वाणिज्य बैंकका सिइयाे अब राष्ट्र बैंकले नियुक्त गर्ने, बैंकमा राजनीतिक भर्तीकेन्द्र बढाउने षड्यन्त्र

nepal-rastra-bank

काठमाडौं, २७ मंसिर । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतकाे नियुक्तिमा राष्ट्र बैंकले सिधा हस्तक्षेप गर्ने तयारी गरेकाे छ । राष्ट्र बैंककाे उच्च स्राेतका अनुसार त्यसका लागि राष्ट्र बैंकले नीति बनाइरहेकाे छ । अहिले बनिरहेकाे नीतिमा अब सबै बैंकका सीइयाे राष्ट्र बैंकले गर्ने उल्लेख गरिएकाे छ । बैंक सञ्चालक समितिले आफ्नो स्वार्थअनुसार काम गर्ने […]

नेपालमा ‘यूनियन पे’ इन्टरनेशन लञ्च, अब १७१ देशमा चल्ने यूनियन पे कार्ड दिइने

काठमाडौं । क्यू पे प्राइभेट लिमिटेड (क्यूपे)ले नेपालमा युनियन पेको पेमेन्ट प्रडक्ट लञ्च गर्न लागेको छ । युनियन पे इन्टरनेशनल (यूपीआई)सँगको सहकार्यले क्यूपे र युनियन पे क्यूआर कोड नेटवर्कभित्र सहजै कारोबार गर्न मिल्ने जनाइएको छ । भुक्तानी सेवालाई विद्युतीयकरण गर्ने नेपाल राष्ट्र बैङ्कले गर्दै आएको पहल अनुसार प्रडक्ट लञ्च गरेको कम्पनीले जनाएको छ । क्युपेले […]

चर्को जाडोमा सिस्नो खोसाखोस गर्ने अनौठो मेला बाग्लुङमा सुरु

बलेवा, २६ मङ्सिर । बागलुङको ताराखोलाका मगर समुदायले मनाउने सिस्नो खोस्ने मेला सोमबार रातिदेखि शुरु भएको छ । ताराखोलाका मगर समुदायको कुलपूजाको अवसर पारेर यो मेलालाई पर्वको रुपमा मनाउने चलन छ । छोएपनि पोल्ने सिस्नोको भारी बोकेर हिँड्ने र युवायुवतीले खोसाखोस गरेर यो पर्व मनाउने गरिन्छ । सोमबार राति कुलपूजाका लागि बलि दिन तयार पारिएको […]

काठमाडौंमा नक्कली सुनको बिगबिगी, ६६ लाखमा दुर्इ केजी नक्कली सुन बेच्न लागेका २ पक्राउ

काठमाडौँ । राजधानीमा नक्कली सुनकाे बिगबिगी बढ्न थालेकाे छ । सक्कली सुन भन्दै सस्ताे दरमा नक्कली सुन बेच्ने गिराेह नै सक्रिय भएकाे प्रहरीले बताएकाे छ । यसैक्रममा प्रहरीले नक्कली सुन बेच्ने तयारी गरिरहेका दुई जनालार्इ पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सिन्धुपाल्चाेकका दुर्इ युवा रहेका छन् । सिन्धुपाल्चोक घर भएका २३ वर्षीय लालबहादुर लामा र […]

५ सय ७७ करोड राजश्व छलि गर्ने एडिडाससहित ४२ फर्म विरुद्ध मुद्दा

काठमाडौं, २४ मंसिर । चर्चित क्लाेथिङ ब्रान्ड एडिडाससहित ४२ फर्मले ठूलाे मात्रामा राजश्व चुहावट गरेकाे खुलेकाे छ । राजश्व अनुसन्धान विभागले राजस्व चुहावट गर्ने एडिडाससहितका ४२ फर्मविरुद्ध मुद्दा दर्ता गरेको छ। राजश्व चुहावटसम्बन्धी गरेको अनुसन्धानमा ४२ वटा फर्महरु दोषी देखिएपछि उनीहरुविरुद्ध विभागले मुद्दा दर्ता गरेको हो। यस वर्षकाे साउन महिना यता मात्र उनीहरुले ५ अर्ब […]

लगानी वातावरण बनाउनअब व्यापार योजना देखाएर सजिलै ५ करोडसम्म बैंकले ऋण दिने

काठमाडौं, २३ मंसिर । सरकारले लगानीका लागि अवसर र नियमन गर्ने उपायहरु एक साथ सार्वजनिक गरेको छ। आर्थिक वर्ष सुरुसँगै नेपालीलाई लगानीको वातावरण बनाउने उद्देश्यका साथ नीतिगत काम गरे पनि त्यसको कार्यन्वयन अहिले सुरु भएको हो। शुक्रबारदेखि राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएकाे सहुलियत कर्जा योजना अन्तर्गत अब वाणिज्य बैंकहरूले सर्वसाधारणका लागि ५ करोडसम्मको पूँजी उपलब्ध गराउने […]

यस वर्ष १२ प्रतिशतले धान उत्पादनमा बृद्धि

विराटनगर, २४ मंसिर । पूर्व क्षेत्रको प्रदेश नंं १ मा यस वर्ष वर्षे धान १२ लाख ४१ हजार ६३९ मेट्रिक टन उत्पादन भएको कृषि निर्देशनालय कार्यालय विराटनगरले जनाएको छ । गएको वर्षभन्दा यस वर्ष धानको उत्पादन १२ प्रतिशतले बढेको हो भने रोपाइँ ९६.३२ प्रतिशत भएको थियो । यस प्रदेशमा तीन लाख २३ हजार १८८ हेक्टर […]

कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेविरुद्ध २ अर्ब १३ करोड भ्रष्टाचार गरेको मुद्दा

काठमाडौं, २१ मंसिर । कालिका कन्स्ट्रक्सनका मालिक तथा पूर्वमन्त्री विक्रम पाण्डे विरुद्ध २ सय कराेडभन्दा भ्रष्टाचार गरेकाे मुद्दा परेकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित २१ जना विरुद्ध २ अर्ब १३ कराेड रुपैयाँकाे भ्रष्टाचार गरेकाे मुद्दा दायर गरेकाे हाे । राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर […]

बैंकर्स एशोसियसनमा ३ बैंकका सिइओ कार्यसमितिमा थपिए

काठमाडौँ, २१ मङ्सिर । नेपाल बैंकर्स एशाेसियसनको कार्यसमितिमा तीन जना थप निर्वाचित भएका छन् । बिहीबार सम्पन्न ३२ औँ साधारणसभाबाट उनीहरु निर्विराेध निर्वाचित भएका हुन् ।  खाली तीन सदस्यमा तीन जनाको मात्रै उमेदवारी परेकाले साधारणसभाले यसलाई नै अनुमोदन गरेको हो। नयाँ निर्वाचित भएका सदस्यमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत […]

नगरकोटमाथि चारैतिर कर उठाइएकोमा विरोध भइरहेका बेला चार नगरले गरे यस्तो निर्णय

बनेपा, २१ मङ्सिर । पर्यटकीय क्षेत्र नगरकोट जाने विदेशी पर्यटकका लागि दोहोरो कर लिएको भन्दै होटल व्यवसायी र स्थानीय बासिन्दाले कर लिने काम बन्द गर्न आग्रह गर्दै विरोध गरिरहेका बेला सो क्षेत्रको सिमानामा परेका चार नगरपालिकाले बिहीबार चार बुँदे निर्णय गरेका छन् । काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा पर्ने पर्यटकीय क्षेत्र नगरकोटमा जाने विदेशी पर्यटकलाई […]