घर भाडा लिन पाउने नपाउने आपसी सहमतिको कुरा हो

घरभाडा लिन नपाउने भन्ने निर्णय गरे यसलाई अब्यबहारिक मानिने

       काठमाडौँ काठमाडौँ   /  काठमाडौँ महानगर पालिकाका उप-प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नेपाल सरकार बाट घरभाडा नलिने सम्बन्धमा कुनै परिपत्र स्थानीय सरकारमा नआएको बताउनु भयो । उप-प्रमुख खड्गीले लकडाउन अवधिमा सरकारले घरभाडा लिन नपाउने भन्ने निर्णय गरे यसलाई अब्यबहारिक मानिने बताउनु भयो । सोमबार काठमाडौँ महानगर पालिका १७ वडा नेवा:ग्वाली पुच:का प्रतिनिधिहरुले यस बिषयमा राखेका जिज्ञासामा उहाले भन्नु भयो –  “ काठमाडौँ महानगर पालिका यस्तो नगर हो जहा ७७ रेै वटा जिल्लाका नागरिकहरु बस्ने ठाउँ हो काठमाडौँ महानगर भित्र साना घर हुनेले त्यसै घर भाडा ले जिविको पार्जन चलाई राखेका पनि छन् , लेखाजोखा त्यसरी पनि गर्नुपर्छ । ०७२ सालको भुइचालोले भत्केका घर बैंकमा ऋण लिएर कत्तिले घर बनाएका छन् त्यसको लागि के गर्ने त ?ब्याज मिनाहा गरि दिने हो की सरकारले ? तिसबैमा बिचार्र पुर्याएर मात्र हामि अगाडी बद्न सक्छौ । सरकारले धेरै छल फल गरेर मात्रै अगाडी बढ्नु पर्छ नभए काठमाडौँ वासीलाई निकै मार पर्न जान्छ ।
हालको यो परिस्थितिमा घरधनी र भाडामा बस्नेले बिबेक पुर्याई आपसी सहमतिमा जानु पर्छ , कुनै जागिर गरेर बसेको छ भने तलबत आएकै हुन्छ । तर ब्यापार ब्यबसाय गर्न भाडामा बसेको छ भने यो अवस्था लाइ ध्यानमा राखेर दुवै पक्षय बीच बितारै लिने या नलिने सहमतिको कुरा हो ।  

Loading...