फेरि घट्यो सुनको मूल्य

काठमाडौं, १८ फागुन । नेपाली बजारमा सुनको मूल्यले दिनहुँ जसो नयाँ रेकर्ड बनाइरहेको छ । आज आईतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य १२ सय रुपैयाँले घटेको छ ।

शुक्रबार तोलामा ७९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १२ सय रुपैयाँ घटेर तोलामा ७८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ७७ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ८६० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी तोलामा ८०० रुपैयाँमा कारोबार भएको थियो ।

Loading...