बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ? हेर्नुहोस

काठमाडौँ, २६ माघ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । यसअघि शुक्रबार तोलामा ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७६ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोमलामा ७५ हजार ७०० […]

अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रलाई महानगरको ३ करोड अनुदान

काठमाडौं, २३ माघ । काठमाडौं महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको धम्महलको भवन बनाउन ३ करोड १ लाख ६९ हजार २ सय रुपैयाँ अनुदान दिएको छ । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले केन्द्रका अध्यक्ष प्रतिकरत्न ताम्राकारलाई बुधबार चेक हस्तान्तरण गरे । महानगरको वडा १० शंखमूलमा ७ रोपनी ६ आना ३ पैसामा फैलिएको केन्द्रलाई चेक हस्तान्तरपछि नगरप्रमुख […]

आज पनि ओरालो लाग्यो सुनको मूल्य, हेर्नुहोस कतिमा हुदैछ कारोबार

काठमाडौँ, २२ माघ। नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । केही महिनायता उतार चढावको अवस्थामा रहेको छापावाल सुनको मूल्य बुधबार ७५ हजार २०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो । यसअघि मंगलबार तोलामा ७६ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छापावाल सुन बुधबार रु ८०० घटेको हो । यस्तै तेजावी सुन तोलामा ७४ हजार ९०० […]

घट्यो सुनको मूल्य, कति छ आज प्रतितोला ?

काठमाडौं, २१ माघ । मंगलबार सुनको मूल्यमा गिरावट केहि आएको छ । नेपाल सुनचाँदी व्यवसायी सङघका अनुसार छापावाला सुनको मूल्य प्रतितोलामा ५ सय रुपैँयाले घटेर ७६ हजारमा र तेजाबी सुन प्रतितोला ७५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

फेरि बढ्यो ग्यासको मूल्य, पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौँ, २१ माघ । नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको हो । यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक हजार ३७५ पुगेको छ । यसैगरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको […]

रवि लामिछानेको पहलमा निर्माण हुन लागेको ‘रास्कोट सामुदायिक अस्पताल’ बनाउन चाइनिज हिरोले गरे २ करोड भन्दा बढी सहयोग

काठमाडौं – कर्णाली प्रदेशको दुर्गम जिल्ला कालिकोटमा न्यूज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सीधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेको पहलमा निर्माण हुन लागेको ‘रास्कोट सामुदायिक अस्पताल’को सुविधा सम्पन्न भवनको शिलान्यास गरिएको छ । उक्त अस्पतालको शिलान्यास फरक ढंगबाट गरिएको छ । शारीरिक तथा मानिसकरुपमा समेत अपाङ्गता भएकी ८ वर्षीया आशा न्यौपानेले शनिबार ‘रास्कोट सामुदायिक अस्पताल’को शिलान्यास गरेकी […]

तरकारीको भाउ गत वर्षको तुलनामा ३४४ प्रतिशतसम्म महँगो

काठमाडौँ, १० माघ। असारदेखि लगातार आकाशिएको तरकारीको भाउ अहिलेसम्म सस्तो हुन सकेको छैन । यो अहिले केही सस्तो भए पनि गत वर्ष अवधिको तुलनामा ३४४ प्रतिशतसम्म महँगो भएको छ । दैनिक उपभोग्य वस्तु तरकारीको भाउ गत वर्षको यस अवधिको तुलनामा तीन सय प्रतिशतभन्दा बढी महँगो भएको छ कालीमाटी फलफूल तथा तरकारी विकास बजार समितिका अनुसार […]

उखु मिलको कारोबार रोक्का गर्न राजश्व विभागलाई निर्देशन

काठमाडौं, ९ माघ । उखु किसानको रकम भुक्तानी नदिने उद्यमीप्रति सरकार कडा रुपमा प्रस्तुत भएको छ । लामो समयदेखि किसानको भुक्तानी नदिएका उद्यमीलाई पक्राउ गर्नेदेखि आर्थिक कारोबार रोक्कासम्मको कदम चालिएको सरकारले जनाएको छ । सरकारले उखु किसानको रकम भुक्तानी नगर्ने तीन उखु मिलको आर्थिक कारोबार रोक्का गर्न आन्तरिक राजश्व विभागलाई निर्देशन दिएको छ । उखु […]

भ्रष्टाचारको सूचीमा नेपालको स्थान सुधार, भ्रष्टाचार कम हुने देशमा डेनमार्क

काठमाडौं, ९ माघ । नेपालले भ्रष्टाचार गर्ने देशको सूचीमा आफ्नो स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१९’ मा नेपालले तीन स्थानमाथि गई सुधार गरेको देखिएको हो । नेपाल विश्वका १८० देश रहेको सूचीमा कूल १०० अङ्कमध्ये ३४ अङ्क प्राप्त गरेको ११३औँ स्थानमा परेको हो । सन् २०१८ मा […]

एनसेलले ल्यायो नेपाल घुम्न आउने पर्यटकका लागि टुरिष्ट सिम

काठमाडौं, ८ माघ । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना’टुरिष्ट सिम’मार्फत कम्पनीका विषेश सेवाहरुबाट फाइदा लिन सक्नेछन् । एनसेल प्रालिले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ल्याएको योे योजना बुधबार (माघ ८) बाट संचालनमा आएको छ । यस योजनाअन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल […]