काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका छन् । बिहान ९ बजे काठमाडौँको भृकुटीमण्डपमा बस्ने गरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । पार्टी महाधिवेशन अन्तर्गत आजबाट एमालेको बन्दसत्र पनि भृकुटीमण्डपमा सुरु हुँदैछ । यसअघि ७ः३० बजेका लागि बोलाइएको बन्दसत्र भने मध्याह्न १२ बजेको लागि सारिएको […]
समाचार
काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियसमा झर्यो
काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । आज बिहान पौने ६ बजे गरेको मापनमा न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद रुबी पौडेलले जानकारी दिइन् । मौसम पूर्वानुमान महाशाखाले तापक्रमको अध्यावधिक विवरण पौने नौ […]
एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि आज भृकुटीमण्डपमा बन्दसत्र
काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (आइतबार) काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । नयाँ नेतृत्व चयनका लागि बिहानैदेखि बन्दसत्र सञ्चालन हुने पार्टीले जनाएको छ । शनिबार भक्तपुरको सल्लाघारीमा उल्लेख्य जनसहभागिता र शक्ति प्रदर्शनसहित महाधिवेशनको उद्घाटन गरेपछि एमाले आजबाट नेतृत्व चयन प्रक्रियामा प्रवेश गरेको हो । बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ […]
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उचाल्यो दोस्रो सिजनको एनपीएल उपाधि
काठमाडौं । लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै समेटिएको छ । कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा अलआउट गरेको थियो । फाइनलमा सुदूरपश्चिमले […]
विदेशी चलखेल रोक्न मिसाइल छैन, जनताको शक्ति नै हाम्रो अस्त्र हो : प्रचण्ड
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हुने विदेशी चलखेल रोक्न ब्यालेस्टिक मिसाइलजस्ता हतियार नभई जनताको एकता नै निर्णायक शक्ति भएको बताएका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले विदेशी हस्तक्षेप रोक्ने क्षमता सैन्य अस्त्र–शस्त्रमा नभई जनशक्तिमा निहित रहेको स्पष्ट पारे। ‘कतिपय विदेशी शक्तिहरूको चलखेल हुन्छ नै,’ […]
अब नेताहरूलाई भाग्ने छुट छैन, समाजवाद कार्यान्वयन गर्नैपर्छ : वामदेव
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले मुलुकमा समाजवाद निर्माण गर्न नसके आफूहरूलाई जेल हाल्न जनतालाई खुला चुनौती दिएका छन्। शनिबार सुर्खेतमा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले समाजवाद कार्यान्वयनमा नेतृत्व चुके जनताले सजाय दिनुपर्ने धारणा व्यक्त गरे। भाषणका क्रममा आक्रामक रूपमा प्रस्तुत भएका गौतमले अब नेताहरूलाई जिम्मेवारीबाट भाग्ने कुनै छुट नभएको […]
कम्युनिस्ट सरकारले केही गरेन’ भन्ने आरोप गलत : माधव नेपाल
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट नेतृत्वको सरकारले कुनै कामै नगरेको भन्ने आरोप तथ्यहीन भएको बताएका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका समयमा देशका लागि महत्वपूर्ण विकासका कामहरू सम्पन्न भएको दाबी गरे। ‘म र प्रचण्डजी प्रधानमन्त्री भएका बेला राम्रा काम […]
भक्तपुरको सल्लाघारीमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन, ओलीले के भने ?
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको छ । अध्यक्ष केपी शर्मा ओलीले रिमोर्ट थिचेर झण्डोत्तल र बत्ति बालेर उद्घाटन गरेका हुन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले एमाले खरानीबाट उठेर अजम्बर पार्टी बनेको बताए। अध्यक्ष ओलीले महाधिवेशनमा देखिएको नेताकार्यकर्ताको उपस्थितिलाई महासागरको एउटा थोपा मात्र भएको उल्लेख गर्दै देशभर यस्तै हजारौँ “थोपा” […]
निर्वाचनका लागि ललितपुरमा काङ्ग्रेसका ३१ उम्मेदवार सिफारिस
ललितपुर । नेपाली कांग्रेस ललितपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ १० गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ३१ जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको बिहिवार बसेको वैठकको निर्णयले ललितपुरका तीन वटै क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएका नामहरुलाई सर्वसम्मत रुपमा निर्णय गरेर पठाएको जिल्ला प्रवक्ता सन्तोष […]
पत्रकारलाई थप जिम्मेवार बनाउन मधेश प्रदेशमा प्रशिक्षक प्रशिक्षण
जनकपुरधाम । सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना रोक्न तथा पत्रकारलाई पेशाप्रति थप जिम्मेवार बनाउन नेपाल पत्रकार महासंघले विहीवार मधेश प्रदेशको जनकपुरधाममा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । पछिल्लो समयमा सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बेला अन्तर्राष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघले सहकार्य गरी “जिम्मेवार पत्रकारिता र सामाजिक सञ्चालको प्रयोग” विषयक एकदिने प्रशिक्षक प्रशिक्षण तालिम […]











