मोदीलाई महेश बस्नेतको साथ् : कुलमानमाथि अख्तियार लगाउन माग

काठमाडौं, २१ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता महेश बस्नेत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि खनिएका छन । पूर्व उद्योगमन्त्री समेत रहेका बस्नेतले घिसिङ्गलाई अख्तियार लगाएर छानबिन गर्नुपर्ने बताए । मंगलबार बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभा बैठकमा बोल्दै भक्तपुर- २ बाट निर्वाचित सांसद बस्नेतले विद्युत प्राधिकरणले ९ अर्ब बढी […]

वजेटपछि पनि नेप्सेमा छाएन रौनक

काठमाडाैं, २१ जेठ । मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से ३.५६ अंक ले घटेको छ । बजेट आएपछि लगातार ओरालो लागेको नेप्से मंगलबार पनि ऋणात्मक भएको हो । नेप्सेसँगै कारोबार रकममा पनि मन्दी आएको छ । मंगलबार ७१ करोड ५४ लाख बराबरको कारोबार भएको हो । नेप्सेको गिरावटसँगै अन्य सूचकमा पनि नकारात्मक प्रभाव परेको छ । […]

यार्सा खोज्न जानेहरुबाट लिइएको प्रवेश शुल्कबाट उठ्यो ९० लाख

मुगु, २० जेठ । यस वर्ष पनि बहुमूल्य जडिबुटी यार्सागुम्बा खाेज्नका लागि हिमाली जिल्लामा ठूलाे संख्यामा मानिसहरु पुगेका छन् । यार्सा संकलन गर्नका लागि गएकाहरुबाट उठाइएकाे प्रवेश शुल्कबाट मुगु जिल्लामा मात्र करिव ९० लाख राजश्व संकलन भएकाे छ । मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सा संकलनमा जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले ९० […]

सुनको भाउ आज प्रतितोला १५ सयका दरले वृदि

काठमाडौ १७ जेठ । आज सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाले बढेको छ। बिहीबार ५९ हजार ५ सय रुपैयामा कारोवार भएको छापावाला सुनको मुल्य आज बढेर तोलाको ६१ हजार रुपैयाँ पुगेको नेपाल सुनचादी व्यवशायी महासंघले जनाएको छ। तेजावी सुन पनि आज १ हजार ५ सय रुपैयाले नै बढेको छ। हिजो तोलामा ५९ हजार […]

२० प्रतिसत बढ्यो तलव

ओली सरकारले सरकारी कर्मचारीको तलव वृद्धि गरेको छ । बुधवार बजेट बक्तब्य मार्फत उक्त वृद्धि गरिएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले राजपत्र अनंकित् कर्मचारीको तलवमा २० प्रतिशतका दरले र राजपत्रांकित कर्मचारीको हकमा १८ प्रतिशतका दरले तलव वृद्धि गरिएको घोषणा गरे । यो संगै खरिदारको तलव ४ हजार भन्दा बढीले बढेको छ भने शाखा अधिकृतको […]

सांसदलाई छुट्याइयो ६ करोडका दरले ९ अर्ब ९० करोड

काठमाडौं, १५ जेठ । सरकारले संघीय सांसदहरुको लागि ६ करोड छुट्याएको छ । सरकारले सांसदलाई विकास कार्यमा सहभागि गराउने भन्दै गपत रकम विनियोजन गरेको हो । सांसदलाई पैसा बाँडेर विकास नहुने भनेर आलोचना भैरहदा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा सांसदहरुलाई प्रति निर्वाचन क्षेत्र ६ करोड रुपैयाँ छुट्ट्याएको घोषणा गरेका हुन् । अर्थमन्त्री खतिवडाले […]

बढ्यो बृद्ध भत्ता

तत्कालिन मनमोहन सरकारले शुरु गरेको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको भत्तालाई ओली सरकारले बढाईदिएको छ । भत्तामा रु १ हजार वृद्धि भएको हो । बुधबार संयुक्त संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा हाल दिइँदै आएको भत्तामा एक हजार रकम बढाइएको हो । २०५१ सालमा तत्कालिन नेकपा एमाले नेतृत्वको कम्युनिष्ट सरकारका तत्कालिन अर्थमन्त्री स्व.भरतमोहन अधिकारीले […]

यार्सागुम्बा संकलन गर्न डोल्पाका पाटनमा पुगे हजारौ मानिस, प्रवेश शुल्कबाटै उठ्यो २ करोड राजश्व

काठमाडाैँ, १५ जेठ । यस सिजन बहुमुल्य जडिबुटी यार्सागुम्बाकाे संकलन सुरु भएकाे छ । सिजन सुरु भएसँगै डाेल्पासँगै विभिन्न हिमाली जिल्लाका लेकहरुमा मानिसहरु पुगेका छन् । यसैबीच डोल्पाका पाटनमा पनि हजाराै मानिस पुगेका छन् । मंगलबारदेखि यार्सागुम्बा संकलनका लागि खुला गरिएपछि डाेल्पा र छिमेकी जिल्लाहरुबाट समेत मानिसहरु त्यस क्षेत्रमा पुगेका हुन् । डाेल्पाकाे प्यारी गुफा, […]

अग्नि परीक्षामा अमनलाल मोदी

काठमाडाैं । तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की भ्रष्टाचारी भएको आवाज उठाउने र उनलाई कारवाही गराउने सम्मको ल्याकत राख्ने युवा नेता तथा सत्तारुढ नेकपा सांसद अमनलाल मोदीलाई यसपटक भने ठुलै अप्ठ्यारो आइलाग्यो । मंगलवार संसदको सार्वजनिक लेखा समितिमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लाई अमनलालले भ्रष्टाचारी भएको आरोप लगाएपछि […]

पाँच तहका विचौलियाले यसरी बनाउँछन खानै नसकिने तरकारी

काठमाडौ, ७ जेठ । सरकारले किसान र उपभोक्तालाई राहत दिने गरी तरकारी बजार व्यवस्थित गर्ने बताए पनि बिचौलियाको बिगबिगी हटेको छैन । सरकारले करिब ९ महिनाअघि र आइतबार राति गरेको बजार अनुगमनमा समस्या उस्तै पाइएको हो । किसानले उत्पादन गरेको तरकारी अझै पाँच तह पार गरेर मात्र उपभोक्तासम्म पुग्ने गरेको अनुगमनले देखाएको छ । हरेक तहमा मूल्य बढदा […]