विद्युत् चुहावट १२ प्रतिशतले घट्यो

लहान, २४ साउन । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि दुई आर्थिक वर्षमा सिरहाको लहान क्षेत्रमा करीब १२ प्रतिशतले विद्युत् चुहावटमा कमी आएको छ ।विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि विद्युत् चुहावट ११ दशमलव ६४ प्रतिशतले घटेर २७ दशमलव २९ प्रतिशतमा झरेको हो । गत आव ०७३÷७४ सम्म ३८ दशमलव […]

सुनको मुल्य सत्तरी हजार पुगेपछि बजारमा हल्लीखल्ली

काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै महङ्गो भएको छ । बिहिबार नेपाली बजारमा सुनको मुल्य बढेर सत्तरी हजार पुगेको हो । बिहीवार सुनको मुल्य पाँच सय रुपैयाँले बढेर प्रतितोला ७० हजार रुपैंया पुगेको छ । बुधबार ६९ हजार ५ सयमा कारोबार भएको सुन बिहिबार प्रतितोला ७० हजार पुगेको हो । त्यस्तै बुधबार प्रति तोला ८ सय […]

रारामार्टको अफर-अनलाइन सपिङ पनि, निशुल्क बीमा पनि

काठमाडौँ, २३ साउन । रारा ईन्कर्पोरेशन नेपाल प्रा.लि.ले नयाँ नेपाली अनलाइन सपिङ सुरू गरेको छ । प्रबिधिको उच्चतम प्रयोग गरी ब्यपारलाई सबलीकरण गर्ने तथा बस्तुको लागत घटाई उपभोक्तालाई कम मुल्यमा गुणस्तरीय बस्तुहरु प्रदान गर्ने उद्धेश्य सहित अनलाइन सपिङ सुरू गरेको हो । बिहिबार एक पत्रकार सम्मलेनको आयोजन गरी रारामार्ट सुभारम्भका साथै निशुल्क स्वास्थ्य बीमा समेत […]

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ, २३ साउन । लगातार उकालो लाग्दै गएको सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु ६९ हजार ७०० पुगेको छ भने चाँदीको मूल्य पनि निरन्तर उकालो लागेको छ । आज चाँदी प्रतितोला ८२५ […]

कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान दिइने

वालिङ, २३ साउन । स्याङ्जाको गल्याङ नगरपालिकाले कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान उपलब्ध गराउने भएको छ । गल्याङ नगरपालिकालाई सेतो शहर दूधको शहरका रुपमा विकास गर्ने गरी योजना बनाएको नगरपालिकाले कृषि र पशुपालनलाई व्यावसायिकता प्रदान गर्ने नीति अगाडि सारेको नगर प्रमुख भुपराज अधिकारीले बताए । कृषि र पशुपालन व्यवसायमा आबद्ध नगरभित्रका कृषक तथा पशुपालक […]

व्यावसायिक बाख्रापालनका लागि कृषकलाई अनुदान

कास्की, २३ साउन । व्यावसायिक बाख्रापालनका लागि पोखरा महानगरपालिकाले अनुदान रकम वितरण गरेको छ ।पोखरा–२८ का ५० जना कृषकलाई जनही रु ४० हजारका दरले रु २० लाख रुपैयाँ वितरण गरेको महानगरपालिकाले जनाएको छ ।वडा नं २८ को समन्वयमा स्थानीय व्यावसायिक बाख्रापालन समितिद्वारा बुधबार यहाँ आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले सो अनुदान रकम वितरण […]

निर्माणाधीन आश्रम भवनलाई पाँच लाख ६२ हजार सहयोग

मुग्लिन, २३ साउन । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित इच्छाकामना मन्दिर परिसरमा निर्माण भइरहेको आश्रमका लागि विभिन्न व्यक्तिबाट रु पाँच लाख ६२ हजार २०० सहयोग प्राप्त भएको छ । एक स्थानीयवासी इच्छाकामना–४ कुरिनटारका ध्रुवराज त्रिपाठीले रु पाँच लाखको चेक गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन्। यसैबीच स्थानीय खोमप्रसाद त्रिपाठी र बिजुला […]

हुलाक बचत बैंकमा पाँच करोड निक्षेप

कलैया, २३ साउन । बारा जिल्ला हुलाक कार्यालय बाराद्वारा सञ्चालित हुलाक बचत बंैकमा आर्थिक वर्ष २०७५÷७६ मा कूल रु पाँच करोड ३५ लाख ३८ हजार ३०१ निक्षेप जम्मा भएको छ । यस वर्ष मात्र एक हजार ३२२ ग्राहकले रु चार करोड ६७ लाख पाँच हजार ३०२ निक्षेप जम्मा गरेकामा सोको ब्याज रु चार लाख तीन […]

लिलामी नहुँदा भन्सारमै थन्किए सवारी साधन

बाँके, २२ साउन । सरकारी निकायको बेवास्ताका कारण नेपालगञ्ज भन्सार कार्यालयमा लाखौँ मूल्यका सवारी साधन लिलाम नहुँदा थन्किएका छन् । मूल्याङ्कन गर्न ढिलाइ भएका कारण बरामद भएका सवारी सधानको लिलाम प्रक्रिया शुरु गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ । लिलामी हुन नसक्दा सवारी साधन जीर्ण अवस्थामा थन्किएका छन् । सुरक्षाकर्मीले करीब पाँच वर्षअघिदेखि नियन्त्रणमा लिएका […]

अवैध हुण्डीको कारोवार बढ्दै

वीरगञ्ज, २२ साउन । पर्सा प्रहरीले अघिल्लो आर्थिक वर्षमा वीरगञ्जबाट हुण्डीको कारोवार गर्ने मुख्य नाइकेसहितका व्यक्तिलाई पक्राउ गरेपछि त्यस्ता व्यक्ति चाँडै पैसा कमाउने उद्देश्यअनुरुप उक्त धन्धामा लागेको खुलासा भएको छ । पैसा स्रोत खुलाउनु नपर्ने र भनेको बेला एजेन्टमार्फत अन्तर्राष्ट्रियस्तरमा सजिलै पैसा पठाउन सकिने भएकाले अवैधरुपमा हुण्डीको धन्धा पर्सा जिल्लामा फष्टाउँदै गएपछि यस प्रकारको अवैध […]