घाटामै तरकारी ब्यापार

   

           काठमाडौँ ।    लकडाउनका कारण दैनिक अत्यावसिकीय बस्तुको आयातमा कमि छैन । होटल ,पार्टी प्यालेस र दैनिक ज्यालादारी मजदुर , विदेशबात उपत्यकामा कामको सिलशिलामा बस्दै आएका बिदेशी नागरिक उपत्यका बात बाहिरियेपछी उपत्यकामा भित्रिएका तरकारी जन्य बस्तुको बजारमा ह्रास आएका कारण ब्यापारीहरु घाटको मारमा परेको छ ।
भृकुती मण्डप स्थित टुकुचा तरकारी बाजारमा ब्यबसाय गर्दै आएका भक्त लाल श्रेष्ठ भन्नु हुन्छ -“ बिहानै २ बज्दा नबज्दै किसानले गाडीमा तरकारी यही ल्याई पुर्याउछ । मोलमोलाई गरि झारेको तरकारी थोक मुल्यमा साना व्यापारीलाई हतारिदै दिन्छौ । प्रत्यक दिन नाफा कमाउने उदेश्यमा खतिन्छु तर घडीमा ९ बज्दा नबज्दै बजार बन्द हुने हुदा बचेका तरकारी खेरजाने हुन्छ । धेरै खपत हुने होटल ,पार्टी प्यालेस बन्द छ भएका यहाका मानिसले कति खान्छन् ? लकडाउन पछि प्राय घाटा नै धेरै हुने गर्छ । आज पनि बिहानै नगद ७० प्रति किलोमा किनेको भिंडी बिहान ८ नागेपछी ३० मानि बिक्न गार्हो छ । जुनसुकै तरकारी किलोको ३० मा बेच्दा बल्ल तल्ल सकिन्छ ।

Loading...