काठमाण्डौँ, ४ फागुन । नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो । शुक्रबार तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७६ हजार ५०० पुगेको हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोमलामा ७६ हजार […]
अर्थ/वाणिज्य
डेढ खर्बले घट्यो बजेट , वृद्धिदर लक्ष्य नजिक पुग्ने
काठमाडौँ, १ फागुन । सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको आकार करिब डेढ खर्ब रुपियाँले घटाएको छ । बुधबार चालू आर्थिक वर्ष २०७६ र ७७ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालू आवका लागि कुल विनियोजित १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखबाट १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपियाँ खर्च […]
दोस्रोपल्ट खतिवडाले घटाए देशको बजेटको आकार, राजश्व र खर्चको लक्ष्य नभेटिने
काठमाडौं, २९ माघ । अर्थमन्त्री डा. युवराज खतिवडाले दोस्रोपल्ट बजेटको आकार घटाएका छन् । चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्री खतिवडाले बुधबार संशोधित बजेटको आकार १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाखमा घटाएका हुन् । यो भनेको कुल विनियोजनको ९०.४ प्रतिशत हो । संशोधित बजेट अनुसार चालू खर्च ९४.५ प्रतिशत अर्थात् ९ खर्ब […]
लामिछानेले गर्ने भए गौतमबुद्ध क्रिकेट रंगशालालाई ७० हजार सहयोग
काठमाडौं, २९ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई ७० हजार ७ सय ८४ रुपैयाँ सहयोग गर्ने भएका छन्। उनले नेपालमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग–२ अन्तर्गतको शृंखलामा लिने हरेक विकेटमा सगरामाथाको उचाई ८,८४८ बराबर रंगशालालाई सहयोग गर्ने घोषणाअनुसार उक्त रकम सहयोग गर्ने भएका […]
१ करोड मूल्य बराबरको सुन लुटेर भागेका लुटेरा सुनसहित पक्राउ
काठमाडौं, २९ माघ । थानकोट सतुंगलबाट करिब १ करोड मूल्य बराबरको सुनसहित तीन जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा ललितपुरको टोली र महानगरीय प्रहरी प्रभाग पुल्चोकको संयुक्त टोलीले दुई जनालाई बुधबार आज थानकोट सतुंगलबाट पक्राउ गरेको हो । एक जना मंगलबार पक्राउ परेका थिए । पक्राउ परेका तीनै जना भारतीय नागरिक रहेको प्रहरीले […]
घट्यो सुनको मूल्य आज, कति पुग्यो तोलाको हेर्नुहोस!
काठमाडौँ, २९ माघ । माघ महिनाको अन्तिम दिन आज बुधबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो । मंगलबार तोलामा ७५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको हो । त्यस्तै तेजाबी […]
विद्युतीय माध्यमबाट खरिद रकम भुक्तानी गरे १० प्रतिशत भ्याट फिर्ता
काठमाडौं, २८ माघ । आज मंगलबारदेखि विद्युतीय माध्यमबाट खरिद रकम भुक्तानी गरे भुक्तानी गरेको १० प्रतिशत रकम फिर्ता हुने व्यवस्था कार्यान्वयन हुँदैछ । यसको अर्थ १० हजार रुपैयाँको खरिदमा तिर्नुपर्ने १३ सय रुपैयाँ मूअ करमध्ये १ सय ३० रुपैयाँ भुक्तानीकर्ताको बैंक खातामा फिर्ता हुने भएको हो । आन्तरिक राजस्व विभागले यसअघि नै विद्युतीय माध्यमबाट भुक्तानी […]
भोजपुरमा भित्रियो सुन्तला खेतीबाट ३० करोड
यस वर्ष सुन्तला बिक्रीबाट भोजपुरमा ३० करोड बढी रकम भित्रिएको छ । उत्पादित चार हजार ७०६ मेट्रिक टन सुन्तला बिक्रीबाट सो बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको बताइएको छ । जिल्लामा उत्पादन भएको सुन्तला धनकुटा, सुनसरी, झापा, मोरङ, धरान, इटहरी, विराटनगर, […]
बङ्गलादेशमा बिजुली बेच्ने बाटो खुल्दै
काठमाडौँ, २७ माघ । नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट जलविद्युत् किन्न बङ्गलादेशले प्रवद्र्धक कम्पनीलाई आशयपत्र लेटर अफ इन्टेन्ट प्रदान गरेको छ । प्रवद्र्धक कम्पनी जीएमआर अपर कर्णाली हाइड्रोपावर कम्पनीलाई बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले पत्राचार गर्दै विद्युत् खरिद सम्झौता गर्न आफू तयार रहेको जनाएको हो । कम्पनीका आयोजना प्रमुख केके […]
आज रंगशालाको धनधान्याचलमा कलाकारहरुले यति ठुलो सहयोग
चितवन, २६ माघ । रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्याचल महोत्सव भईरहेको छ । चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा धनधान्याचल महोत्सवमा आज कलाकारहरुले आर्थिक सहयोग गरेका छन् । धनधान्याचल महोत्सव स्थलमा पुगेर कलाकारहरुले सहयोग गरेका छन् । सुपर हिट चलचित्र ‘छक्का पञ्जा’ सिरिज टिमले एक लाख ११ हजार एक सय ११ रुपैयाँ […]











