घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ, ६ फागुन । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मुल्य प्रतिलिटर २ रुपैयाँका दरले घटेको जानकारी दिएको छ ।

घटेको मुल्यसूची अनुसार अब काठमाडौ उपत्यकामा पेट्रोलको मुल्य प्रतिलिटर १०८ रुपैयाँ पर्नेछ । यसअघि प्रतिलिटर ११० रुपैयाँ थियो । त्यस्तै डिजल र मट्टीतेलको मुल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।

यसअघि डिजल र मट्टीतेलको मुल्य प्रतिलिटर ९९ रुपैयाँ थियो । स्वचालित मुल्य प्रणालीअनुसार प्रत्येक १५ दिनमा मुल्य समायोजन गर्ने गरिएको नेपाल आयल निगमले जनाएको छ ।

Loading...