न्यूजकारखाना ,काठमाडौं। अमेरिकाजस्ता प्रमुख अन्तर्राष्ट्रिय दाताहरूले आफ्नो सहायता बजेट कटौती गरेकाले यस वर्ष विश्वभरका कम्तीमा १ करोड ४० लाख बालबालिका भोकमरी र कुपोषण वा मृत्युको जोखिममा पर्ने भएका छन् । यो चेतावनी संयुक्त राष्ट्र बाल एजेन्सी युनिसेफले दिएको हो। युनिसेफले भोकमरीको लहरलाई सम्बोधन गर्न सरकार र परोपकारी संस्थाहरूलाई यसको बाल पोषण कोषमा योगदान गर्न आग्रहसमेत […]
स्वास्थ्य
अस्पताल संचालक डा साह पक्राउ
सञ्जय मिश्रा, रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनलाई अटेरी गर्दैआएका रौतहटको शिवनगर स्थित आनन्द हस्पिटल तथा एक्युपञ्चर सञ्चालक कथित डाक्टर उमेश प्रसाद साह पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा ईलाका प्रहरी कार्यालय शिवनगरका प्रमुख सई बब्लुकान्त झाको नेतृत्वमा गएको टोलीले उनलाई उनको हस्पिटलबाट केही बेर अघि पक्राउ गरेको […]
महानगर र स्वास्थ्य मन्त्रालयबीच सहकार्य, वीरमा महिलाको नि:शुल्क जाँच
काठमाडौ । महिलामा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुरु गरेको परीक्षण अभियानमा काठमाडौं महानगरले सहकार्य गरेको छ । अब महानगरसँगको सहकार्यमा वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने भएको छ । यससम्बन्धमा काठमाडौं महानगर र वीर अस्पतालबीच सम्झौता भएको छ । स्वास्थ्य […]
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा थापा
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्र बहादुर थापा नियुक्त भएका छन् । थापालाई मंगलबार बोर्डको अध्यक्षमा नियुक्त गरिएको पत्र दिइएको हो । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले थापालाई नियुक्ति पत्र दिएका हुन् यसअघि थापा बोर्ड सदस्य रहेका थिए ।
मुख्यमन्त्रीको निर्देशनमा बन्द गराइएका रौतहटका अबैध निजी अस्पताल खुलेआम सञ्चालन
न्यूजकारखाना, चन्द्रपुर रौतहट । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा बन्द गराइएका रौतहटका करिब २० वटा निजी अस्पताल खुलेआम सञ्चालन भइरहेको पाइएको छ । मधेश सरकाको स्पष्ट निर्देशन हुँदाहुँदै पनि गैरकानुनी रूपमा यी अस्पतालहरू सञ्चालनमा रहेको गुनासो बढ्दै गएको हो । चन्द्रपुर नगरपालिकाले निजी अस्पताललाई दिएको अस्थायी अनुमति पत्र खारेज गरिसकेको छ । दर्ता बेगरै […]
अनिन्द्रा भगाउने योग
न्यूजकारखाना, काठमाडौं । व्यस्त जीवन, तनाव, गलत जीवनशैली र स्क्रिन टाइमको बृद्धिका कारण धेरैलाई निद्रा नलाग्ने समस्या देखिन थालेको छ । राम्रो निन्द्राले शरीरलाई आराम दिन मात्र नभई मानसिक स्वास्थ्यका लागि पनि धेरै महत्त्वपूर्ण हुन्छ। यदि तपाई पनि राति ढल्किरहनु हुन्छ तर सुत्न सक्नुहुन्न भने योगले तपाईलाई मद्दत गर्न सक्छ। योगले शरीरलाई लचिलो मात्र बनाउँदैन, […]
सुन्तलाको जुस पिउनुका यस्ता छन् फाइदा
काठमाडौं । गर्मीको मौसम सुरू भएको छ, यस्तो बेला खानपिनमा विशेष ध्यान दिनुपर्छ किनभने यस मौसममा पेटसम्बन्धी समस्या हुने सम्भावना बढि मात्रामा हुन्छ । खासमा गर्मी मौसममा तरल खानेकुरालाई बढी महत्व दिनुपर्छ । त्यसैले यो मौसममा आफ्नो दैनिक आहारमा सुन्तलाको जुस अवश्य समावेश गर्नु होस्। तपाईले यसबाट एक होइन्, धेरै फाइदाहरू पाउन सक्नुहुन्छ, जसको बारेमा […]
बेनिघाट रोराङ गाउँपालिकालाई प्रदेश सरकारको ग्रामिण अल्ट्रासाउन्ड मेसिन
बागमती प्रदेश सरकारले धादिङको बेनिघाट रोराङ गाँउपालिकालाई ग्रामिण अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको छ । प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठलाई बुधबार सो मेसिन हस्तान्तरण गरेका हुन् । स्वास्थ्य मन्त्री थापाले दुर्गम क्षेत्रमा स्वास्थ्य सुविधा पुर्याउन यसले मद्दत गर्ने बिश्वास व्यक्त गरे । ग्रामीण क्षेत्रका गर्भवती महिलाको भ्रुण जाँचमा मेसिन प्रयोग […]
आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा नेपाल : देउखुरी, धनगढी र उपत्यकामा बढी प्रदुषण
काठमाडौ । नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा परेको छ। स्विट्जरल्यान्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार लामो समयदेखि पानी नपर्दा नेपालको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको हो । प्रदुषित शहरको शीर्ष स्थानमा भारत रहेको छ । आज बिहान दाङको देउखुरी क्षेत्रको वायुको गुणस्तर सबैभन्दा खराब रहेको र त्यहाँको वायुको गुणस्तर १९२ […]
हरिवनमा खोप सेवाको प्रगति ६० प्रतिशत
भक्ती रिजाल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा नियमित खोप तथा सरसफाइ सेसन प्रबर्द्धन सम्बन्धी समिक्षा गोष्ठि सम्पन्न भएको छ । “खोप सुरक्षित हुन्छ, खोप नि:शुल्क पाइन्छ”भन्ने नाराका साथ हरिवन नगरपालिका स्वास्थ्य सेसन तथा सामाजिक बिकास शाखाको नियमित खोप तथा सरसफाइ सेसन प्रबर्द्धन सम्बन्धी समिक्षा गोष्ठी सम्पन्न भएको हो । हरिवन नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास […]











