एप्पललाई फोन स्लो पार्दा ५० करोड डलर जरिवाना

काठमाडौं, २३ फागुन । एप्पलले पुरानो आइफोन स्लो बनाएको मुद्धामा ५० करोड अमेरिकी डलर तिर्न सहमती जनाएको छ । एप्पलले तिर्ने जरिवाना अदालतबाट स्विकृत हुन बाँकी छ । एप्पलले फोन स्लो भएको उजुरीकर्ताहरुको बाँड्ने गरी यस्तो सहमती जनाएको हो । एप्पलले पुराना आइफोनलार्य ब्याट्रीमार्फत् स्लो बनाउने गरेको खुलासा भएपछि अमेरिकी अदालतमा मुद्धा परेको थियो । […]

विनोद चौधरीले ‘ग्लोबल विजनेश समिट’ सम्बोधन गर्ने, नरेन्द्र मोदीसँग पनि भेट

काठमाडौँ, २३ फागुन । चौधरी ग्रुपका अध्यक्षले शुक्रबार इकोनोमिक टाईम्सद्वारा आयोजित ‘ग्लोबल विजनेश समिट’ लाई सम्बोधन गर्ने भएका छन्। विश्वकै प्रतिष्ठित कार्यक्रममध्येको एक उक्त समिट शुक्रबार र शनिबार नयाँ दिल्लीमा आयोजना हुँदैछ । समिटको समुद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने कार्यक्रम रहेको छ। इकोनोमिक टाईम्सका अनुसार उक्त कार्यक्रममा मोदी सरकारका सात जना वरिष्ठ मन्त्रीहरूले सम्बोधन […]

सुनको मूल्यले बनायो नयाँ इतिहास

काठमाडौं, २२ फागुन । नेपाली बजारमा सुनको मूल्यले दिनहुँ जसो नयाँ रेकर्ड बनाइरहेको छ केही महिनादेखि आकाशिँदै आएको सुनको मूल्य विहिबार फेरि नयाँ कीर्तिमान बनाएको छ । तोलामा दुई सय रुपैयाँ बढेर सुनको भाउ नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको हो। सुनको भाउ बिहीबार तोलाको ८० हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको […]

सेयर बजारमा फेरि भीषण पहिरो

काठमाण्डौ, २१ फागुन । सेयर बजारमा फेरि भीषण पहिरो गएको छ । अर्थात नेप्सेमा लगातार गिरावट आएको छ । जानकारहरुका अनुसार अर्थमन्त्रीमा फेरी युवराज खतिवडानै नियुक्त हुँदा यस्तो अप्ठेरोे स्थिीती आएको हो । कतिपयले भने अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडा नै निरन्तर हुनु, कोरोना भाइरसले अर्थतन्त्र थिलथिलो हुँदा त्यसको नकारात्मक असर पर्नु जस्ता कारणले बजारमा […]

कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मी प्रपन्न निरौला नियुक्त

काठमाण्डौँ, १ फागुन । कृषि विकास बैंकको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । अर्थमन्त्री स्तरीय निर्णयबाट बुधबार बिहान उनी सञ्चालक नियुक्त भएका हुन् । उनलाई राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिबी नेपालले पद तथा गोपनियताको सपथ गराएका छन् । अवकाश हुनुअघि उनी राष्ट्र बैंकको मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक […]

सुनको मूल्य अहिलेसम्म कै उच्च

काठमाडौं, २१ फागुन । नेपाली बजारमा सुनको मूल्यले दिनहुँ जसो नयाँ रेकर्ड बनाइरहेको छ केही महिनादेखि अकाशिँदै आएको सुनको मूल्य बुधबार एकैदिन प्रतितोला २२ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावालको मूल्य सुन बुधबार ८० हजार ५०० रुपैयाँ पुगेको हो। यो अहिलेसम्म […]

६ प्रतिशतले ओरालो लागेपछि शेयर कारोवार बन्द

काठमाडौं, १९ फागुन । नेपाल स्टक एक्सचेन्जले आजका लागि शेयर कारोवार स्थगित गरेको छ । कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि आजको कारोवार बन्द गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए। नेप्सेका अनुसार सोमबार दिउँसो १ बजेर २९ मिनेटदेखि कारोवार स्थगित गरिएको हो। बिहान ११ बजे खुलेको बजार निरन्तर ओरालो लाग्दै १ बजेर […]

फेरि घट्यो सुनको मूल्य

काठमाडौं, १८ फागुन । नेपाली बजारमा सुनको मूल्यले दिनहुँ जसो नयाँ रेकर्ड बनाइरहेको छ । आज आईतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य १२ सय रुपैयाँले घटेको छ । शुक्रबार तोलामा ७९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १२ सय रुपैयाँ घटेर तोलामा ७८ हजार रुपैयाँमा कारोबार भएको […]

जन्मदर्ता प्रमाणित सिफारिस गरिदिएबापत २० हजार रुपैयाँ घुस लिदालिदै वडासचिव पक्राउ

धनुषा, १६ फागुन । जिल्लाको धनौजी गाउँपालिकामा कार्यरत वडासचिव घुससहित पक्राउ परेका छन् । धनौजी गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयमा कार्यरत वडासचिव (खरिदार) सुशील ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । जन्मदर्ता प्रमाणित सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको […]

पेट्रोलियम पदार्थमा कर बढाउँदै सरकार, ४१ अर्ब बारे निकाय बेखबर

काठमाडौं, १६ फागुन । सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा पूर्वाधार करबापत संकलित ४१ अर्ब रुपैयाँको खर्चबारे सम्बन्धित निकाय नै बेखबर छ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि पेट्रोल र डिजेलमा पाँच रुपैयाँ पूर्वाधार विकास कर लिन थालेको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३ र ७४ को बजेटमा पूर्वाधार विकास कर दिने […]