सरकारले सवारी साधन लगाएत यी १० प्रकारका सामान आयातमा लगायो रोक

बैशाख १४,काठमाडौँ /  सरकारले जीप, कार र भ्यान ,मोटरसाइकल, मोबाइल लगायतका १० प्रकारका सामानहरु भित्र्याउन रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हिजो मंगलबार राजपत्रमा सूचना निकालेर विभिन्न १० प्रकारका विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको जनाएको छ । सरकाले आउँदो असार मसान्तसम्मका लागि जीप, कार र भ्यान ,मोटरसाइकल, मोबाइल फोन , ३२ […]

भन्सारका नायब सुब्बाविरूद्ध एक करोड ८७ लाख बराबरको भष्टाचार मुद्दा

काठमाडौं । काठमाडौंमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक जना माथि भ्राष्टाचारको मुद्दा दायर गरेको छ। भन्सार जाँच पास परीक्षण कार्यालयमा कार्यरत देवीबहादुर थापाविरूद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपत्र दायर गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार थापाले २० वर्षको अवधिमा एक करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँको सम्पत्ती गैर […]

१५ बैंक भए पुग्ने राष्ट्र बैंकको अध्ययन, वित्तीय एकाधिकारको अवस्था नरहेको निश्कर्ष

काठमाडौं । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको बैंक तथा वित्तीय संस्थाको अधिकतम संख्या सम्बन्धि प्रतिवेदनले वाणिज्य बैंकहरूको संख्या ११ देखि १५ भए पुग्ने उल्लेख गरेको छ। तर, संख्या सम्बन्धि यस्तो निश्कर्ष भने राष्ट्र बैंकले सर्वेक्षण मार्फत् निकालेको हो।   सर्वेक्षणमा सहभागी २ सय ३० जनामा एक सय ४० जना बैंक तथा वित्तीय संस्थाहरूबाट रहेका छन्। […]

विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति

काठमाडौं । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गरी सरकारले विमानस्थल सेवा शुल्क नियमावली–२०७८ मार्फत विमानस्थल शुल्क अस्वाभाविक दरमा वृद्धि गरी प्रतियात्रु तीन हजार रूपैयाँ पुर्‍याएको भन्दै नाट्टाले आपत्ति जनाएको हो। ‘कोभिड–१९ पछि बिस्तारै चलायमान हुने […]

सुनको भाउ तोलामा ४०० रुपैयाँले घट्यो

बैशाख ११, काठमाडौं । सुनको भाउमा प्रतितोला चारले गिरावट आएको छ ।  गएको शुक्रबारको तुलनामा सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि छापावाल सुनको मूल्य तोलाको एक लाख ५०० रुपैयाँ कायम गरेको छ । गएको शुक्रबार तोलाको एक लाख ९०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ […]

न्यादी जलविद्युत आयोजनाबाट विद्युत परीक्षण उत्पादन सुरु

लमजुङ । लमजुङको न्यादी खोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाले विद्युतको परीक्षण उत्पादन सुरु गरेको छ । चिनियाँ लगानीमा निर्माण भएको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी विद्युत गृह सञ्चालन गरिरहेको सिनो हाइड्रो सगरमाथा कम्पनीले असहयोग गरेका कारण आयोजनाको उत्पादन साढे २ महिना ढिलो हुन गएको छ । अहिले सबै कुरा मिलिसकेको हुँदा विद्युत उत्पादनको […]

सुनको भाउ तोलामा १५ सय घट्यो

काठमाण्डाै – सुनको भाउ आज तोलामा १५ सय रुपैयाँले घटेको छ । सुन तोलामा १५ सय रुपैयाँले घटेर आज तोलाको एक लाख ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ हिजो पनि तोलमा चार सय रुपैयाँले घटेको थियो । हिजो सुन तोलाको एक लाख दुई हजार एक सय रुपैयाँमा कारोबार भएको […]

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, ६ बैशाख । सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । अधिकारीले  सरकारको गरेको निर्णय बिरुद्द  दिएको रिटको सुनुवाइ गर्दै आज सर्वोच्चले  अल्पकालीन अन्तरिम  आदेश दिएको हो।   न्यायाधीश हरि फुयालको एकल इजलासले जारी गरेकाे आदेशमा गर्भनर अधिकारीलाई नहटाउन र पदमा रहेर काम गर्न दिन […]

निलम्बित गभर्नर अधिकारीले दिए सर्वोच्चमा रिट, समितिले थाल्यो छानविन

काठमाडौं । निलम्बित नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेकै दिन जाँचबुझ समितिले काम थालेको छ । निलम्बित गभर्नर अधिकारीले सरकारले अवैध रुपमा आफूमाथि कारबाही प्रक्रिया सुरु गरेको भन्दै आइतबार सर्वोच्चमा रिट दर्ता गरेका थिए । समितिले आइतबारबाट आफ्नो काम अघ बढाएको अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ […]

सुनको मूल्य प्रतितोला पाँच सयले बढ्यो

बैशाख ५,काठमाडौँ। सुनको मूल्य प्रतितोलामा पाँच सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुन तोलामा एक लाख दुई हजार पाँच सय तोकिएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ। भने ,चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार चार सय २० पुगेको महासङ्घले जनाएको छ। हाल […]