एप्पललाई फोन स्लो पार्दा ५० करोड डलर जरिवाना

काठमाडौं, २३ फागुन । एप्पलले पुरानो आइफोन स्लो बनाएको मुद्धामा ५० करोड अमेरिकी डलर तिर्न सहमती जनाएको छ । एप्पलले तिर्ने जरिवाना अदालतबाट स्विकृत हुन बाँकी छ । एप्पलले फोन स्लो भएको उजुरीकर्ताहरुको बाँड्ने गरी यस्तो सहमती जनाएको हो ।

एप्पलले पुराना आइफोनलार्य ब्याट्रीमार्फत् स्लो बनाउने गरेको खुलासा भएपछि अमेरिकी अदालतमा मुद्धा परेको थियो । सन् २०१७ को डिसेम्बरमा एप्पल स्वयम्ले यो आरोप स्विकारेको थियो ।

एप्पलले पुरानो आइफोन एक्कासी बन्द हुने समस्या नहोस् भनेर स्लो बनाउने गरेको खुलाइएको थियो । एप्पलले गलत मनसायले नभई प्रयोगकर्ताको हितका लागि यस्तो गरेको दाबी गरे पनि पुरानो आईफोन प्रयोगकर्तालाई नयाँ किन्नका लागि दबाब दिन यस्तो गरेको आरोप लाग्दै आएको छ ।

Loading...