काठमाडौं, १९ बैसाख । कर्मचारीले अनावश्यक रूपमा विदेश भ्रमण गरी राज्यकोष दोहन गरेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५ जारी गरेको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा विदेश भ्रमणका नाममा कर्मचारीले करिब दुई अर्ब १५ करोड रुपैयाँ राज्यकोषबाट रित्याएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका ल्याएको हो । […]
अर्थ/वाणिज्य
साँफेबगर विमानस्थलको पुनर्निर्माण अन्तिम चरणमा
अछाम, १४ बैसाख । २०५८ सालबाट बन्द रहेको साँफेबगर विमानस्थलको धावन मार्ग कालोपत्रे गर्न थालिएको छ । त्यसयता विमानस्थल केही समय सञ्चालन भए पनि ०६२ देखिदेखि भने पूर्ण रूपमा बन्द गरिएको थियो । अवरुद्ध साँफेबगर विमानस्थल सञ्चालनका लागि सरकारले ११ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । चैत ९ गतेसम्ममा काम सकाइसक्नुपर्ने भएपनि […]
सांसदहरूले व्यापार-व्यावसाय गर्न नपाउने
काठमाडौं, १४ बैसाख । सांसदहरूले पदभार ग्रहण गरे पछि कुनै व्यापार,व्यावसाय गर्न नपाउने, तलब पाउने गरी अन्यत्र व्यावसायीक काम गर्न नपाउने,छोरा श्रीमतीले लिएको उपहार समेत सार्वजनिक गर्नुपर्ने जस्ता नीति बनाउदै सरकारले राष्ट्रिय सदाचार नीति ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयले सदाचार नीतिको मस्यौदा तयार गरेको छ। सो मस्यौदामाथि प्रधानमन्त्रीको कार्यलयले एक दुई दिनमै […]
स्थानीय जनप्रतिनिधिको हजारौं-हजार तलव सुविधा तोकियो, कसको मासिक तलब कति ? सूचीसहित)
जनकपुरधाम, १२ वैशाख । प्रदेश २ का स्थानीय जनप्रतिनिधिको तलव सुविधा तोकिएको छ । अब जनप्रतिनिधिहरुले हजारौं-हजारका दरले मासिक तलब पाउने भएका छन् । प्रदेश सरकारले स्थानीय तहका पदाधिकारीहरुको तलव सुविधासम्वन्धी विधेयक प्रदेशसभामा दर्ता गरेको छ । प्रस्तावअनुसार गाउँपालिका अध्यक्षले मासिक ३१ हजार ५०० तलब पाउनेछन् भने १५ सय सञ्चार खर्च दिइनेछ । उपाध्यक्षलाई मासिक […]
कोषको पैसा निकाल्ने यातायात व्यवसायीलाई मुद्दा
काठमाडौं, ९ बैसाख । सार्वजनिक यातायातको सिन्डिकेट हटाउने निर्णय गरेसँगै यातायात व्यवसायी समिति र संघले कोषमा रहेको पैसा धमाधम निकाल्न थालेका छन्। लामो समयदेखि सिन्डिकेटको आडमा राजमार्ग कब्जा गर्दै आएका दुई यातायात समितिले कोषबाट करोडौं पैसा निकालेको जानकारी उच्च स्रोतले दिएको भन्दै आजको अन्नपूर्ण पोष्टले अगाडि लेखेको छ- स्रोतका अनुसार काठमाडौंदेखि पूर्व दोलखासम्मको रुटमा सिन्डिकेट […]
नेपालमा रेल ल्याउन चीन सहमत
काठमाडौं । नेपाल र चीन महत्वकांक्षी परियोजना वान बेल्ट वान रोड (ओबर) मार्फत क्रस–हिमालय कनेक्भिभिटी नेकवर्क अघि बढाउन सहमत भएका छन् । चीनले यसमा सहभागी हुने अर्को छिमेकी भारतलाई पनि आहृवान गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ समकक्षी वाङ यीसँग बेइजिङमा भएको वार्तामा ओबरमा पर्ने परियोजनाको सूची सार्वजनिक गर्ने सहमति पनि भएको छ । […]
सिन्डिकेट सरकारकै बढी, ट्याक्सी दर्ता गर्न सरकारी सिन्डिकेट तोडिएन
काठमाडाै । यातायात व्यवसायीले सिन्डिकेट गरी उपभोक्ताले सास्ती पाएको निष्कर्षसहित सरकारले त्यसविरुद्ध कडा कदम चालेको छ । तर, सहरी यातायातको महत्वपूर्ण साधन ट्याक्सीमा भने सरकार आफैले सिन्डिकेट गर्दै आएको छ । सिन्डिकेट अन्त्यका लागि अन्य सार्वजनिक यातायातको रुट पर्मिट सबैलाई सहजै उपलब्ध गराउने घोषणा गरेको सरकारले साविकको बागमती अञ्चलमा चाहनेलाई ट्याक्सी दर्ता गर्न नदिई सिन्डिकेट […]
म्यादी प्रहरीका नाममा ५ करोड झ्वाम
काठमाडौं, १ बैसाख । स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि भर्ना भएका म्यादी प्रहरीको नाममा अनियमितता भएको खुलेको छ। महालेखापरीक्षकको कार्यालयले सुर्खेतमा भएको म्यादी भर्नामा ठूलो अनियमितता भएको भन्दै छानविन गर्न सुझाव दिएको छ। बिहीबार राष्ट्रपतिलाई बुझाएको महालेखाको ५५ औं वार्षिक प्रतिवेदनमा सुर्खेतमा कति म्यादी प्रहरी भर्ना भएका थिए भन्ने एकिन विवरण प्रहरी प्रधान कार्यालयले दिन नसकेको […]
योक्काइची शहरमा पनि ओभरसिज रेमिटको शाखा बिस्तार
जापानभरी आफ्नो संजाल बिस्तार गर्ने क्रममा ओभरसिज रेमिटले मिए केनको योक्काईची शहरमा पनि आफ्नो शाखा विस्तार गरेको छ। जापानका बिभिन्न ठाउमा बसोबास गर्ने नेपालीहरूमाझ आफ्नो सेवाको पहुँच पुगोस् भन्ने उद्धेश्यले ओभरसिज रेमिटले सेवा विस्तारलाई महत्व दिएको हो ।ओभरसिज रेमिटको योक्काईची शाखाको नेतृत्व जापानका सफल तथा पुराना व्यवसायी बिष्णु प्रसाद घिमिरेले गर्ने भएका छन्। स्थापनाको छोटो […]
राष्ट्र बैंकसँग २२ करोड सिक्का मौज्दात
काठमाडौं, २१ चैत । नेपाल राष्ट्र बैंकसँग करिब २२ करोड सिक्का मौज्दात रहेको छ । राष्ट्र बैंक टक्सार विभागका अनुसार एक र दुई रुपैयाँका गरी कुल २१ करोड ३८ लाख ८५ हजार रुपैयाँ सिक्का मौज्दात रहेको छ । अहिले विभागसँग १८ करोडभन्दा बढी सिक्का मौज्दात छ । राष्ट्र बैंक विराटनगर शाखासँग ७४ करोड रुपैयाँभन्दा बढी, […]









