सुनको मूल्यले बनायो नयाँ इतिहास

काठमाडौं, २२ फागुन । नेपाली बजारमा सुनको मूल्यले दिनहुँ जसो नयाँ रेकर्ड बनाइरहेको छ केही महिनादेखि आकाशिँदै आएको सुनको मूल्य विहिबार फेरि नयाँ कीर्तिमान बनाएको छ । तोलामा दुई सय रुपैयाँ बढेर सुनको भाउ नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको हो।

सुनको भाउ बिहीबार तोलाको ८० हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन ८० हजार चार सयमा कारोबारमा भइरहेको छ।

बुधबार एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ८० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको भाउ भने घटबढ भएको छैन चाँदी बिहीबार पनि तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

Loading...