काठमाडौँ । काठमाडौं महानगरपालिका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच छलफल जारी छ। ललितपुरको ज्वागलस्थित कुमार बेनको घरमा बालेन र कुलमानबीच छलफल भइरहेको उनीहरूं निकट नेताहरूले जानकारी दिएका छन्। बालेन र कुलमान एक भएर देश विकास पार्टी अघि बढाउने सम्बन्धमा यसअघि नै लगभग सहमति जुटिसकेको थियो। पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पनि एक भएर जाने विषयमा […]
समाचार
प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग छलफल गर्ने
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच आज निर्वाचनबारे छलफल हुने भएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतल निवासमा भएको थियो । त्यसैको निरन्तरतास्वरुप प्रधानमन्त्री कार्कीले आज तीन दलका शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन् । शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश […]
ज्योति डिस्टिलरीमा विस्फोट, एकको मृत्यु, ६ कामदार घाइते
रौतहट । रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर (इन्धन वा पानी तताउने कन्टेनर) विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन्। घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कटहरियाका सई धर्मेन्द्र पौडेलका अनुसार विस्फोटमा परी कटहरिया नगरपालिका–९ बलुवा गाउँका अन्दाजी ३५–४० वर्षका लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको हो। […]
सिन्धुली-२ मा नेकपाबाट प्रचण्ड देखि नवयुवा विक्रम रत्नसम्मको उम्मेदवारी प्रस्ताव
सिन्धुली । सिन्धुली–२ मा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को उम्मेदवारी प्रस्ताव गरिएको छ। जिल्लामा प्रचण्डसँगै हरिबोल गजुरेल, राजन दाहाल, महेश्वर दाहाल, वसन्त माझी, प्रकाश श्रेष्ठ र पानीराज बम्जनका नामहरू पनि सम्भावित उम्मेदवारका रूपमा अघि सारिएका छन्। तर, प्रचण्डबाहेक अन्य नाममध्ये कसलाई अन्तिम रूपमा प्राथमिकता दिने भन्ने विषयमा जिल्ला […]
बालेनलाई प्रधानमन्त्री बनाउन रवि तयार, एकताका लागि यस्तो छ रास्वपाको भागबन्डा प्रस्ताव
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भावी प्रधानमन्त्रीका रूपमा बालेन शाहलाई अघि सार्न तयार देखिएका छन् । साथै रास्वपाले ६०/४० को भागबन्डासहित त्रिपक्षीय प्रस्ताव अघि सारेको स्रोतले जनाएको छ । काठमाडौँको ललितपुरस्थित ज्वागलमा बिहीबार राति अबेरसम्म बसेको बैठकमा रास्वपाले पार्टी एकताका लागि संरचनागत र चुनावी भागबन्डाको प्रस्ताव अघि सारेको हो । […]
गोदावरीका मेयरसहित १४ जनालाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनालाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ । अख्तियारले सात आधार प्रस्तुत गर्दै उक्त फैसला बदर हुनुपर्ने माग गरेको हो । अख्तियारका अनुसार नगरपालिकाले प्रदेश कानुनको अवज्ञा गर्दै ढुङ्गा–गिट्टीको दर प्रतिघनफिट ९ रुपैयाँ हुनुपर्नेमा बदनियतपूर्वक २.२५ रुपैयाँ […]
सञ्चारन्त्रीसंग देउवाले भने – कांग्रेसको प्राथमिकता संसद पुनर्स्थापना होइन, निर्वाचन नै हो
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको प्राथमिकता संसद पुनर्स्थापना होइन, निर्वाचन नै भएको बताएका छन्। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटवार्तामा कांग्रेस सभापति देउवाले उक्त कुरा बताएका हुन्। उनले नेपाली कांग्रेस निर्वाचनको तयारीमा जुटिसकेको पनि उल्लेख गरेका छन्। सञ्चारमन्त्री खरेलले शुक्रबार कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा […]
इताछेँ विनायक बन्यो भक्तपुरको उत्कृष्ट सहकारी
भक्तपुर । भक्तपुर-१ स्थित इताछेँ विनायक बचत तथा ऋण सहकारी ‘उत्कृष्ट सहकारी’ घोषित भएको छ । जिल्ला सहकारी संघ भक्तपुरले आर्थिक वर्ष २०८०/०८१ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै इताछेँ विनायकलाई उत्कृष्ट सहकारी को रूपमा सम्मान गरेको हो । जिल्ला सहकारी संघको २७औँ वार्षिक साधारण सभाको अवसरमा शुक्रबार संस्थालाई पुरस्कारसहित सम्मान–पत्र प्रदान गरिएको थियो । सहकारी […]
परराष्ट्रमन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन् । आजै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । मन्त्री बनेका शर्माले यसअघि माओवादी लडाकु समायोजन समितिमा रहेर काम गरेका छन् । कोभिड महामारीको बेला सीसीएमसीमा पनि उनले काम गरिसकेका छन् […]
जाँचबुझ आयोगका अध्यक्षसहित पदाधिकारीविरूद्धको रिट सर्वोच्चद्वारा खारेज
काठमाडौँ । भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगविरूद्ध दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। शुक्रबार न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आयोगविरूद्धको रिट खारेज गरेको हो। यस्तै यसमा निर्देशनात्मक आदेश पनि जारी गरेको छ। उक्त आदेशमा के छ भन्ने खुलिसकेको छैन। आयोगका […]










