काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) मार्फत व्यवसायीलाई यसको दायराभित्र ल्याउन भ्याट ऐन ल्याएको छ ।भ्याट ऐन लागू हुने भएपछि व्यवसायी एवं उपभोक्ताले अन्य सबै प्रकारका अप्रत्यक्ष करबाट मुक्ति पाएका छन्। भ्याट नलाग्ने भ्याट ऐनले दर्ता हुनुपर्ने व्यवसायलाई विभिन्न भागमा विभाजन गरेको छ। नेपालमा भ्याटमा दर्ता हुनुनपर्ने व्यवसाय पनि छन्। ती व्यवसाय विशेषगरी कृषि […]
अर्थ/वाणिज्य
नेपाली बजारमा सुन किन्ने भन्दा बेच्ने बढे
चिप्लेढुङगा, २६ साउन । नेपाली बजारमा सुनको भाउ बढे संगै सर्वसाधारणहरु सुन किन्नभन्दा बेच्न लागेका छन् ।चाडपर्व नजिकिँदै गर्दा सुनको भाउ बढेपछि नेपाली बजारमा सुन किन्ने भन्दा बेच्नेको भिड बढ्न थालेको हो । चाडपर्वको मौसममा ग्राहक कुरिरहेका सुन व्यापारी यतिबेला सुन किन्न भन्दा बेच्न आएका ग्राहकहरुबाट हैरान छन् । मूल्य बढेको मौकालाई अवसरका रुपमा लिनेले […]
विभिन्न कर र कानूनी झण्झटले देशभरका कपास उद्योग सङ्कटमा
भक्तपुर, २६ साउन । उद्योगमैत्री वातावरण नहुँदा देशभरका कपास उद्योग सङ्कटमा परेको कपास उद्योगीले बताएका छन् । भक्तपुरमा आज आयोजना गरिएको नेपाल कपास व्यवसायी सङ्घको प्रथम साधारणसभामा फोहरबाट मोहर बनाउने कपास उद्योग सरकारले उद्योगमैत्री वातावरण नबनाउँदा व्यवसाय नै धरापमा परेको उद्योगीले बताएका हुन् । तीन तहका सरकारले कर लगाउने र दर्ताबिना नै घुम्ती सेवा दिने […]
बुटवलमा अत्याधुनिक सपिङ कम्प्लेक्स
खस्यौली, २६ साउन । बुटवलको लुम्बिनी बसपार्कमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’ बहुद्देश्यीय भवन निर्माण थालिएको छ । बुटवल उपमहानगरपालिकाले निर्माण गर्न लागेको पार्किङसहितको तीन तलाको भवन उपमहानगर प्रमुख शिवराज सुवेदीले आज शिलान्यास गरेका छन् । उनले व्यावसायिक भवन र आवास निर्माणका लागि अध्ययन भइरहेकाले गुणस्तरीय सामान प्रयोग गरी निर्धारित समयमा नै भवन निर्माणको काम सक्न आग्रह […]
औद्योगिक ‘हब’ बन्दै मेचीनगर
भद्रपुर, २६ साउन । व्यापारिक नाकाको रूपमा परिचित झापाको मेचीनगर केही वर्षयता औद्योगिक नगरको रूपमा विकसित हुन थालेको छ । यातायात र बैंकिङ सुविधा, कच्चा पदार्थको आयातको सहजता र सुरक्षित लगानीको वातावरणले मेचीनगरको ज्यामिरगढी र दुहागढी क्षेत्रमा करोडौं लगानीका नयाँ उद्योगहरू स्थापना भएका छन् । उद्योगहरू स्थापना भएसँगै स्थानीयले रोजगारी पाउने क्रम र व्यापारिक चहलपहल […]
बजेट खर्च हुन नसक्दा विकास प्रभावित: दुई अर्ब बजेट फिर्ता
पाल्पा, २६ साउन । कालीगण्डकी करिडोर कार्यालय पाल्पाबाट रु एक अर्ब ५० करोड ७१ लाख खर्च हुनुपर्ने थियो । गत आव २०७५÷७६मा रु एक अर्ब २२ करोड २९ लाख मात्र खर्च भयो । पूँजीगततर्फ रु २८ करोड ४२ लाख खर्च हुन सकेन । गत आवमा ठूलो मात्रा खर्च गर्न नसक्ने कार्यालयमा सडक डिभिजन कार्यालय पाल्पाको […]
म्यानपावर व्यवसायीको अवैध सम्पति छानविन हुने, कर छलीबारे पनि अनुसन्धान हुँदै
काठमाडौं, २४ साउन । सम्पति सुद्धिकरण विभागले म्यानपावर व्यवसायीको सम्पत्ति छानविन गर्ने भएको छ । पछिल्लो समय शंकास्पद कारोबारमाथि अनुसन्धान तीव्र पारेको सम्पत्ति शुद्धीकरण विभागले म्यानपावर व्यवसायीमाथि पनि नजर लगाएको हो । नेपालका सक्रिय श्रमशक्ति विदेश पठाएर ठूलो रकम कमाएका म्यानपावरहरुमाथि अनुसन्धान गर्न विभागले आन्तरिक तयारी सबै गरिसकेको बताएको छ । सरकारले तोेकेको शुल्कभन्दा पनि […]
मासु र दूध उत्पादनमा वृद्धि
हेटौँडा, २४ साउन । प्रदेश नं ३ ले मासु र दूध उत्पादनमा उल्लेख्य प्रगति गरेको छ । प्रदेश ३ का भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको तथ्याङ्कअनुसार यस्तो विवरण देखिएको हो । आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा दूध र मासु उत्पादनको दर निकै बढेको तथ्याङ्कले देखाएको छ । […]
आपूर्ति व्यवस्थालाई सहज बनाउन तीनै तहका सरकारबीच छलफल
काठमाडौँ, २४ साउन । आपूर्ति व्यवस्थापनलाई सहज बनाउँदै उपभोक्ता अधिकार स्थापित गराउन सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारसँग सहकार्य थालेको छ । अन्य समयको तुलनामा चाडपर्वमा उपभोक्तामाथि विभिन्न नाममा ठगी हुने गरेका विगतको उदाहरणबाट पाठ सिक्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले आज आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन सातै प्रदेशका वाणिज्य तथा आपूर्तिसँग सम्बन्धितमन्त्री, महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुखसँग […]
नक्कली नोट छाप्ने उपकरणसहित चार पक्राउ
धनगढी, २४ साउन । नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित चार जनालाई कैलाली जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलका खगेन्द्र बम भन्ने खगेन्द्रबहादुर रजवार, चुरे गाउँपालिकाका भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का पल्लभराज भट्ट र महोत्तरी जिल्ला बर्दिवास नगरपालिकाका गोकुलबहादुर खड्कालाई नोट छाप्ने उपकरणसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले बताए […]











