काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबार बिहान १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटाएको हो । निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० […]
समाचार
भाडा नतिर्ने ४५ उद्योगको लाइन काटियो, दुई सातामा ४२ करोड बक्यौता असुल
काठमाडौँ । औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ । वर्षौँदेखि उठ्न नसकेको सो रकम तत्काल उठाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई निर्देशन दिएकी थिइन् । लिमिटेडका अनुसार मन्त्रीको निर्देशनपछि हालसम्म ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता रकम सङ्कलन भएको […]
रास्वपाको केन्द्रीय सदस्य सूची हेरफेर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची संशोधन गर्दै दुई सदस्यको नाम परिवर्तन गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको मत परिणाम तथा उम्मेदवारीसँग सम्बन्धित कागजात पुनः अध्ययन गरेपछि संशोधित सूची सार्वजनिक गरेको हो। निर्वाचन आयोगका अध्यक्ष भुवन केसीका अनुसार उम्मेदवारहरूले प्राप्त गरेको मत र क्लस्टर व्यवस्थापनका क्रममा […]
विष्णु पौडेललाई थुनामा राख्ने आदेशविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौं । एमाले नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आफूलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त निवेदनमाथि सुनुवाइ तय भएको छ। विशेष अदालतले अनुसन्धानका लागि पौडेललाई थुनामा राख्न अनुमति दिएपछि उनले उक्त आदेशविरुद्ध सर्वोच्च […]
सूर्यविनायक–५ कटुन्जे बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित
राजेशमान मानन्धर, भक्तपुर । सूर्यविनायक नगरपालिकाको वडा नं. ५ कटुन्जेलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। सोमबार आयोजित विशेष समारोहमा नगर प्रमुख बासुदेव थापाले वडालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकामा उल्लेख गरिएका ५१ वटै सूचक पूरा गरेपछि वडा नं. ५ ले यो मान्यता प्राप्त गरेको […]
मनसुन सक्रिय : बिहीबारसम्म भारी वर्षा र हावाहुरीको जोखिम
काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय बन्दै गएसँगै आगामी तीन दिन विभिन्न प्रदेशमा भारीदेखि धेरै भारी वर्षा तथा हावाहुरीको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको तीनदिने मौसम बुलेटिनअनुसार असार १६, १७ र १८ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, भारी वर्षा र हावाहुरीको जोखिम रहने भएकाले […]
अब काठमाडौं केन्द्रित कर्मचारी दुर्गम खटाइने, शक्ति र पहुँचको भरमा सधैं सुगम बस्न नपाइने
कृषि, वन तथा वातावरण मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयदेखि देखिएको सरुवा–बढुवासम्बन्धी बेथिति अन्त्य गर्न नयाँ मापदण्ड लागू गर्ने भएको छ। मन्त्रालयले नार्कमा सुशासन कायम गर्दै मुलुकका सबै भौगोलिक क्षेत्रमा अनुसन्धान कार्यलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘कर्मचारी सरुवा तथा पदस्थापन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३’ स्वीकृत गरेको छ। कृषिमन्त्री गीता चौधरीले स्वीकृत गरेको उक्त मापदण्ड […]
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
काठमाडौँ । देशका विभिन्न प्रदेशका मुख्य राजमार्गहरूमा बाढी, पहिरो, सडक मर्मत तथा अविरल वर्षाका कारण सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार आज बिहान ८ बजेसम्म विभिन्न राजमार्गमा पूर्ण तथा आंशिक अवरोध कायम रहेको छ। कोशी प्रदेशमा भोजपुरको मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा बाढीका कारण सडक एकतर्फी सञ्चालनमा आएको छ भने […]
मोरक्कोले इन्जुरी समयमा गोल फर्काएपछि नेदरल्यान्ड्ससँग १–१ को बराबरी
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा मोरक्कोले इन्जुरी समयमा गोल फर्काउँदै नेदरल्यान्ड्ससँग १–१ को बराबरी गरेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्यान्ड्सका कोडी गाक्पोले ७२औँ मिनेटमा क्रिसेन्सियो समरभिलको पासमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। तर खेल सकिनै लाग्दा मोरक्कोले उत्कृष्ट पुनरागमन गर्यो। इन्जुरी समयको पहिलो […]
सक्रिय बन्दै मनसुन : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केहि स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ । […]











