नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्ने भएको हो । एमालेको ११औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदै छ। महाधिवेशनअघि सचिवालय बैठक बस्न लागेको हो। बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्ताव लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

प्रहरी निरीक्षक र सहायक निरीक्षकमा नयाँ भर्ना खुल्यो

काठमाडौँ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा नयाँ भर्ना खुलेको छ । आज एक सूचना जारी गर्दै प्रहरी निरीक्षकमा २१ र सहायक निरीक्षकमा ४३८ जनाको लागि आवेदन आह्वान गरिएको हो । योग्यता पुगेका नागरिकले प्रहरी निरीक्षकमा माग ५ गतेसम्म र सहायक निरीक्षकमा माघ ८ गतेसम्म आवेदन दिन सक्ने सूचनामा […]

भक्तपुरमा सर्वाधिक प्रतिस्पर्धी रहेको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

Sports Bhaktapur municipality

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । शहीद स्मृति खेलमैदानमा बिहीबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले प्रतियोगिता उद्घाटन गरेका छन् । नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा दत्तात्रयबाट सुरु भएको हजारौं विद्यार्थी सम्मिलित र्याली गोल्मढी, नासमना, भार्वाचो बसपार्क, जनज्योति पुस्तकालय परिसर हुँदै सहिदस्मृति खेलमैदानमा पुगेपछि सभामा परिणत भएको […]

विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा

काठमाडौँ । लुम्बिनी लायन्स दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा लुम्बिनीले विराटनगर किङ्सलाई ४० रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।  लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । […]

कार्की सरकारको कानुनी हैसियत छैन, अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापित हुन्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना हुने दावी गरेका छन् । अदालतलाई संविधानले अन्यथा फैसला गर्ने बाटो नै नदिएको उनले स्पष्ट पारे। प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले हैसियत बिनाको व्यक्तिले विना प्रक्रिया अनधिकृत रूपमा सिफारिस गरी विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापित […]

सर्वोच्चलाई लिखित जवाफ पठाउँदै ओलीले भने : मानसिक रोगीहरूले मविरुद्ध मुद्दा हाले

काठमाडौँ । सर्वोच्च अदालतमा चलिरहेको मुद्दामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध रिट दायर गर्नेहरुलाई नै ‘मानसिक रोगी’ को संज्ञा दिएका छन्। जेन जी आन्दोलनको दमन, किशोरकिशोरीको मृत्यु र सेना परिचालनमा लापरबाही गरेको आरोपमा दायर रिटमाथि सर्वोच्चमा बुझाएको लिखित जवाफमा ओलीले रिट दर्ता गर्ने पक्षलाई ‘मनोरोगग्रस्त’ संज्ञा दिँदै उनीहरूको मागलाई ‘न्यायिकरूपले अवैध र आधारहीन’ दाबी गरेका […]

न्यायाधीश र जाहेरवाला वकिल नाता परेपछि रवि र छवीको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं । सहकारी ठगी प्रकरणमा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा बिहीबारका लागि हेर्न नमिल्नेमा परेको छ। लामिछाने र उनका साझेदार गोर्खा मिडिया नेट्वर्कका तत्कालीन सञ्चालक एवम् पूर्वडीआईजी छविलाल जोशीको मुद्दा बिहीबारका लागि ‘हेर्न नमिल्नेमा’ परेको हो । उच्च अदालत तुलसीपुरको, बुटवल इजलासका न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा […]

आकांक्षी धेरै भएपछि एमालेमा विधान महाधिवेशनको निर्णय उल्ट्याउने ओलीको तयारी

काठमाडौँ । आकांक्षी नेताको चाप बढेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनका निर्णय उल्ट्याउने तयारी थालेका छन्। पार्टीभित्र पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय कमिटीको आकार घटाउने दोस्रो विधान महाधिवेशनको निर्णय कार्यान्वयन गर्न नसकिँदा ओलीले संरचना पुनः पुरानै जस्तै कायम राख्ने संकेत दिएका छन्। ओली निकट स्थायी समिति सदस्यका अनुसार कमिटीको संख्या पुनः बढाउने […]

चाँदी हालसम्मकै उच्च, सुनको भाउ १ हजार बढ्यो

काठमाडौं । बिहीबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ १ हजार रुपैयाँ बढेको जनाएको छ । जसअनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँ पुगेको छ । हिजो २ लाख ५२ हजार १ सय रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउ […]

गोवामा ज्यान गुमाएका ५ नेपालीको सनाखत, शव नेपाल ल्याइँदै

काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच नेपालीसहित २५ जनाले ज्यान गुमाएका थिए । गोवा प्रहरीका अनुसार ज्यान गुमाउने नेपालीहरुमा दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल (विवेक), झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा छन् । उनीहरुको […]