इलाम, १४ भदौ । नेपालबाट निर्यात हुने कृषिजन्य वस्तु घटेको देखिएको छ । नेपालबाट भारतसहित तेस्रो मुलुक निर्यात हुने मुख्य गरी अलैँची, अदुवा र चियाको परिमाण घटेको एक तथ्याङ्कले देखाएको छ । व्यापार तथा निकासी प्रवद्र्धन बोर्डका अनुसार नेपालबाट सबैभन्दा बढी विदेश निर्यात हुने अदुवाको परिमाण ह्वात्तै घटेको देखिएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा […]
अर्थ/वाणिज्य
यसरी बढाइदैछ विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन
काठमाडौँ, १४ भदौ । सरकारले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने र विद्युत् खपत बढाउने लक्ष्यका साथ युद्धस्तरमा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । त्यसका लागि केही नीतिगत व्यवस्थासमेत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव प्रविण अर्यालको संयोजकत्वमा गठित कार्यदलले यही भदौ ११ गते मन्त्री वर्षमान पुनलाई प्रतिवेदन बुझाइसकेको छ । सरकारले […]
पूर्वराजा ज्ञानेन्द्रदेखि भवानी राणाको होटलमा समेत अनुमतिबिना सिसी क्यामरा जडान
बाँके, १४ भदौं । नेपालगञ्जलगायतका क्षेत्रमा ३०० बढी स्थानमा सिसी क्यामरा जडान भएका छन् । अधिकांश सिसी क्यामरा जिल्ला प्रशासन कार्यालयको अनुमतिबिनै जडान भइरहेका पाइएको छ । सरकारी, गैरसरकारी र निजी संस्था तथा निवासमा जडान गरिएका यस्ता सिसी क्यामराको जिल्ला प्रशासनसँग एकिन विवरण नै छैन । नेपालगञ्जको सुर्खेतरोडमा मात्रै ५६ वटा सिसी टिभी क्यामरा जडान […]
कोलकाता बन्दरगाहमा नेपालको गोदाम
काठमाडौँ, १३ भदौ । भारतको कोलकातास्थित बन्दरगाहसँगै नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको ‘कन्टेनर फ्रेट स्टेशन’ (सीएफएस) सञ्चालन भएको छ । सीएफएस सञ्चालनसँगै कोलकाता बन्दरगाहमा कन्टेनर राखेबापत लाग्ने भाडा र जरिवानको खर्च घट्नेछ भने पारवहन सहजीकरणमा सहयोग हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपाल ल्याइने मालसामान सीएफएसबाटै कन्टेनरमा राखेर गन्तव्यतर्फ पठाउन सहज […]
विदेशबाट फर्केर सामूहिक तरकारी खेती
गलकोट, १३ भदौ । सत्र वर्ष साउदी अरबमा कृषि क्षेत्रमा काम गरेर स्वदेश फर्केका बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ गिरौदीका जीतबहादुर रानामगर विदेश बसाइँबाट सन्तुष्ट भएनन् । त्यहाँ बस्दा कृषिको अनुभव सङ्गालेका उनी विगत आठ वर्षदेखि वृहतरूपमा तरकारी खेती गर्दै आएका छन् । अहिले गलकोट तथा वडिगाड क्षेत्रको सफल तरकारी किसानको रुपमा परिचय बनाएका कृषक रानामगरलाई […]
राजस्व छली गर्नेलाई सरकारले छाड्दैनः अर्थमन्त्री खतिवडा
काठमाडौँ, १३ भदौ । सरकारले राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने स्पष्ट पारेको छ । नेपाल चेम्बर अफ कमर्शले आज यहाँ आयोजना गरेको ‘नेपालको अर्थतन्त्रका विद्यमान अवसर तथा चुनौती’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले जुनसकै वहाना बनाएर राजस्व छली गरेको भए पनि सरकारले कारबाही गरेरै छाड्ने बताए । […]
सुनको मूल्यमा गिरावट
काठमाडौँ, १३ भदौ । पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज गिरावट देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला रु एक हजारले घटेको छ । छापावाला सुनको मूल्य ७२ हजार ४०० कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ४०० मा […]
पोल्ट्री महासङ्घद्वारा प्रयोगशाला सञ्चालन
चितवन, १३ भदौ । नेपाल पोल्ट्री महासङ्घले नारायणगढमा कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याएको छ । तयारी दाना र दानाको कच्चा पदार्थमा रहेको ढुसीको मात्रा परीक्षणका लागि प्रयोगशाला सञ्चालन गरिएको हो । महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार मुख्यरूपमा दाना बनाउने कच्चा पदार्थ र बनिसकेको दानामा ढुसीको मात्रा प्रयोगशालामा परीक्षण गरिन्छ । दाना बनाउन प्रयोग […]
रोजिन निर्यात घट्यो, व्यवसायी संकटमा
बाँके, १३ भदौ । रोजिन र टर्पेन्टाईन तेलको बजार भाउ घट्दै गएपछि यहाँ सञ्चालित रोजिन र टर्पेन्टाइन उद्योग सङ्कटमा परेका छन् । बजार भाउ घट्न थालेपछि र लागत खर्च बढ्न थालेपछि यहाँका आधा दर्जन उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । लागत बढ्न थालेपछि उद्योगमा ताला लगाउनुपर्ने अवस्था आएको सञ्चालक बताउँछन् । खर्च धान्नै मुस्किल […]
चार खानीलाई उत्खननको अनुमति
काठमाडौँ, १३ भदौ । खानी तथा भूगर्भ विभागले चार खानीलाई उत्खननका लागि अनुमति दिएको छ । विभागले चालू आर्थिक वर्षको डेढ महीनामा स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुङ्गा, बालकुमारी प्रालिलाई क्वार्जजाइट, पाल्पा कोल प्रालिलाई पत्थर तथा कोइला र गुँरास स्टोन उद्योग प्रालिलाई क्वार्जजाइट उत्खननका लागि अनुमति दिएको हो । विभागका खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद […]