पूर्वीय दर्शनबारे जनकपुरमा गरमागरम बहस

जनकपुर । दुई नम्बर प्रदेशको राजधानी मिथिला नगरी जनकपुरधाममा आइतबार पूर्वीय दर्शनमाथि गम्भीर छलफल भएको छ । पूर्वीय दर्शनसहित अन्य विभिन्न विषयमा भएको विचार विमर्श नेपाल साहित्य उत्सव अर्न्तगत गंगासागर किनारमा आयोजना गरिएको थियो । महोत्सवको अन्तिम दिन जनकपुर केन्द्रित रहेर पूर्वीय दर्शनमाथि बहस गरिएको हो । पूर्वीय षड्दर्शन (६ दर्शन) मध्ये चार मिथिलाभूमि जनकपुरमै लेखिएको […]

मनाइयो महाकवि देवकोटा जयन्ती

काठमाडौँ, १० कात्तिक । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । विसं १९६६ कात्तिक औँसीका दिन काठमाडौँको डिल्लीबजारमा उनको जन्म भएको थियो । लक्ष्मीपूजाका दिन जन्मिएकाले उनको नाम लक्ष्मीप्रसाद राखिए पनि उनी सरस्वतीको प्रसाद बन्न पुगे । दश वर्षको उमेरमा कविता लेख्न शुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, […]

वाङमय शताब्दी पुरुष जोशी सम्मानित

काठमाडौँ, १० कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्तीका अवसरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरिएको छ । नयाँबस्ती युवा क्लबले जोरपाटीस्थित महाकवि देवकोटा उद्यानमा आज आयोजित कार्यक्रममा साहित्यकार कञ्चन पुडासैनीले जोशीलाई रु पाँच हजार ५५५ सहित अभिनन्दनपत्र र दोसल्ला ओढाइ सम्मान गरेका हुन् । संस्कृतिविद् जोशीले सांस्कृतिक अन्वेषणमा पु¥याएको योगदानको कदर गर्दै सांस्कृतिक […]

देशका ठालु नेताहरुमाथि सिस्नुपानीले यसपाली यसरी लगायो व्यङ्ग्यात्मक सिस्नुपानी

काठमाडौँ, १० कार्तिक । घरको अगाडि भव्य द्वार बनाइएको थियो । गेटबाट छिरेपछि एउटा सानो खरको छानोसितको घर पुगिन्थ्यो । घरलाई झिलीमिलीले बत्तीले सिङ्गारिको थियो । छानामा दुई वटा फर्सी राखिएका थिए । फर्सीको छेउमै कुखुराको भाले बसेको देखिन्थ्यो । आँगनी रङ्गोलीले सजिएको थियो । घरको पछाडिपट्टि मकैको सिल राखिएको थियो । नजीकै सेतो हिमाल […]

यसपटकको देउसी भैलोमा सुरुङ, रेल र जलमार्गका गीत

“सुरुङमार्ग, रेलमार्ग बन्ने जलमार्ग कुरा सुन्दा पनि आज खुशी लागिराछ समृद्धिको सपनाको साकार रूप चाहियो नेपालीको मुहारमा खुशी सुख चाहियो ।” उज्ज्यालो र सद्भावको चाड दीपावली मा समाज रुपान्तरणमा सघाउने गीत–सङ्गीत र रचनासहित समाजका अन्य वर्गझैँ स्रष्टाहरु पनि आपसमा देउसीभैलोको रमाइलोमा कस्सिएका छन् । मुलुकले लिएको समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा हुनुपर्ने चाहनालाई तिहारको देउसी–भैलोका क्रममा […]

महाकवि देवकोटा सङ्ग्रहालय: कविकुञ्ज प्राप्तिमै एक वर्ष

काठमाडौँ, ८ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको डिल्लीबजारस्थित जन्मघर ‘कविकुञ्ज’ लाई सङ्ग्रहालय बनाउन घोषणा भएको एक वर्षमा बल्ल जग्गाप्राप्ति र मुआब्जासम्बन्धी विवाद टुङ्गिएको छ । सङ्ग्रहालय निर्माणको जिम्मेवारी पाएको नेपाल प्रज्ञा प्रतिष्ठानले यसबीचमा देवकोटाको परिवारसँग उक्त जग्गा प्राप्तिका लागि विभिन्न चरणमा छलफल गरेर मुआब्जा रकम निर्धारण गरी निकासाका लागि नेपाल सरकारसँग ताकेता गरेको छ भने […]

राष्ट्रिय सङ्गीतकर्मी सङ्घमा कार्की

पोखरा, १ कात्तिक । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ कास्की जिल्ला समितिको प्रारम्भिक साधारणसभाले आयुशजङ्ग कार्कीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेकोे छ । समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष बराल, महिला उपाध्यक्षमा सुष्मा विसी, महासचिवमा ऋषिराम दाहाल, सचिवमा कपिल श्रेष्ठ, कोषाध्यक्षमा विष्णु बराल, सदस्यमा समीर रामदास, रेजिना विसी, पवित्रा परियार, सपना सुनार र दीपेन्द्र परियार चयन भएका […]

चन्द्रागिरिमा कला, साहित्य र संस्कृतिबारे छलफल

काठमाडौँ, ३० असोज । दक्षिण एशिया र चीनका साहित्यकारहरुले काठमाडौँको पर्यटकीयस्थल चन्द्रागिरिमा पुगेर आ–आफ्ना देश र यस क्षेत्रको कला, साहित्य र संस्कृतिका बारेमा छलफल गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको समापन कार्यक्रममा उनीहरुले यस क्षेत्रमा रहेको संस्कृतिक विविधताको चर्चा गरे । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कार्यक्रमले […]

काठमाडौँमा त्रिदेशीय कला प्रदर्शनी शुरु

काठमाडाै, ३० असोज । काठमाडौँमा तीन देशका कलाकारको सहभागितामा आजदेखि कला प्रदर्शनी शुरु भएको छ । नेपाल, भारत र बङ्गलादेशका कलाकारको सहभागितामा शुरु भएको प्रदर्शनीमा विविध विषयका सिर्जनाहरु चार दिनसम्म प्रदर्शन गरिनेछ । प्रदर्शनीको उद्घाटन गर्दै नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्सले कला प्रदर्शनीले देशदेशबीचको संस्कृतिको आदानप्रदानसँगै आपसी सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताए । […]

विराट नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न

भक्तपुर, २५ असोज । यहाँ आयोजित ५८ औँ विराट नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न भएको छ । विराट गुथिले भक्तपुरको सूर्यविनायकमा दुईदिन सञ्चालन गरेको सो सम्मेलनमा विराट गुथीका सल्लाहकार कवि योगेन्द्र प्रधानले विराट भाषा साहित्य सम्मेलनले भाषिक तथा साहित्यक योगदान दिँदै धेरै साहित्यकार जन्माएको बताए । विराट गुथी कुनै राजनीतिक पार्टीको संस्था नभएकाले नेपाल भाषाको […]