काठमाडौँ । काठमाडौँ महानगर पालिका १५ स्यम्भु स्थित भुइँख्य:मा दैनिक ५ सय भन्दा धेरैलाइ खान खुवाइएको छ । भुइँख्य:टोल सुधार समितिले स्थानीय वडा कार्यालय र दाताहरु बात प्राप्त चामल , दाल लगाएत सामाग्रीको ब्यबस्थापन गरि प्रत्यक दिन बिहान ११ देखि १ बजेसम्म खाना खुवाउने गर्दै आएका छन् ।
समीतीले लकडाउन भएको लगत्तै लक्षित बिपन्न बर्गलाई राहत सामग्री उपलव्ध गराएका थिए । खाध्य राहत सामग्री भन्दा दैनिक खाना व्यबस्था गर्दा धेरैलाई समेतन पाइने कारण दैनिक खाना खुवाउने योजना अगाडी बधाइएको समितिका अध्यक्ष किरण शाहीले बताए ।
उहाका अनुशार दैनिक खाना खानका लागि टाढा टाढा बाट समेत दिनहु आउने क्रम बादी गएकोले यो संख्या थपिने बताए । सो क्षेत्रमा रहेका दाताहरुको उत्साहा पनि यसै गरि दिनानुदिन थपिने गरेको अध्यक्ष शाहीले बताएका छन् ।
समितिले सो क्षेत्रमा रहेको मस्जितमा दैनिक १५० जनालाई खाना पुर्याई दिने गरेका छन् । चौरको प्रवेस द्वारमा निर्माण गरिएको दिसइन्फेक्सन टनेल बात भएर जो कोहीले सेनित्राइज स्प्रे गरि मात्रै प्रवेश गर्न पाउने र सामाजिक दुरी कायेम गरि साबुन पानीले हात धुने ब्यबस्था मिलाइएको छ