घर भाडा लिन पाउने नपाउने आपसी सहमतिको कुरा हो

घरभाडा लिन नपाउने भन्ने निर्णय गरे यसलाई अब्यबहारिक मानिने

काठमाडौँ    /    काठमाडौँ महानगर पालिकाका उप-प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नेपाल सरकार बार घरभाडा नलिने सम्बन्ध।मा कुनै परिपत्र स्थानीय सरकारमा नआएको बताउनु भयो । उप-प्रमुख खड्गीले लकडाउन अवधिमा सरकारले घरभाडा लिन नपाउने भन्ने निर्णय गरे यसलाई अब्यबहारिक मानिने बताउनु भयो । सोमबार काठमाडौँ महानगर पालिका १७ वडा नेवा:ग्वाली पुच:का प्रतिनिधिहरुले राखेका यस बिषयमा राखेका जिज्ञासामा उहाले भन्नु भयो – “ काठमाडौँ महानगर पालिका यस्तो नगर हो जहा ७७ रेै वटा जिल्लाका नागरिकहरु बस्ने ठाउँ हो काठमाडौँ महानगर भित्र साना घर हुनेले त्यसै घरभादाले जिविको पार्जन चलाई राखेका पनि छन् , लेखाजोखा त्यसरी पनि गर्नुपर्छ । ०७२ सालको भुइचालोले भत्केका घर बैंकमा ऋण लिएर कत्तिले घर बनाएका छन् त्यसको लागि के गर्ने त ?ब्याज मिनाहा गरि दिने हो की सरकारले ? तिसबैमा बिचार्र पुर्याएर मात्र हामि अगाडी बद्न सक्छौ । सरकारले धेरै छल फल गरेर मात्रै अगाडी बढ्नु पर्छ नभए काठमाडौँ वासीलाई निकै मार पर्न जान्छ ।
हालको यो परिस्थितिमा घरधनी र भाडामा बस्नेले बिवेद पुर्याई आपसी सहमतिमा जानु पर्छ , कुनै जागिर गरेर बसेको छ भने तलबत आएकै हुन्छ । तर ब्यापार ब्यबसाय गर्न भाडामा बसेको छ भने यो अवस्था लाइ ध्यानमा राखेर दुवै पक्षय बीच बितारै लिने या नलिने सहमतिको कुरा हो । 

Loading...