ढुवानी रोक्ने ढुवानीकर्ताको सम्झौता रद्द गर्न आयल निगमको कडा चेतावनी

काठमाडाैं, ५ असाेज । नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ । निगमले बुधबार एक सूचना प्रकाशित गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन (आइओसी)मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री वितरणमा असहयोग गर्ने ट्याङ्कर तथा […]

विश्व बैंकद्वारा नेपालको ऊर्जा क्षेत्रको ऋण प्रस्ताव स्वीकृत

काठमाडौं । विश्व बैंकले नेपालको ऊर्जा क्षेत्रको ऋण स्वीकृत गरेको छ । नेपालमा दिगो ऊर्जा प्रणाली विकास गर्न बैंकले १० करोड डलर अर्थात् १० अर्ब रुपैयाँ बढीको पहिलो ऋण प्रस्ताव स्वीकृत गरेको हो । ऊर्जा क्षेत्रको नीतिगत, संस्थागत तथा नियामकीय क्षमता सुधार, प्राधिकरण पुनःसंरचनालगायतका लागि खर्च गरिने सहयोग रकमले नेपालीलाई दिगो, सुलभ तथा भरपर्दो ऊर्जा […]

मनोमानी ढंगले घरभाडा असुल्ने घरधनीले कर तिरेनन्

कैलाली ।  प्रदेश ७ को अस्थायी राजधानीसमेत रहेको धनगढीका अधिकांश घरधनीले घरभाडाबापत्को कर नतिरेको पाइएको छ । घरभाडा भने मनलाग्दी असुल गर्ने तर सोहीअनुसार कर नतिर्ने प्रवृत्तिका कारण यो वर्ष निकै कमले मात्र घरबहाल कर तिरेको देखिएको छ । गत चैतसम्म आन्तरिक राजश्व कार्यालयले लिने गरेको घर बहाल कर हाल स्थानीय तहले नै उठाइरहेका छन् […]

दुई दशकपछि अपि हिमाल आरोहणमा विदेशी आइपुगे

दार्चुला ।  सशस्त्र द्वन्द्वकालयता आरोहण हुन नसकेको दार्चुलाको अपिहिमालमा दुई दशकपछि पहिलो पटक युरोपियन मुलुक चेक गणतत्रका आठ जना (दुई जना नेपालीसहित) १० जनाको टोली दार्चुला आइपुगेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको भदौ २२ गतेको अनुमति लिएर विदेशी टोली अपि हिमाल आरोहणका लागि आएको हो । यसअघि २०५५/५६ सालअघि मात्रै […]

मलेसियाद्वारा कामदारको न्युनतम पारिश्रमिक वृद्धि

काठमाडौं । मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारका लागि आगामी वर्षको जनवरीदेखि लागू हुने गरी ५० रिंगिट वृद्धि गर्ने निर्णय गरेको जानकारी दिएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ । यो निर्णय पूर्ण रुपमा लागू भएमा आगामी […]

अर्बौ डलरमा फेसबुकले १५ औ अत्याधुनिक डाटा सेन्टर बनाउँदै

काठमाडाैं । विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्न लागेको बिहीबार घोषणा गरेको छ। नवीकरणीय ऊर्जाको प्रयोग गरिने यो सेन्टर सन् २०२२ सम्ममा सञ्चालनमा आउनेछ।यो सेन्टरमा फेसबुकको सर्भर रहनुका साथै सूचना प्रविधिका कार्यलाई एकीकृत गरिने फेसबुकका उपाध्यक्ष थोमस फरलङले बताए। करिब एक लाख ७० हजार […]

अन्ततः एजेन्सीले नै पाए पर्यटकको उद्धारको जिम्मा

काठमाडौं ।  अन्ततः सरकारले पर्यटकको खोज, उद्धार र उपचारको जिम्मेवारी सम्बन्धित ट्राभल, ट्रेकिङ, एक्सपिडिसन तथा र्‍याफ्टिङ एजेन्सीलाई नै दिएको छ । रेस्क्युका नाममा हुने फर्जी उद्धार लगायतका विकृतिको अनुगमन र नियमन र नियन्त्रणको जिम्मा पर्यटन विभागलाई दिइएको छ । यसअघि पर्यटकको फर्जी उद्धारबारे छानविन गर्न बनेको समितिले पर्यटक उद्धारको जिम्मा प्रहरीलाई दिन सुझाव दिएको थियो […]

पश्चिम सेती अलपत्र, थ्री गर्जेजका शर्तमाथि शर्त बढ्दै

काठमाडौँ, भदौ १४ गते । पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीले शर्तमाथि शर्त थप्दै गएपछि निर्माणकाे काम अन्याैलमा परेकाे छ । चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पाेरेसन (सीटीजीआई) ले पश्चिम सेती जलविद्युत अायाेजना निर्माण गर्नका लागि ६ वर्षभन्दा बढी समयदेखि लाइसेन्स ओगटेको छ । यसैबीच थ्री गर्जेजसँग लगानी बोर्डले अायाेजना निर्माणका विषयमा छलफल गरेकाे […]

पाँचथरमा निर्माणाधीन हाइड्रोपावरले कर तिरेनन्

पाँचथर ।  पाँचथरमा निर्माणाधीन हाइड्रोपावरले सरकारलाई कर नतिरेको पाइएको छ । जिएन.कन्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरको कर ती हाइड्रोपावरले नतिरेको पाइएको हो । २०७४ असोज १ मा जिसस र कन्ट्रक्सनको सहमतिअनुसार जिससले लगाएको ढुंगा, बालुवा, गिटी प्रयोग गरेबापतको रकम नतिरेको कन्ट्रक्सनका प्रोपाइटर शंकर थापाले बताए । सम्झौता हुनुपूर्व पनि हाइ«ोपावरले जिससलाई दिनुपर्ने बक्यौता दिनुपर्ने भए […]

बिमस्टेकको परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौंमा बस्दै

काठमाडौं ।  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल–खाडीको प्रयास (बिमस्टेक) को परराष्ट्र सचिवस्तरीय बैठक आज काठमाडौंमा बस्दै छ । बिहीबार र शुक्रबार हुने बिमस्टेकको चौथो शिखर सम्मेलनमा छलफल हुने विषय तय गर्न सदस्य मुलुकका परराष्ट्र सचिवको बैठक बस्न लागेको हो । बैठकमा चौथो सम्मेलनका लागि १६ औं बिमस्टेक मन्त्रीस्तरीय बैठकले प्रस्ताव गरेका एजेन्डामाथि छलफल […]