व्यापारीहरुले गोदाममै माक्स लुकाएकाले मेडिकलमा अभाव

काठमाडौं २२ फागुन । कोरोना संक्रमण विश्व भरि फैलिए संगै विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस (कोभिन १९) उच्च जोखिमयुक्त मुलुकको रुपमा राखिसकेको छ । नेपाल सरकारले यसबाट बच्‍नका लागि आवश्यक आधारभूत तयारी गरेको छ । भीडभाड र महोत्सवजस्ता कार्यक्रम नगर्न आह्वान गरिसकेको छ।

नेपाली नागरिकलाई कोरोना भाइरसबाट सुरक्षित रहने भरपर्दो उपाय सर्जिकल माक्स लागेको छ। नेपाली बजारमा पर्याप्त मात्रामा माक्स पाइन्न। सामान्यतयास् सर्जिकल माक्स औषधी पसलमा पाइन्छ। तर, हिजोआज काठमाडौंका अधिकांश औषधी पसलमा सर्जिकल माक्स पाइन छोडेको छ।

संकटका बेला कृतिम अभाव खडा गरी कालाबजारी गर्न पल्केका व्यापारीहरुले गोदाममै सामान लुकाएकाले मेडिकलमा मास्क अभाव हुन थालेको सञ्चालकहरु बताउँछन्‌। काठमाडौंका अधिकांश मेडिकलमा सर्जिकल माक्स पाउन छोडेको बताउछन । लिम्बुले भनिन, आफैं मेडिकलमा काम गर्ने भएकोले माक्स लगाएर हिँडेको छु, काठमाडौको अधिकांश मेडिकलमा सहजै सर्जिकल माक्स पाउन छोडिएको छ।

राज्यले बजारलाई नियन्त्रण नगर्ने हो भने लामो समयसम्म सर्जिकल माक्स को अभाव हुने उनले धारणा राखिन्। माक्सले मात्र (कोभिड १९) को सुरक्षा नगर्ने उनले बताइन्। राज्यले बजार अनुगमन गर्न नसक्दा माक्सको अभाव भइरहेको उनको भनाई छ।

Loading...