाणिज्य
नेप्से २० अङ्कले लाग्यो उकालोतिर
काठमाडौं, १ माघ । पुस मसान्तमा घटेको शेयर कारोवार मापक नेप्से परिसूचक माघको पहिलो दिन २० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २०.८५ अङ्कले बढेर एक हजार २८४.२३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.६८ अङ्कले बढेर २७८.९७ मा पुगेको छ । परिसूचक २० अङ्कले बढ्दा कारोवार रकम भने […]
नेपाल आयल निगमले कमायो आठ अर्ब ७५ करोड नाफा
काठमाडौँ, कुनै समय निकै घाटा व्यहोरेर डुब्ने अवस्थामा पुगेको नेपाल आयल निगमले पछिल्ला वर्ष ‘आर्थिक स्वास्थ्य’ मा सुधार ल्याएको छ । केही वर्षदेखि निगमको नाफा बिस्तारै उकालो लाग्न थालेको छ । निगमले आर्थिक वर्ष २०७५/७६ मा करीब रु आठ अर्ब ७५ करोड करपछिको मुनाफा आर्जन गरेको छ । निगमले अघिल्लो आवमा रु तीन अर्ब ५८ […]
सेञ्चुरी बैंकले गर्यो बालबालिकाहरुका लागि न्यानो कपडा वितरण
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले बालबालिकाहरुका लागि न्यानो कपडा वितरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्यविनायक नगरपालिका४ स्थित श्री चित्रपुर आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुको लागि बैंकले कपडा वितरण गरेको हो । बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले विद्यालयका प्रध्यानाध्यापक राजन खत्रीलाई उक्त कपडा हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत […]
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुराउन माघ १९ गतेदेखि २६ गतेसम्म महायज्ञ लगाइदै
चितवन, २८ पुस । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु¥याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य लिवजय सुवेदीको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल समिति गठन गरिएको छ । महायज्ञबाट रु ५० करोड सङ्कलन गर्ने […]
निकै गुणस्तरयुक्त भएको कारण कफीको माग विदेशमा बढि
दमौली, २८ पुस । तनहुँमा उत्पादित कफी अमेरिका, जापान र कोरीया निर्यात भईरहेको छ । तनहुँ कफी उत्पादक कृषि सहकारी संघका अनुसार तनहुँमा उत्पादित कफी ती मुलुकमा निर्यात भईरहेको छ । तनहुँको कफी निकै गुणस्तरयुक्त भएको कारण विदेशमा बढि माग भएको तनहुँ कफी उत्पादक कृषि सहकारी संघका अध्यक्ष शिव बोहोराले बताए । विगत एक दशकदेखी […]
वर्षकै अवधिमा नेप्सेमा भारी वृद्धि, कारोबार रकम सवा अर्बमाथि
काठमाडौं, २७ पुस । धितोपत्र बजारमा पछिल्लो एक वर्षको अवधिमा नेप्से परिसूचकमा आज सबैभन्दा बढी वृद्धि भएको छ । सन् २०२० को शुरुआतसँगै उकालो लागेको शेयर कारोबारमा मापक नेप्से परिसूचक ‘बुलिस ट्रेण्ड’ पछ्याउँदै करिब ४३ अङ्कले वृद्धि भएको छ । प्रतिशतका आधारमा आजको वृद्धि ३.५१ हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४२.६१ विन्दुले बढेर […]
सुन्तला उत्पादनबाट जिल्लामा १० करोडभन्दा बढी नगद भित्रिने अनुमान
काठमाडौं, २७ पुस। रैनादेवी छहरा–४ अम्लावासका युवा कमल घिमिरेलाई सुन्तला बजार पठाउन हतारो छ । उनको परिवार सुन्तला बगानमा खटिएको छ । टिप्न, बोक्न, ग्रेडिङ गर्न, क्यारेटमा मिलाउन र बजार पठाउने काममा उनीहरू लागिपरेका छन् । उनको बगानका पाँच सयभन्दा बढी बोटमा फल लागेका थिए । सिजन ढिला भइसक्यो । अझै पनि बोटमै सुन्तला रहिरहे अर्को वर्ष फल कम […]
सुन तस्करी बढ्दो क्रममा
काठमाडौँ, २७ पुस । नेपाली बजारमा सुनको मूल्य उकालो लागेसँगै तस्करी भएर भित्रने क्रम पनि बढेको छ । विगत तीन महिनामा सुनको मूल्य उकालो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करी भएर आएको सुन पक्राउ पर्ने क्रम पनि बढेको छ । गत असोजदेखिको तथ्याङ्क हेर्दा त्रिभुवन विमानस्थलमा असोजमा दुई हजार ३७ ग्राम तस्करीको सुन पक्राउ परेको थियो […]
घट्यो सुनको मूल्य
काठमाडौँ, २४ पुस । बिहिबार सुनको मूल्य एक हजारले घटेको छ। बुधबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहिबार प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुन ७२ हजर २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, बुधबार प्रतितोला ९२० रुपैयाँमा कारोबार […]










