सुनको मूल्यमा फेरी वृद्धि

काठमाडौँ, १७ भदौ । सुनको मूल्यमा आज फेरी वृद्धि भएको छ । सोमबार प्रतितोला ७२ हजारमा कारोबार भएको सुनको मुल्य मंगलबार प्रतितोला ५ सयले बढेर ७२ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस अघि आइतबार र सोमबार प्रतितोला ७२ हजारमा कारोबार भएको थियो । महांसघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ७२ हजार २ सय रहेको छ । त्यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदीमा प्रतितोला १० रुपैयाँ बढेर प्रतितोला ८ सय ९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading...