लाख नजिक पुगेको सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको?

काठमाडौँ, १३ फागुन,। सुनको भाउ बुधबार तोलामा पाँच सय रुपैयाँले घटेको छ । सुन तोलाको ७९ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । उच्च भाउमा कारोबार भैरहेको सुनको मूल्य २ दिनदेखि यता ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार बुधबार सुनको मूल्य ५ सयले घटेको हो ।

मंगलबार छापावाला सुन ८० हजार रुपैयाँमा कारोबार भएकोमा आज बुधबार ५ सयले घटेर तोलामा ७९ हजार ५ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनपनि घटेर तोलाको ७९ हजार २ सय पुगेको छ ।

बजारमा सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार स्थिर रहेर ९ सय २५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैँयाले घटेर ९ सय ५ रुपैँयामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Loading...