काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ८० पैसा र बिक्रीदर १०२ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ […]
समाचार
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराई भूभागमा तुवाँलो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। देशको उच्च पहाडी र हिमाली भूभागमा […]
खेल बहिष्कारको निर्णय फिर्ता, क्रिकेटप्रेमीले भारत–पाकिस्तान भिडन्त हेर्न पाउने
मुम्बई । आईसीसी टी–२० विश्वकपअन्तर्गत भारतविरुद्धको समूहचरणको खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय अन्ततः फिर्ता भएको छ। भारत र श्रीलंकामा संयुक्त रूपमा जारी विश्वकपमा भारत र पाकिस्तान आगामी फेब्रुअरी १५ मा कोलम्बोमा आमनेसामने हुने भएका छन्। पाकिस्तान सरकारले सामाजिक सञ्जाल एक्समार्फत जारी वक्तव्यमा हालसम्म प्राप्त कूटनीतिक उपलब्धि र मित्र राष्ट्रहरूको आग्रहलाई ध्यानमा राख्दै भारतविरुद्ध खेल्न टोलीलाई […]
धनुषाको हंसपुर नगरपालिकाका मेयर यादवको निधन
जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदिप कुमार यादवको निधन भएको छ । गत बिहीबार राति उनलाई मस्तिष्क घात भएपछि जनकपुरको न्युरो अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारको लागि शुक्रबार हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा सोमबार उनको निधन भएको हो । उनी नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए।
धनकुटाका स्वतन्त्र उम्मेदवार तामाङसँग लिखित स्पष्टीकरण माग
धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचनमा धनकुटाबाट स्वतन्त्रतर्फ उम्मेदवारी दिएका लाक्पा तामाङसँग मुख्य निर्वाचन अधिकृतको कार्यालयले लिखित स्पष्टीकरण माग गरेको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको तामाङको अभिव्यक्तिलाई लिएर उजुरी परेपछि कार्यालयले सो विषयमा प्रक्रिया अघि बढाएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तामाङले सामाजिक सञ्जालमा सार्वजनिक गरेको अभिव्यक्तिमा नेकपा (एमाले) का तर्फबाट प्रतिनिधि […]
मन्त्रिपरिषद् बैठकले गर्यो यस्ता निर्णय
काठमाडौं । सरकारले सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न तीन वटा मुख्य निर्ण सुनाएका हुन् । उनका अनुसार, राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्ने आदेश २०८२ स्वीकृत भएको छ । त्यस्तै, जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको समय अवधि पनि थपिएको […]
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित
काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ । सभाको आजको बैठकमा राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ । सभाका अध्यक्ष नारायण दाहालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गरेका हुन् । विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, […]
एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्छ : आईजीपी कार्की
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई तथा एड्भान्स एनालेटिक सेल गठन गर्न लागेको बताएका छन् । सूचना प्रविधिको दुरुपयोग गरेर झुटा सामग्रीहरू प्रशारण गर्ने कामले बढवा पाएकाले त्यस्ता गतिविधिलाई निगरानी गर्न र कानूनी उपचारका लागि पनि नेपाल प्रहरीले सो सेवा गठन गर्न लागेको उनको भनाइ छ । सोमवार काठमाडौंमा आयोजित अपराध अनुसन्धान […]
नेप्से सूचकमा दोहोरो अंक गिरावट निरन्तर
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावटले सोमबार पनि निरन्तरता पाएको छ । आइतबार १०.२४ अंक घटेको नेप्से सोमबार २६.०५ अंक घटेको हो । आगामी २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सेयर बजार भने नकारात्मक देखिएको छ । निवार्चन समयमा भएको खण्डमा सेयर बजारमा लगानी बढ्ने अनुमान गरिए पनि चुनाव नजिकिएसँगै […]
पर्यटन विधेयक राष्ट्रिय सभाबाट पारित
काठमाडौं । राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित भएको छ । सोमबार बसेको सभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले विधेयक पारित गरियोस् भन्ने प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको हो । यो विधेयक तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ५ वैशाख २०८२ मा ल्याएका थिए […]










