सक्रिय बन्दै मनसुन : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केहि स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ । […]

पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश

काठमडौँ । जारी फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ को अत्यन्तै रोमाञ्चक र नाटकीय भिडन्तमा पाराग्वेले बलियो प्रतिद्वन्द्वी जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोली १–१ को बराबरीमा रोकिएपछि विजेताको फैसला पेनाल्टी सुटआउटबाट […]

अभिमुखीकरणमा सांसदहरू नआएपछि सभामुख असन्तुष्ट

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले अभिमुखीकरण कार्यक्रममा सांसदहरूको अनुपस्थितिमा असन्तुष्टि व्यक्त गरेका छन्। संघीय संसद सचिवालयले आफ्ना महाशाखाहरूको काम र कानुन निर्माणको विषयमा सांसदहरूका लागि आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा धेरै सांसद अनुपस्थित भएपछि सभामुख अर्यालले असन्तुष्टि जनाएका हुन्। ‘मैले स्पष्ट रूपमा भन्नुपर्दा, आजको(असार १५) उपस्थिति मलाई पूर्ण रूपमा चित्तबुझ्दो लागेको छैन,’ अर्यालले सिंहदरबारमा […]

पासपोर्ट भ्रष्टाचार आरोपमा मुछिएका ५ जनालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । विशेष अदालतले पासपोर्ट भ्रष्टाचार अभियोगमा मुछिएका ५ जना आरोपितहरूलाई धरौटीमा छाड्न आदेश गरेको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनीहरूसँग ३ देखि पाँच लाख धरौटी माग गरेको हो । विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसँग पाँचलाख रुपैयाँ, निर्देशक सुनिलकुमार केसीसँग ४ लाख धरौटी माग गरेको […]

ट्राफिकले हटायो गृहमन्त्री र सचिवको गाडीको कालो सिसा

काठमाडौँ । ट्राफिक प्रहरीले गृहमन्त्री र गृह मन्त्रालयका सचिव चढ्ने गाडीको कालो सिसा हटाएको छ । गृहमन्त्री सुधन गुरुङ र सचिव राजकुमार श्रेष्ठ चढ्ने सरकारी गाडीको सिसामा जडान गरिएको कालो स्टिकर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले हटाएको हो । कालो सिसाको स्टिकर हटाउन डीएसपी सुनिलजंग शाह सिंहदरबार पुगेका थिए । ट्राफिक प्रहरीलाई बोलाएर […]

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न आदेश

काठमाडौँ । विशेष अदालतले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा रहेका पौडेललाई दोस्रो पटक तीन दिनको म्याद थप भएको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनलाई म्याद थप गरेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान […]

सुकुमबासीहरुलाई बलजफ्ती निकाल्ने कार्य तत्काल बन्द हुनुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरुको छिटोभन्दा छिटो वैज्ञानिक र मानवीय रूपमा उचित बसोबासको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले सो आग्रह गरेका हुन् । नेता श्रेष्ठले सुकुमबासीहरुलाई बलजफ्ती निकाल्ने कार्य तत्काल बन्द गर्न समेत आग्रह गरेका छन् । अन्यथा त्यसको […]

अस्ट्रेलियासँग पराजित हुँदै टी–२० विश्वकपबाट बाहिरियो भारतीय महिला टोली

लर्ड्स । भारतीय महिला क्रिकेट टोली टी–२० विश्वकपबाट बाहिरिएको छ। लर्ड्समा खेलिएको गर या मरको खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेपछि भारतको विश्वकप यात्रा समाप्त भएको हो। भारतले जितका लागि १७१ रनको लक्ष्य प्रस्तुत गरे पनि एलिस पेरी र एश्ले गार्डनरको शतकीय साझेदारीले खेलको पाटो नै बदलिदियो। कप्तान हरमनप्रीत कौरको २७ बलमा ५६ रनको उत्कृष्ट […]

यी जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौँ । देशभरका साना तथा सहायक नदीहरूमा बहाव बढेर आकस्मिक बाढी आउन सक्ने सम्भावना देखिएको छ। बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज देशका ३४ भन्दा बढी जिल्ला भएर बहने स-साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना छ। महाशाखाका अनुसार आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, […]

नेपालका लागि प्रत्यक्ष कार्यकारी शासन प्रणाली उपयुक्त हुँदैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको विद्यमान सामाजिक संरचना र विविधतालाई दृष्टिगत गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली मुलुकका लागि उपयुक्त नभएको बताएकी छिन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो विचार व्यक्त गरेकी हुन् । संविधान […]